महिला भलिबलमा एपीएफको अग्रता कायम | Khabarhub Khabarhub

महिला भलिबलमा एपीएफको अग्रता कायम


१९ माघ २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– १४ औं संस्करणको रेडबुल ढोरपाटन सुजुकी महिला भलिबल प्रतियोगितामा शुक्रबार विभागीय टिम एपीएफ क्लबले आफ्नो जितको लय कायमै राखेको छ ।

नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको भलिबल कोर्टमा भएको खेलमा एपीएफले पश्चिमाञ्चल ३—० को सोझो सेटमा पराजित गरेको हो ।

एपीएफले पश्चिमाञ्चललाई २५–१५, २५–१८ र २५–११ को सेटमा पराजित गरेको हो । जितसँगै एपीएफले १२ खेलबाट ३६ अंक जोडेको छ भने पराजित पश्चिमाञ्चलको १९ अंक छ ।

त्यस्तै, शुक्रबार नै अर्को विभागिय टिम त्रिभुवन आर्र्मी क्लबले दोहोरो जित हासिल गरेको छ । आर्मीले नेपाल पुलिस क्लबलाई २५–२२, २१–२५, २५–१८, १५–२५ र १२–१५ को सेटमा पराजित गर्यो भने दोस्रो खेलमा आर्मीले श्री गाउँ दाङलाई २५–१२, २५–१९ र २५–११ को सेटमा पराजित गर्यो ।

दोहोरो जित निकालेपछि तेस्रो स्थानको आर्र्मीको २९ अंक भएको छ । दोस्रो स्थानको पुलिसको ३० अंक रहेको छ ।

यस्तै सेबले दाङलाई २५–१८, २५–१५ र २५–११ को सेटमा पराजित गरेको सेबको १४ र दाङको ११ अंक रहेछ ।

प्रकाशित मिति : १९ माघ २०७५, शनिबार  २ : ४८ बजे

बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा…

कास्की – पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको

तस्कर समात्न बारामा प्रहरीले चलायो गोली

बारा – प्रहरीले बाराबाट २३० किलो लागूऔषध गाँजासहित एक जनालाई

भागबन्डा नमिल्दा कर्णाली प्रदेश सरकार विस्तारमा ढिलाइ

कर्णाली । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएको नौ दिन

म्याग्दीका तीन विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दी । म्याग्दीका तीन सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

मनकामना केबलकार शुक्रबार बन्द हुने

काठमाडौं । मनकामना केबलकार भोलि शुक्रबार एक दिनका लागि बन्द