के हो मधुमेह ? जानी राखौँ जोगिने १० उपाय | Khabarhub Khabarhub

के हो मधुमेह ? जानी राखौँ जोगिने १० उपाय


१९ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

शरीरमा विभिन्न रासायनिक प्रतिक्रियाका कारण रगतमा लामो समयसम्म चिनीको मात्रा आवश्यकभन्दा बढी हुने रोगलाई मधुमेह अर्थात चिनी रोग भनिन्छ । यसलाई अंग्रजीमा डाइबिटिज भनिन्छ । शरीमा इन्सुलिन भन्ने हर्मोन हुन्छ । यो हर्मोन पेटमा अर्थात पेङक्रियाजले उत्पादन गर्छ ।

यसको उत्पादन कम भयो भने अथवा हर्मोनले राम्रोसँग काम गर्ने अवस्था आएन भने रगतमा चिनीको मात्रा बढेर जान्छ । रगतमा चिनीको मात्रा बढ्नुलाई हामी मधुमेह रोग लागेको भन्दछौँ । छिनछिनमा पिसाब लाग्नु, धेरै तिर्खा र भोक लाग्नु मधुमेह रोगको लक्षण हुन् । यो रोगको समयमा उपचार हुन सकेन भने विभिन्न जटिलताहरुले च्याप्ने छन् । विश्वमा ८.६ प्रतिशत मानिसलाई मधुमेह रोग लोगको अनुमान छ । नेपालमा पनि मधुमेह रोगबाट प्रभावित व्यक्तिको प्रतिशत त्यही हाराहारीमा रहेको अनुमान छ ।

हामीले समयमा नै केही विषयमा ध्यान पुर्‍याएको खण्डमा यो रोगबाट बच्न सक्छौँ । यस्ता छन् मधुमेहबाट जोगिने १० उपायः

१. नियमित शारीरिक व्यायाम गर्नेः

मधुमेहबाट जोगिन दैनिक रुपमा कम्तिमा ३० मिनेटका दरले व्यायाम गरौँ । व्यायामका लागि शरीरलाई असर पुग्ने जटिल कसरत नगरी हिँड्ने, दौडने तथा पौडी खेल्ने जस्ता क्रिया गरे पनि हुन्छ । त्यसरी गरिने व्यायाम चलायमान हुनुपर्छ ।

२. मानसिक तनाव कम गर्नेः

मानसिक तनावले मधुमेहसमेत बढ्ने भएको यसको नियन्त्रण गर्न आवश्यक हुन्छ । त्यसका लागि योगा, ध्यान गर्न सकिन्छ । एकान्तमा नबस्ने, साथीभाइसँग घुम्ने, बोल्ने गरेर पनि तनाव नियन्त्रण गर्न सकिन्छ । अनिधो बस्नबाट सधैँ जोगिनु उपयुक्त हुनेछ ।

३. सुर्तीजन्य/मदिराजन्य पदार्थ नखानेः

सुर्तीजन्य पदार्थको प्रयोगले मधुमेहको समस्या देखिने र यसको प्रभाव परिसकेपछि अझ बढाउँदै लैजाने भएकाले यसको प्रयोग नगरौँ । त्यस्तै, मदिराजन्य पदार्थ सेवनले पनि मधुमेह हुने र भइसकेकालाई थप बढाउने भएकाले यसको पनि प्रयोगमा निषेध गर्न आवश्यक हुन्छ ।

४. सन्तुलित र प्राकृतिक भोजन गर्नेः

मधुमेहका लागि सन्तुलित भोजन आवश्यक हुन्छ । प्राकृतिक रेसायुक्त भाजन गरौँ । त्यो भनेको दुई मुठी अन्न, तीन–चार टुक्रा मासु, दाल, दूध, दही, गेडागुडी र नुन कम हालेको फाइबरयुक्त तरकारी खाने हो । भोकै नबस्ने, दैनिक चारपटक खाने तर, थोरै थारै मात्र खाने ।

