पानी थापेर खाने गिलास छैन, ओत लाग्न किरियापुत्रीलाई पाल छैन, लामखुट्टे छल्न झुल छैन « Khabarhub
Logo
२२ मंसिर २०७८, बुधबार

पानी थापेर खाने गिलास छैन, ओत लाग्न किरियापुत्रीलाई पाल छैन, लामखुट्टे छल्न झुल छैन



काठमाडौं-बारा र पर्साका हावाहुरी पीडितको समस्या सहन सक्ने छैन । प्रभावित क्षेत्रमा पानी थापेर खाने गिलाससमेत छैन भने ओत लाग्न किरियापुत्रीलाई पनि पाल छैन । लामखुट्टे छल्न झुल पनि नभएको नयाँ पत्रिकामा खबर छ । किरिया नै स्थगित गरिएको सुनाउँदै मृतकका एक आफन्त भन्छन्, ‘मृतकको दाहसंस्कार गरियो, मुण्डन पनि भयो, बस्ने ठाउँ नभएपछि किरिया पनि स्थगित गरियो ।’

सोमबार राति ९ बजे । बाराको कलैया–१८ स्थित मारबालियाका २२ वर्षीय राजेन्द्र पटेल हुरीले ध्वस्त घरको भग्नावशेषनजिकै आगो ताप्दै थिए । भर्खरै मात्र उनी आफ्ना ५० वर्षीया आमा मनुरादेवी कुर्मीको दाहसंस्कार गरेर आएका हुन् । रीतअनुसार कपाल मुण्डन गरे, तर किरिया बस्ने ठाउँ नै पाएनन् । आइतबार साँझको हुरीले उनका दुवै घर ध्वस्त बनायो । घरले थिचेर आमाको घटनास्थलमै ज्यान गयो । उनीसँग अहिले ओत लगाउने ठाउँ छैन, त्यसैले आमाको किरिया कर्मलाई नै पछि सार्नुपर्‍यो ।

उनले भने, ‘हुरीले घर उडायो । छानोले थिचेर आमाको ज्यान गयो । दुवै घर ध्वस्त भए । आज दिनभर आमाको दाहसंस्कार गरियो । कपाल मुण्डन गरियो । किरिया बस्नुपथ्र्यो । घर छैन, कहाँ किरिया बस्ने ?’

मारबलियाका ६० वर्षीय बिर्जलाल चमारको ५० वर्षीया श्रीमती बढियादेवीको ज्यान पनि आइतबारको हुरीले लग्यो । सोमबार दिनभर बिर्जलालले श्रीमतीको दाहसंस्कार गरे । कपाल मुन्डन गरे । तर, घर हुरीले उडाएकाले उनले श्रीमतीको किरिया कर्म केही दिन पर सारेका छन् । सोमबार रातिको ९ : ३० बजे ध्वस्त घरनजिकैको खाली ठाउँमा आगो ताप्दै गरेका उनले भने, ‘राति मच्छड आउँछ । झुल छैन । ओत लाग्न पाल छैन । खानलाई पानी छैन । यस्तो अवस्थामा श्रीमतीको किरिया गर्ने कुरो भएन ।’

मारबालियास्थित हुरीले ध्वस्त घरनजिकै लगाइएको एउटा पालमुनि १५ भन्दा धेरै महिला सुतेका थिए । २२ वर्षीय अनितादेवी काखे छोरालाई बर्कोले गुटुमुटु पारी छोप्ने प्रयास गर्दै थिइन् । घाइते छोराको टाउकोमा चोट प्रशस्तै देखिन्थ्यो । उनले केही भनिन्, तर बुझिएन । भाषा उल्था गर्दै छेउमा रहेकी उनकी साथीले बुझाइन्, ‘हुरीले थिचेर उनकी सासु बितिन् । छोरा र श्रीमान् पनि घाइते भए । बेघरबार भएपछि उनी पालमा बस्न पुगेकी हुन् । घर नभएपछि उनको पनि सासुको किरिया कर्म रोकिएको छ ।’

बारा फेटा गाउँपालिका–१ का २५ वर्षीय दिनेश शर्मा सोमबार राति करिब १० बजे घरको भग्नावशेषनजिकै आमा समीदेवीलाई सुताउने तरखर गर्दै थिए । आमा ७४ वर्षकी छन् । नजिकै थिए दिनेशकी श्रीमती र काखे छोरा । छोरा चिच्याइचिच्याई रुँदै थिए । भुइँ खाली थियो । ओछ्याउने केही थिएन । न ओढ्नेको कुनै व्यवस्था थियो । दुःखेसो गर्दै उनले भने, ‘हामीले केही पनि खाएका छैनौँ । खाना पकाउने भाँडा सबै हुरीले उडायो । पानी थापेर खाने गिलाससमेत छैन । ओढ्ने ओछ्याउनेको त कुरै छाडौँ । अब यही भुइँमा सुत्ने हो । लामखुट्टेले दुःख दिन्छ । पकाउने भाँडा सबै हुरीले उडायो । पानी थापेर खाने गिलाससमेत छैन । ओड्ने, ओछ्याउनेको त कुरै छाडौँ ।’

