सय देशसँग नेपालको व्यापार, भारतसँग सबैभन्दा धेरै व्यापारघाटा | Khabarhub Khabarhub

सय देशसँग नेपालको व्यापार, भारतसँग सबैभन्दा धेरै व्यापारघाटा


१९ माघ २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सरकारी तथ्याङ्कअनुसार नेपालले एकलाख रुपैयाँभन्दा बढीको कारोबार गरेका १ सय देशमध्ये सबैभन्दा धेरै व्यापारघाटा भारतसँग रहेको देखिएको छ ।

अर्थ मन्त्रालयका अनुसार चालु आर्थिक वर्षको पहिलो ५ महिनामा भारतसँग मात्रै करिब ६७ अर्ब रुपैयाभन्दा बढीको व्यापारघाटा छ । त्यस्तै व्यापार हुने देशहरुमध्ये दोस्रो धेरै व्यापारघाटा रहेको देश चीन हो ।

चालू आर्थिक वर्षको पहिलो ५ महिनामा चीनसँग समेत १४ अर्ब रुपैयाँ व्यापारघाटा रहेको छ । तेस्रो धेरै व्यापारघाटा हुने देशको सूचीमा फ्रान्स छ । फ्रान्ससँग करिब १२ अर्ब रुपैया वैदेशिक व्यापारघाटा रहेको छ । तर अमेरिकासहित बेलायत, डेनमार्कलगाएतका १३ वटा देशसँग भने नेपालको आयातभन्दा बढी निर्यात रहेका कारण व्यापारघाटा छैन ।

तथ्याङ्कअनुसार अमेरिकासँग १ अर्ब, बेलायतसँग ७९ करोड, डेनमार्कसँग ११ करोड, नर्वेसँग ४ करोड, फिनल्याण्डसँग ५१ लाख ९६ हजार, लक्जेम्वर्गसँग ९० लाख, स्लोभाकियासँग ९१ लाख ५ हजार, क्रोयसियासँग १ करोड ४ लाख ३२ हजार, रुवाण्डासँग ९८ हजार, अफगानिस्तानसँग २ करोड, गीनिसँग ५५ लाख, ब्रुनाईसँग ३६ लाख, मोरक्कोसँग ९५ लाख, उरुग्वेसँग २९ लाख र दक्षिण एसियाली मुलुक माल्दिभ्ससँगको व्यापारमा ५ करोड ७३ लाख ६ हजार नाफा रहेको छ । नेपालबाट निर्यात हुने धेरैजसो सामानमा कार्पेट, टेक्सटाईल र कफी लगाएतका सामान छन् ।

प्रकाशित मिति : १९ माघ २०७५, शनिबार  ७ : ०९ बजे

प्रदेश सरकारले खेलकुद क्षेत्रमा बजेट बढाउँछ : मुख्यमन्त्री सोडारी

अत्तरिया–  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले प्रदेश सरकारले खेलकुदका क्षेत्रमा

अमेरिका भ्रमण सकाएर स्वदेश फर्किए अर्थमन्त्री पुन  

काठमाडौं– अर्थमन्त्री वर्षमान अमेरिका भ्रमण सकाएर स्वदेश फर्किएका छन् । 

अब आन्तरिक कलह हट्नुपर्छ : इजरायली प्रधानमन्त्री नेतान्याहु

इजरायल– इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले बिहीबार मोसादको मुख्यालय (इजरायलको अन्तर्राष्ट्रिय

पत्रकार राष्ट्रको सच्चा पहरेदार हो : प्रदेश प्रमुख परियार

कर्णाली– कर्णाली प्रदेश प्रमुख तिलक परियारले पत्रकार राष्ट्रको सच्चा पहरेदार

राहुघाटमा निर्माणाधीन पाँच जलविद्युत् आयोजना अन्तिम चरणमा

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिका भएर बग्ने राहुघाटमा सञ्चालित पाँच वटा