सरकारको दम्भले सीमा नाघ्यो, अब कांग्रेस चुप बस्दैन - शेखर कोइराला | Khabarhub Khabarhub

सरकारको दम्भले सीमा नाघ्यो, अब कांग्रेस चुप बस्दैन – शेखर कोइराला


१९ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काभ्रे- नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारको दम्भ तोड्न कांग्रेस लागि पर्ने बताएका छन् । काभ्रेको भुम्लु गाउँपालिका पुगेका नेता कोइरालाले सत्तारुढ दलको निषेधको राजनीतिले कांग्रेससँग मुठभेडको अवस्था आउन सक्ने बताए ।

कांग्रेस भुम्लु गाउँपालिकाले आयोजना गरेको कार्यक्रममा नेता कोइरालाले भने, ‘कम्युनिस्टहरुले केन्द्रदेखि वडा सम्म निषेधको राजनिती गरेर कांग्रेससँग मुठभेड निम्त्याइरहेका छन् । आफुहरु प्रतिपक्षमा बसेर रचनात्मक सहयोग गर्न तयार भएपनि सरकार दुईतिहाईको दम्भले अगाडी बढिरहेको छ । सरकारको दम्भले सिमाले नाघेको छ । अब कांग्रेस चुप लागेर बस्दैन ।’

उनले कम्युनिस्टहरुको ज्यादतीविरुद्ध लड्ने समय आएको भन्दै तयार रहन कार्यकर्तालाई निर्देशन समेत दिएका छन् । डा कोइरालाले पार्टीभित्र केही बैचारिक मतभेद रहेपनि कम्युनिस्टकाविरुद्ध लड्न कांग्रेस एक ढिक्का रहेको बताए ।

पार्टीको १४औं महाधिवेशन समयमै हुनुपर्नेमा नेता कोइरालाले बताए । कार्यक्रममा कांग्रेस केन्द्रिय सदस्यहरु- प्रदिप पौडेल,बहादुरसिंह तामाङ्, शिब हुमागाँई र काभ्रे कांग्रेसका सभापति मधु आचार्यले कम्युनिष्ट सरकारको दिनगन्ती शुरु भएको बताएका छन् ।

प्रकाशित मिति : १९ बैशाख २०७६, बिहीबार  ९ : १० बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका