‘को बन्छ करोडपति’ मा पुग्यो ‘जात्रै जात्रा’ टिम | Khabarhub Khabarhub

‘को बन्छ करोडपति’ मा पुग्यो ‘जात्रै जात्रा’ टिम


१९ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आउँदो जेठ ३ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘जात्रै जात्रा’ को टिम हालको चर्चित रियालिटी शो ‘को बन्छ करोडपति’ मा सहभागी भएको छ । चलचित्र युनिटले प्रचारमा समेत फाइदा पुग्ने उद्देश्यले उक्त शोमा भाग लिएको हो ।

शो मा अभिनेता राजेश हमालसँग हट सिटमा बसेर अर्का दुई अभिनेता विपिन कार्की र दयाहाङ राईले भाग लिएका थिए । निर्माण टिमले उक्त शो मा भाग लिएर कति रकम जित्यो भन्ने खुलाएको छैन । किनकि, यो शो टेलिभिजनबाट प्रसारण हुन बाँकी छ ।

फिल्मका निर्देशक प्रदीप भट्टराईले यो शोबाट जितेको रकममा फिल्म टिमले थप गरेर अभिनेत्री स्वेता खड्काको स्वेता श्री फाउन्डेसनलाई हस्तान्तरण गर्ने जानकारी गराए । स्वेताले सिन्धुपाल्चोकको माझी बस्तीमा बस्ती निर्माण गरिरहेकी छिन् । सो माझी बस्तीका लागि निर्माण टिमले सहयोग हस्तान्तरण गर्न लागेको हो ।

‘जात्रा’ को सिक्वेल रहेको ‘जात्रै जात्रा’ पछिल्लो समय चर्चामा छ । यो फिल्ममा दयाहाङ राई, विपिन कार्की, रविन्द्र झा, रविन्द्र सिंह बानियाँ, राजाराम पौडेल, वर्षा राउत लगायतका कलाकारको शीर्ष भूमिका छ ।

प्रकाशित मिति : १९ बैशाख २०७६, बिहीबार  ११ : ४२ बजे

पुष्पा–२ ले रिलिज अघि नै एकहजार करोड कमाउने

मुम्बइ– अल्लु अर्जुन अभिनीत फिल्म ‘पुष्पा– २’ ले रिलिजअघि नै

बनेपामा यातायात व्यवस्था कार्यालय स्थापना हुने

धुलिखेल– काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–६ बडोलस्थित नगरपालिकाको स्वामित्वमा रहेको बुडोल सपिङ

कैलालीका सात नदीमा तटबन्ध निर्माण सुरु

कैलाली– कैलालीका विभिन्न भाग भएर बग्ने सात वटा नदीमा तटबन्ध

हामीलाई कमजोर ठाने उथलपुथल हुन्छ : माधव नेपाल

रौतहट– एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले आफूहरूलाई

नौ वाणिज्य बैंक : जसको शेयर मूल्य प्रतिकित्ता दुई सय पनि पर्दैन 

काठमाडौँ– कुनै बेला शेयर बजारमा एकछत्र राज गरेका वाणिज्य बैंकहरुको