वैदेशिक रोजगारबाट फर्किनेलाई कर्मचारीको जस्तै ‘पद’, नासु, खरिदार र मुखियाको प्रमाणपत्र ! | Khabarhub Khabarhub

वैदेशिक रोजगारबाट फर्किनेलाई कर्मचारीको जस्तै ‘पद’, नासु, खरिदार र मुखियाको प्रमाणपत्र !


१९ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले वैदेशिक रोजगारीबाट फर्किएका कामदारको सीप परीक्षण गरी ‘दक्षताको प्रमाणपत्र’ दिने भएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले चालू आर्थिक वर्ष (२०७५/७६) को मंसिर महिनामा वैदेशिक रोजगारीबाट फर्किएका युवाका लागि सीप परीक्षणका लागि आवदेन खुलाएको थियो । मन्त्रालय अन्तर्गतको वैदेशिक रोजगार बोर्डमा चालू आवमा १ हजार जनाका लागि आवेदन माग गरिएकोमा ५ सय युवाले मात्र आवेदन दिएका थिए । आवेदन दिएका युवाको २० वटा विषयमा सीपको परीक्षण गर्ने भएको छ ।

औपचारिक शिक्षा नलिएका श्रमिकले सीप परीक्षण गरेर तीन तहको प्रमाण पत्र दिने बोर्डले जानकारी दिएको छ । औपचारिक शिक्षा नभए पनि विदेशमा सीप सिकेका आधारमा मुखिया, खरिदार, सुब्बा वा सो सरहको मान्यता दिइ प्रमाण पत्र दिने बोर्डले जनाएको छ ।

वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकलाई अनुभवका आधारमा नै सीप परीक्षण गरेर प्रमाणपत्र दिइने बोर्डका कार्यकारी निर्देशक राजन श्रेष्ठले जानकारी दिए ।

वैदेशिक रोजगारीमा गएर फर्किएका युवाले विदेशमा वर्षौं काम गर्दा सिकेको सीपको परीक्षण गरि प्रमाणपत्र दिने बोर्डका कार्यकारी निर्देशक श्रेष्ठले बताए । ‘सरकारले पहिलोपटक सीप परीक्षण र प्रमाणिकरण गर्न लागेको हो,’ श्रेष्ठले खबरहबसँग भने, ‘सीप परीक्षण र प्रमाणिकरण गरेपछि यस्ता कामदारले पुनः वैदेशिक रोजगारीमा दक्ष ठहर हुन्छ । दक्ष श्रमिकको सुविधा पाउँछन् ।’

यसरी अनुभवका आधारमा प्रमाणपत्र दिँदा स्वरोजगार बन्न र पुनः वैदेशिक रोजगारीमा जानका लागि पनि सहज हुने उनको भनाइ छ ।
दर्शकदेखि वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकलाई सरकारले सीपका आधारमा प्रमाणपत्र दिन र तथ्याङ्क राख्न नसकेको आरोप लाग्दै आएको थियो ।

२० कामको सीप परीक्षण गरी प्रमाणपत्र दिइने

सरकारले वैदेशिक रोजगारीबाट फर्किएका श्रमिकका लागि २० वटा कामको सीप परीक्षण र प्रमाणिकरण गरी प्रमाणपत्र दिने भएको छ । इलेक्ट्रिसियन, विल्डिङ पेन्टर, हाउसकिपिङ क्लिनर, स्कापफोल्डर, बिल्डिङ असिस्टेन्ट वेटर, रेफ्रिजेनेटर एण्ड एअर कन्डिसन जुनियर मेकानिक्स, टेलरिङ र फर्निचर मेकरको सीप परीक्षण गरि प्रमाणपत्र दिइने बोर्डले जानकारी दिएको छ । यस्तै, सेक्युरिटी गार्ड, आल्मुनियम फेब्रिकेटर, सटरिङ कार्पेन्ट्री, इन्डेस्ट्रियल इलेक्ट्रिसियन, केयर गिभर, आर्क वेल्डर, एक्साभेटर अपरेटर, जुनियर प्लम्बर, स्टोन लेयर मेसन (डकर्मी), असिस्टेन्ट ब्युटिसियन, कर्मी तेस्रो र स्ट्रक्चरल फेब्रिकेटरको सीप परीक्षण र प्रमाणिकरण गरिने बोर्डले जनाएको छ ।

एक व्यक्तिले एउटा कामको मात्र प्रमाणपत्र पाउने गरी सीपको परीक्षण गरिने बोर्डले जानकारी दिएको छ ।

सीप परीक्षण प्रदेशमै, वैशाख ३ देखि ५ गतेसम्म गरिने

वोर्डले गत मंसिरमा आवेदन दिएका श्रमिकको सीप परीक्षण वैशाख ३ देखि ५ गतेसम्म प्रदेशकै सीप विकास कार्यालयबाट गर्ने भएको छ ।

बोर्डका अनुसार अभिमुखिकरण चैत २० गते प्रदेश नम्बर १ अन्तगर्त इटहरीको पाथिभरा हिमालय पोलिटेक्निक इन्स्टिच्यूट, चैत २२ गते प्रदेश नम्बर २ अन्तर्गत महोत्तरीको बर्दिवासमा रहेको सैलुङ होटल एण्ड रेस्टुरेन्ट, प्रदेश नम्बर ३ अन्तर्गत चितवनको नारायणी पोलिटेक्निक इन्स्टिच्यूट, कर्णाली प्रदेशअन्तर्गत सुर्खेतको घरेलु तथा साना उद्योगको कार्यालय, सुदूरपश्चिम प्रदेशअन्तर्गत कैलालीको धनगढीमा रहेको धनगढी कलेज अफ इन्फरमेसन टेक्नोलोजी प्रालि र चैत २६ गते भक्तपुरको सानोठिमीमा रहेको प्राविधिक प्रशिक्षण प्रतिष्ठानमा आवेदन दिएका व्यक्तिले सम्र्पक गर्नुपर्ने छ ।

आवेदन भरेका कामदारले प्रयोगात्मक परीक्ष दिनुपर्ने बोर्डले जानकारी दिएको छ । सीप परीक्षण गर्ने कामदारले आफूले सिकेका सीप प्रयोग गरी स्वरोजगार पनि बन्नका लागि योग्य हुने बोर्डको बुझाइ छ ।

दक्षताको प्रमाणपत्र पाएका श्रमिकले उद्यमी बन्न बैंकबाट ऋण लिइन सहज हुने बोर्डको विश्वास छ । यसरी सीप परीक्षणबाट प्रमाणपत्र पाएका युवालाई सरकारले नै रोजगारीको व्यवस्था गरिदिने बोर्डका कार्यकारी निर्देशक श्रेष्ठले जानकारी दिए ।

प्रकाशित मिति : १९ चैत्र २०७५, मंगलबार  १० : ०२ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६