युवतीका विषयमा जन्ती र घरगाउँलेबीच कुटाकुट, एक जनाको मृत्यु « Khabarhub

युवतीका विषयमा जन्ती र घरगाउँलेबीच कुटाकुट, एक जनाको मृत्यु


१९ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

गारखा– गोरखामा युवती जिस्काएको निहुँमा विवाहमा आएका जन्ती र बेहुली पक्षबीच झगडा हुँदा एकजनाको मृत्यु भएको छ ।

लमजुङको राइनस नगरपालिका–४, अल्कटारबाट आएका जन्ती र गोरखा पालुङटार नगरपालिका–४ कुमाल गाउँका बेहुली पक्षबीच युवती जिस्काएको विषयमा विवाद हुँदा कुटाकुट भएको हो ।

बेहुली पक्षाकाले कुटपिट गर्दा घाइते भएका जन्ती पक्षका ३४ वर्षीय विष्णुबहादुर कुमालको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । पोखराको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा कुमालको मृत्यु भएको हो ।

बेहुली लिएर फर्कंदै गर्दा १७–१८ जना युवाको समूहले जन्ती बोकेको गाडीलाई बीच बाटोमै रोकेर कुटपिट गरेको प्रहरीले जनाएको छ ।

घटनामा संलग्नको खोजी भइरहेको र शंका लागेका केहीलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : १९ बैशाख २०७६, बिहीबार  ३ : २७ बजे

‘प्रदेश लथालिंग राजाको भताभुंग चाला हुने डर छ’

काठमाडौँ – संविधानमा राज्य पुनसंरचनाअनुसार सातै प्रदेशमा गठन भएका सरकारको

पोखरीमा डुबेर १४ वर्षीय बालकको मृत्यु

पाल्पा – जिल्लाको रैनादेवीछहरा गाउँपालिका–१, मा पौडी खेल्ने क्रममा डुबेर

साउदीमा थप ९३ नेपालीले पाए एक्जिट भिसा 

दोहा – साउदीमा अवैधानिक रुपमा बसेका थप ९३ जना नेपालीले

कतार विश्वकप २० नोभेम्बरमै सुरु हुने 

दोहा – कतारमा आयोजना हुने फिफा विश्वकप २०२२ एक दिन

साउदीका लागि नेपाली राजदूत सुवेदीले बुझाए ओहोदाको प्रमाणपत्र 

दोहा – साउदी अरबका लागि नवनियुक्त नेपाली राजदूत नवराज सुवेदीले