‘दाल, भात, तरकारी’ ले करिअरलाई फाइदा गर्ला तर घाटा हुँदैन: पुष्प खड्का « Khabarhub

‘दाल, भात, तरकारी’ ले करिअरलाई फाइदा गर्ला तर घाटा हुँदैन: पुष्प खड्का


१९ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – म्युजिक भिडियोका दर्शकका लागि पुष्प खड्का नौलो नाम होइन । उनले कैयन् म्युजिक भिडियोमा अभिनय गरिसकेका छन् । पछिल्लो समय उनी फिल्म क्षेत्रमा पनि उत्तिकै सक्रिय छन् । युवापुस्तामा सम्भावना देखाएका अभिनेताको सूचीमा पुष्पको नाम पनि अटाउँछ ।

चलचित्र ‘दर्पण छायाँ २’ बाट दर्शकको खासै मन जित्न नसकेका पुष्पले चलचित्र ‘मंगलम्’ भने गज्जबको चर्चा कमाए । सो फिल्ममा उनको अभिनयको पनि तारिफ भयो । उनी यतिबेला फिल्म ‘मारुनी’ को छायांकनमा व्यस्त छन् ।

भोलि शुक्रवारबाट रिलिज हुन लागेको फिल्म ‘दाल, भात, तरकारी’ मल्टिस्टारर फिल्म हो । फिल्ममा कलाकारको जम्बो टोली छ । फिल्मबाट पुष्प आशावादी पनि छन् । उनी भन्छन्, ‘फिल्म मल्टिस्टारर हो भन्ने त सबैलाई थाहा छ, म र आँचल शर्मालाई युवापुस्ताकै आफ्नै भूमिकामा देख्नुहुनेछ ।’

फिल्ममा सबै कलाकारको भूमिका समानान्तर रुपमा अगाडि बढेको उनी बताउँछन् । उनका अनुसार यो फिल्मले आफ्नो करिअरलाई पनि फाइदा पुग्नेछ । ‘फिल्मले मेरो करिअरलाई फाइदा पुर्‍याउला तर घाटा पुर्‍याउँदैन,’ पुष्पले सुनाए ।

यतिबेला फिल्म ‘मारुनी’ को छायांकनमा व्यस्त पुष्प पछिल्लो समय म्युजिक भिडियोमा भने खासै देखिएका छैनन् । अहिले फिल्मको छायांकन र प्रचारले उनको व्यस्तता बढाइरहेको छ ।

‘मंगलमबाट दर्शकले मेरो काम रुचाउनुभयो तर धेरै दर्शकले यो फिल्म हेर्नुभएन, ‘दाल, भात, तरकारी’ बाट पुष्प पनि राम्रो कलाकार हो भन्ने दर्शकलाई लाग्नेछ,’ पुष्पले सुनाए, ‘फिल्ममा सबै कलाकारको समानान्तर भूमिका छ, फिल्मले दर्शकलाई मनोरञ्जन र सन्देश दिन्छ ।’

फिल्ममा काम गर्दा आफूले पनि थप नयाँ कुरा सिकेको पुष्पले बनाए ।

चलचित्रमा पुष्पका अलावा आँचल शर्मा, हरिवंश आचार्य, निरुता सिंह, बसुन्धरा पौडेल, वर्षा राउत, यमन श्रेष्ठ, किरण केसी लगायतका कलाकारको अभिनय छ । चलचित्रमा हरिवंश आचार्यको लेखन र सुदन केसीको निर्देशन छ ।

तस्वीरहरू: पुष्प खड्काको फेसबूकबाट

प्रकाशित मिति : १९ बैशाख २०७६, बिहीबार  ३ : २९ बजे

आफ्नै वडाबाट कृषि क्रान्ति सुरु गर्छु : वडा अध्यक्ष रावल

अछाम- अछामको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ६ तोलीका वडा

वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिनेको सङ्ख्यामा वृद्धि

काठमाडौँ– चालु आवको साउन महिनामा गत वर्ष सोही अवधिको तुलनामा

ठेक्काको ७ वर्षमा पनि कालोपत्र नहुँदा धुलाम्य जोरपाटी–सुन्दरीजल सडक

काठमाडौँ- कालोपत्रका लागि ठेक्का भएको सात वर्ष बित्दा पनि जोरपाटी–सुन्दरीजल

दार्चुलामा जिप दुर्घटना हुँदा ५ जनाको घटनास्थलमै मृत्यु

दार्चुला- दार्चुलामा आज जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको

गठबन्धनको कुनै लक्ष्य र औचित्य नै छैन : ओली 

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नागरिकता विधेयकलाई जस्ताको