बारास्थित पथलैया–१८ र फेटा–१ स्थित विद्युत्का पोल हुरीले उडाएर क्षतविक्षत गरेको छ । हाइटेन्सन लाइनसमेत भत्काएर ध्वस्त भएको छ । गाउँ अन्धकार छ । अन्धकार हटाउन केहीले टुकी बालेका छन्, केही आगो फुकेर अँध्यारो हटाउने कोसिसमा छन् । मनगढवाका ३७ वर्षीय विनोद मण्डलले भने, ‘गाउँ पूरै अन्धकार छन्, बिजुली छैन । पोल ढल्यो, तार पनि ढल्यो ।’

यसरी चल्यो हावाहुरी
जलतथामौसम विज्ञान विभागकाअनुसार पोखरामा विकास भएको वायुसँग बंगालको खाडीबाट आएको वायु मिसिँदाबारामा ठूलो हावाहुरी चलेको हो । ‘अरेबियन सागरबाट पश्चिमीवायुसँग पोखरामाविकास भएको स्थानीयवायुसँग मिसिएर दक्षिण–पूर्वदिशाबाट चितवनहुँदै पर्सा–बारातिर चिसो हावागयो । उता,बंगालको खाडीबाट उत्तर–पश्चिमहुँदै बारातिर तातो हावाआयो,’ मौसमविद् मीनकुमार अर्यालले भने, ‘पश्चिमीवायुमापोखरामाविकास भएको स्थानीयचिसो वायु र बंगालको खाडीबाट आएको वेगयुक्तवायु एक–आपसमा रुमल्लिएर टकराउँदा दुर्घटना भयो ।’ विभागकाअनुसारदुवै दिशाबाट आएको हावाबाराआसपास क्षेत्रमा भेट हुँदा प्रतिघन्टा ९० किलोमिटरको गतिलिएको थियो । प्रि–मनसुनमा मेघगर्जनसहितहावाहुरी चल्ने गरेपनिबारा–पर्सामाचलेको हुरी अहिलेसम्मकै ठूलो भएको विभागले जनाएको छ ।

सोमबार विज्ञप्ति जारी गर्दै घटनाप्रति विभागले दुःखव्यक्त गरेको छ । नेपालजस्तो जटिल भु बनोट भएको देशमा विपद क्षेत्र र ठाउँ तोक्की पूर्वअनुमान गर्न गाह्रो हुने बताउँदै विभागले प्रविधि र जनशक्ति अभाव हुँदा पूर्वानुमान गर्न नसकिएको जनाएको छ । मौसमी राडार नेटवर्क, स्वचालित मौसमी केन्द्र कमी हुँदा पूर्व अनुमान गर्न नसकिएको विज्ञप्तीमा उल्लेख छ ।

जल तथा मौसम विज्ञान विभागले आइतबार मध्य तथा पूर्वी तराईमा मेघ गर्जनसहित वर्षा हुने पूर्वानुमान गरेको थियो । तर, आइतबार साँझ मध्य तराईका बारा र पर्सामा असिना–पानी मात्रै परेन, ठूलो जनधनको क्षति पुग्ने गरी भीषण हावाहुरी नै चल्यो ।

वर्षाको पूर्वानुमान गर्ने जल तथा मौसम विज्ञान विभागले हावाहुरीको पूर्वानुमान गर्न सक्दैन ? विभागका महानिर्देशक सुर्जकुमार वैद्य भन्छन्, ‘हावाहुरी, असिना, हिउँ, चट्याङको पूर्वानुमान गर्ने मौसमी राडार र बेलुन सञ्चालन गर्नै सकिएन । हामी तापक्रम र वर्षाको मात्रै पूर्वानुमान गर्न सक्ने हैसियतमा छौँ ।’

हावाहुरीको समेत पूर्वानुमान गर्न सक्ने एउटा राडार नेपालसँग छ । तर, सञ्चालनमा छैन । सो राडार पाल्पामा स्थापना गर्न ठेकेदार कम्पनीलाई संरचना निर्माणको जिम्मा दिइए पनि काम नसकिएको महानिर्देशक वैद्यले बताए । यस्तै, सुर्खेत र उदयपुरमा राडार राख्ने स्थानको पहिचानमात्रै गरिएको छ । एउटा राडार सञ्चालनमाल्याउन ३० करोड खर्च लाग्छ ।

‘राडार सञ्चालनभएहावाहुरी चल्नुभन्दाएक–दुई घन्टाअघि नै पूर्वानुमान (नाउकास्ट) गरेर ठूलो क्षतिबाट बच्न सकिन्छ,’ महानिर्देशक वैद्यले भने ।


भर्खर

0