५. रातो मासु/जंकफुड सकभर नखानेः

सकभर स्वास्थ रहन मासु नखाएको राम्रो । मासु खानु नै हुन्छ भने रातो मासु नखानुहोस् । त्यसको सट्टा सेतो मासु अर्थात कुखुरा र माछा मात्र खाने गर्नुहोस् । माछामासु भन्दा रेसायुक्त सागसब्जी खानु उपयुक्त हुन्छ । त्यस्तै, चिप्स, कुकिज, बिस्कुट, कोक–फेन्टालगायत पदार्थको सेवन नगर्ने वा नियन्त्रण गर्ने ।

६. आफ्नो तौल नियन्त्रणमा राख्नेः

मधुमेहका लागि शरीरको तौल नियन्त्रणमा राख्नु महत्वपूर्ण हुन्छ । अधिक तौल वा मोटोपनाले मधुमेह हुने सम्भावना बढी हुन्छ । शरीरको उचाइअनुसार तौल हुन आवश्यक छ । उचाइ सेन्टिमिटरमा नाप्ने र त्यसमा एक सय घटाउने । बाँकी जति रहन्छ, त्यति बराबर तौल हुनुपर्छ । त्यस्तै, मोटोपनामा नाइटोदेखि गोलाइ नाप्दा पुरुषको ९० सेमि र महिलाको ८० समिभन्दा बढी हुनुहुँदैन ।

७. गर्भवतीले पोसिलो खाना खानेः

गर्भावस्थामा कुपोषण भएमा जन्मने बच्चा र आमालाई समेत मधुमेहले समाउँछ । त्यसैले, गर्भावस्थामा पोषिलो पौष्टिक आहार अनिवार्य छ । हरियो सागपात, गेडागुडी, फलफूल, दूध, दहीलगायत खानेकुरा प्रशस्त खान आवश्यक छ । तर, गर्भावस्थामा अधिक मोटोपना पनि हानिकारक हुन्छ । त्यसैले गर्भवतीले सन्तुलित हुन आवश्यक छ ।

८. जिब्रोमा गड्ने गुलिया पदार्थ नखानेः

खानासाथ जिब्रोमै गड्ने गुलिया मिठाई तथा पदार्थ खान हुँदैन । जस्तै, चिनी, मिठाई, आइसक्रिम, कोक–फेन्टा नखाऔँ । यसले मधुमेह लाग्ने र लागिसकेकालाईइ बढाउने काम गर्छ । तर, जमिनमुनि फलेका तरकारी, फलफूल र कन्दमूलहरु भने खान सकिनेछ ।

९. धेरैपटक तारेको खाद्यान्न नखानेः

धेरैपटक तारको खाद्यान्नमा ट्रान्सफ्याट (विषाक्त चिल्लो पदार्थ) हुने र यसले मधुमेह रोगका लागि अनुकूल अवस्था गरिदिने भएकाले यस्तो खाद्यपदार्थ नखानुहोस् । होटेल, रेस्टुरेन्ट र फ्याक्ट्रीमा बनेका तयारी खाजा तथा खानामा ट्रान्सफ्याट बढी हुन्छ । त्यसैले मधुमेहबाट जोगिन यस्ता खाद्यान्नबाट जोगिनुपर्छ ।

१०. वर्षको एकपटक स्वास्थ्य परीक्षण गर्नेः

मधुमेहबाट जोगिन वर्षको एकपटक स्वास्थ्य परीक्षण अनिवार्य गर्नुपर्छ । यो वंशाणुगतसमेत भएकाले बाबुआमा, बाजेबज्यैलाई यस्तो समस्या छ भने छोराछोरी, नातिनातिनीमा पनि यो रोग देखिन सक्छ । त्यसैले, परिवारमा रोग देखिएकोमा २५ वर्ष उमेर पुगेपछि र रोग नदेखिएको परिवारका सदस्यले ४० वर्ष उमेरदेखि यो रोगको परीक्षण गर्नुपर्छ ।

प्रकाशित मिति : १९ बैशाख २०७६, बिहीबार  ४ : २१ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका