कस्तो हस्तरेखा भए आर्थिक लाभ मिल्छ ? | Khabarhub Khabarhub

कस्तो हस्तरेखा भए आर्थिक लाभ मिल्छ ?


१९ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तपाईं आफ्नो हातको रेखाहरुका आधारमा भविष्यमा हुने सक्ने परिवर्तनका विषयमा जिज्ञासा राख्नु हुन्छ ? त्यसो हो भने हस्तरेखा ज्योतिषअनुसार हातको बनावट, रेखाहरू, ति रेखाहरूबाट बन्ने केही निशान तथा सानो–सानो आकृतिले भविष्यमा हुने परिवर्तनबारे जानकारी दिन्छ । हातमा भएको रेखाहरू तथा विशेष निशानलाई हेरेर भविष्यमा तपाईंको आर्थिक अवस्था कस्तो हुनेछ भनेर थाहा पाउन सकिने छ ।

हस्तरेखाअनुसार तपाईंको आर्थिक अवस्थाबारे यसरी थाहा पाउनुस्

१. कुनै पनि व्यक्तिको हातमा जीवन रेखा वास्तविक रुपमा गोलो छ । मस्तिष्क रेखा दुई भागमा बाँडिएको छ । हातमा त्रिकोणको चिन्ह बनेको छ भने, यी तीन लक्षण हातमा भएको व्यक्तिलाई धन लाभ हुनेछ । यस किसिमको हास्तरेखा भएको व्यक्तिलाई समय–समयमा अच्चानक धन लाभ हुन सक्नेछ ।

२.भाग्यरेखा हातको अन्तिम स्थानबाट अर्थात मणिबन्धबाट शुरु भएर शनि पर्वतसम्म पुगेको छ । साथै, भाग्य रेखामाथि कुनै प्रकारको अशुभ निशान नभएको व्यक्तिलाई व्यवसायमा सफलता प्राप्त हुनेछ । व्यवसायमार्फत धन लाभ हुने योग पनि बन्नेछ ।

३. हात भारी भएको तथा फैलिएको छ । औँलाहरू कोमल तथा नरम छ भने, यस किसिमको हात हुने व्यक्ति धनाढ्य बन्ने योग बन्नेछ ।

४. हातमा शनि पर्वत अर्थात मध्यमा उंगली नजिक दुई वा त्यो भन्दा बढी रेखाहरू हुने व्यक्तिलाई धन तथा सुख मिल्नेछ ।

५. शनि पर्वत यदि उठेको छ र, जीवन रेखा सही ढंगले घुमेको छ भने यो योग शुभ रहनेछ ।

प्रकाशित मिति : १९ बैशाख २०७६, बिहीबार  ९ : ५७ बजे

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत

काठमाडौं । आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल सरकारले विभिन्न

गोरखा भूकम्पको सम्झनामा फोटो प्रदर्शनी हुने

काठमाडौं । गोरखा भूकम्पको सम्झनामा बृहत् फोटो प्रदर्शनी हुने भएको

भक्तपुरमा आगलागीबाट १८ चौपाया मरे

भक्तपुर । सूर्यविनायक नगरपालिका- १, तर्खगालस्थित ओमसाई गाई फर्ममा आज

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द

झापा । झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका सीमानाका आज

युद्धका लागि उमेर पुगेका नागरिकलाई युक्रेनले स्वदेश फिर्ता बोलाउने

युक्रेन – सेनाका लागि सेवा गर्ने उमेर पुगेका पुरुषहरूलाई देश