हावाहुरी प्रभावितहरु खुल्ला ठाउँमा शौच गर्दै, रोग फैलिने खतरा ! | Khabarhub Khabarhub

हावाहुरी प्रभावितहरु खुल्ला ठाउँमा शौच गर्दै, रोग फैलिने खतरा !


१९ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– बारा र पार्सका हावाहुरी प्रभावित क्षेत्रका स्थानीयको घर भत्किएको छ । त्यहाका स्थानीयले सोमबार पनि खुल्ला आकाशमुनि रात कटाउनुपर्‍यो ।

स्थानीय,प्रदेश र केन्द्र सरकार प्रभावितको उद्धार, उपचार र राहातमा खटिएको जनाएको छ । हावाहुरीपछि अवस्था सामान्य बन्दै गएपनि मानिसहरु घरवीहिन बनेका छन् । सरकारले व्यवस्था गरेको सामूहिक मेसमा खाना खाएकाहरु बासस्थानको लागि त्रिपाल र टहराको व्यवस्थापनमा लागेका छन् ।

प्रभावित क्षेत्रमा महामारी फैलन सक्ने भन्दै केन्द्र सरकारले चिकित्सक सहितको टोली प्रभावित क्षेत्रमा पठाएको जनाएको छ ।  तर, स्थानीय सरकारले भने घाइतेको उपचार, राहात वितरण र अस्थाइ आवास निर्माणमा व्यस्त भएकाले स्वाच्छ खानेपानी र शौचालयको व्यवस्थापन गर्न नसकिएको बताएको छ ।

हावाहुरी अति प्रभावित क्षेत्र बाराको फेटा गाउँपालिका– १ भलुरी भरवलियाका वडा अध्यक्ष जय प्रकाश दासले स्थानीयहरुलाई सामुहिक खानाको व्यवस्था गरेपनि शौचालय र खानेपानीको उचित व्यवस्था गर्न नसकिएको बताए ।

‘राहात र उद्धारमा लागिरहेका छौं खानेपानी र शौचालयको व्यवस्था हुन सकेको छैन, स्थानीयहरु खुल्ला ठाउँमा नै शौच गर्न बाध्य छन । खानेपानी र शौचालयको व्यवस्था नहुँदा रोग फैलिने हो कि भन्ने डर छ,’ वडा अध्यक्ष दासले चिन्ता व्यक्त गरे ।

स्थानीय सरकार तत्कालका लागि अस्थायी आवस निर्माणमा लागेको दासको भनाइ छ ।

‘हावाहुरीका कारण यहाँ सबैको घर क्षतीभएको छ । त्रिपाल अभावमा स्थानीयले आइतबार र सोमबारको रात कष्ठकरसँग विताए,’ वडा अध्यक्ष दासले भने, ‘आजबाट प्रदेश र केन्द्र सरकार तथा विभिन्न संघसंस्थाको सहयोगमा हामी स्थानीयका लागि त्रिपालको अस्थायी घर बनाउन लागिरहेका छौं ।’

हावाहुरीको वितण्डाले ल्याएको प्रकोप विस्तारै शान्त हुँदैछ । सरकारले तत्कालका लागि अस्थाइ बसोबासको व्यवस्थापन पनि गरीदिदै छ । तर, खानेपानी र शौचालयको व्यवस्थापन समयमा नहुँदा अर्को प्रकोप आइपर्न सक्ने चिकित्सकहरु बताउँछन् ।

प्रभावित क्षेत्रमा किटजन्य, पानीजन्य र हावाबाट सर्ने रोगको प्रकोप देखिनसक्ने भएकाले राहात र उद्धार सँगै सरकारले सरसफाइमा पनि विशेष ध्यान दिनुपर्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुन बताउँछन् ।

डा पुनका अनुसार प्रभावित क्षेत्रमा देखिन सक्ने रोग यी हुन्
–स्क्रब टाइफर
–मलेरिया
–डेंगु
–टाइफाइड
–झाडापखला
–जण्डिस
–लेप्टोस्पाइरो
–रुघाखोकी
–ठेउला
–दादुरा

हावाहुरी प्रभावित क्षेत्रमा यी रोगहरु फैलिने सम्झावना रहेकाले समयमै सहज हुनुपर्ने डा पुन बताउँछन् ।

‘सो क्षेत्रमा यी रोग हरु देखिने सम्भावना हुन्छ । त्यहा एक, दुई जनामा यस्ता रोगहरु देखियो भने सबैमा फैलन सक्छ ।,’ डा पुन भन्छन्, ‘प्राकृतिक विपत्तीलाई त हामीले रोक्न सक्दैनौं, तर अब देखिन सक्ने प्रकोपको समयमै अन्दाज गरेर खानेपानीको स्रोत, शौचालयको व्यवस्थापन र सरसफाइमा समयमै ध्यान दिनुपर्छ ।’

रोग फैलिन नदिने के गर्ने ?

–खानेपानीको स्रोतको सरसफाइ गर्ने,
–शौचालयको व्यवस्थापन गर्नुपर्छ,
–लामखुट्टेको टोकाइबाट बच्न लामखुट्टे भगाउँने मलम तथा झुल प्रयोग गर्ने,
–सामूहिक खाना खाँदा सरसफाइमा विशेष ध्यान दिनुपर्छ,
– खाद्यन्नसँगै स्वच्छ पानीको व्यवस्था गर्नुपर्छ ।

प्रकाशित मिति : १९ चैत्र २०७५, मंगलबार  ३ : ३७ बजे

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव

कञ्चनपुर– मुलुकमा सङ्घीयतापछि महाकाली प्रादेशिक अस्पतालका रुपमा स्तरोन्नति भए पनि

टिपर दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते

बेनी– म्याग्दीको रघुगङ्गा गाउँपालिका–७ चिमखोलामा टिपर दुर्घटना हुँदा एक जनाको

थाई–म्यान्मा सीमा सहर नजिकै फेरि झडप सुरु

बैंकक– एक साताको शान्तिपछि म्यान्माको जुन्ता र सशस्त्र जातीय समूहहरूबीच

चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्न डा. केसीको माग

काठमाडौं– चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले चिकित्सा शिक्षासम्बन्धी

सत्ता गठबन्धनलाई माधवको चेतावनी : हामी कसैको दास होइनौँ 

काठमाडौं– नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले