राहत वितरणमा जुटे ‘प्रचण्ड’, पार्टीकातर्फबाट पाँच लाख दिने प्रतिवद्धता | Khabarhub Khabarhub

राहत वितरणमा जुटे ‘प्रचण्ड’, पार्टीकातर्फबाट पाँच लाख दिने प्रतिवद्धता


१९ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बारा– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हावाहुरीबाट प्रभावित बनेका बाराको फेटा गाउँपालिका पुरैनियाका १२९ पीडित परिवारलाई राहत वितरण गरेका छन् ।

हावाहुरीबाट प्रभावित सो क्षेत्रको स्थलगत निरीक्षणका क्रममा बारा पुगेका प्रचण्डले वाइसीएलका तर्फबाट उपलब्ध दाल, चामल, च्युरा लगायतका खाद्य सामग्री हावाहुरी पीडितहरुलाई वितरण गरेका हुन् ।

अध्यक्ष दाहालले प्रदेश सरकारले पीडितलाई दिएको तीन लाख राहतमा नेकपा पार्टीका तर्फबाट थप पाँच लाख थप्ने जानकारी गराए । उनले सङ्कटको यस घडीमा सबै नेपाली एक भई सहयोगका लागि अगाडि बढ्न आग्रह गरे ।

अध्यक्ष दाहालले हावाहुरीबाट भत्किएका घरहरु सरकारका तर्फबाट निर्माण गरिने बताउँदै यसअघि हावाहुरीबाट घाइते भई वीरगञ्जको नेशनल मेडिकल कलेजमा उपचाररत घाइतेको अवस्थाबारे समेत जानकारी लिएका छन् ।

प्रकाशित मिति : १९ चैत्र २०७५, मंगलबार  ७ : २७ बजे

अपाङ्गताको लागि पञ्चाम्रित जति बजेट 

अपाङ्गता विभिन्न कारणहरूले बढिरहेको छ । भीरबाट खसेर, रुखबाट लडेर, दिमागमा

एन्फाका उपाध्यक्ष लामा रिहा 

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष दावा लामा

पर्यटनमा समृद्धि खोज्दै तमानखोला

ढोरपाटन– कतै अग्ला पहाड, कतै होचा खोंच । पश्चिम बागलुङको

अर्थतन्त्रमा सुधार आउन थालेको छ : मन्त्री भण्डारी

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले केही समयदेखि अर्थतन्त्रमा

अष्ट्रेलियाको बेरोजगारी दर ३.८ प्रतिशतले वृद्धि

क्यानबेरा– पछिल्लो समयमा दिनानुदिन बढ्दै गएको अष्ट्रेलियाको बेरोजगारी दर गत