के भीमसेन थापा पुनः जन्मेका हुन् ? | Khabarhub Khabarhub

के भीमसेन थापा पुनः जन्मेका हुन् ?



राजनैतिक स्थायीत्व भत्राले विभित्र कालमा फरक–फरक कुरा बुझिन्छ । आजको सन्दर्भमा संसदमा दुई तिहाईको समर्थन प्राप्त भएकोले सरकार स्थायी रहेको बुझिन्छ । त्यसमा पनि संविधानले दुई वर्षसम्म निर्वाचनपछि गठन भएको सरकारविरुद्ध संसदमा कुनै अविश्वासको प्रस्ताव पेश गर्न नपाइने व्यवस्था गरेको छ । त्यसको अर्थ सो समयावधिसम्म सरकार स्थायी रहेको मानिन्छ ।

तर, नेपालको इतिहासमा कुनै बखत अर्कै प्रकारको व्यवस्था थियो । उदाहरणको लागि भीमसेन थापाको समयमा राजाको लालमोहरले सत्तामा बस्ने अख्तियार पाउथ्यो । जसले राजालाई रिझायो ऊ नै बलियो र स्थायी मानिन्थ्यो । भीमसेन थापा मुख्तियार हुँदा ८ वर्षका बालक राजा गीर्वाणयुद्ध वीरविक्रम शाह राजगद्दीमा थिए । उनको संरक्षिका महारानी ललितत्रिपुरसुन्दरी थिइन् र उनी भीमसेन थापाकै अनुकूल थिइन् । बुढा पुराना भाइभारदारहरु प्रायः सबैको दमन भैसकेको थियो ।

अतः भीमसेन थापा असीम अधिकार तथा शक्तिले सम्पत्र भएर नेपाल अधिराज्यका अधिनायकका रुपमा उपस्थित हुन आइपुगेका थिए । त्यस हिसाबले नेपालमा राजनैतिक स्थायीत्व भएको मानिएको थियो ।

बाबुराम आचार्यका अनुसार “अब उप्रान्त चौतारा एवं काजीहरु सबैले भीमसेन थापाले लगाए÷अह्राए अनुसार नै कामकाज गर्नू” भत्रे बालक राजाको नामबाट लालमोहर गराएर उनले वैधानिकरुपमा मुख्तियारको पदभार मात्र ग्रहण गरेका थिए । तापनि यस किसिमको लालमोहरले गर्दा त्यस बेला उनी भन्दा माथि नेपालका केवल दुई व्यक्ति मात्र शेष बचेका थिए ।

ती थिए —राजा श्री ५ गीर्वाणयुद्ध वीर विक्रम शाह र यिनकी संरक्षिका महारानी ललितत्रिपुरसुन्दरी देवी । अन्य सबै भाइ भारदारहरु यिनी भन्दा तल परिसकेका थिए । आजको परिपेक्षमा नेपालको बागडोर सम्हालेका प्रधानमन्त्री नै सर्वशक्तिमान देखिन्छन् । हुन त संवैधानिक मान्यता अनुसार राष्ट्रपति र उपराष्ट्रपति उनी भन्दा माथि मानिन्छन् तर उनीहरुलाई संविधानले शासन प्रशासन सम्बन्धी कुनै प्रकारको अधिकार नदिएकोले प्रधानमन्त्री नै सर्वेसर्वा मानिन्छन् । त्यस हिसाबले आजका प्रधानमन्त्री पुराना मुख्तियार भन्दा कम शक्तिशाली छैनन् ।

एउटा मूल्यांकन अनुसार १४ वटा सिंगापुर बराबरको भूभाग नेपालले गुमाएको दाबा गरिएको छ । सुस्ता, कालापानी र लिपुलेक नेपालको हातबाट फुत्किएको देखापर्दै छ । युद्धमा हार खाएर आफ्नो भूभाग कम हुनु स्वाभाविक मानिन्छ तर शान्ती र सुव्यवस्थित देशको भूभाग कम हुँदै जानु अस्वाभाविक हो । यसको लागि आजका भीमसेन थापाहरु जिम्मेवार छन् ।

भीमसेन थापा एक शक्तिशाली शासक बनेको कुरा निर्विवाद छ । तर बाबुराम आचार्यको भनाइमा षड्यन्त्रका कुशल खेलाडी रहेका भीमसेन थापा कूटनीतिक चातुर्यको कत्ति पनि अनुभव थिएन । अङ्ग्रेजहरुको राजनीतिक कपटपूर्ण नीतिहरुलाई उनले बुझ्न सकिरहेका थिएनन् । एकातिर प्रशासनिक व्यवस्थामा भ्रष्टाचार व्याप्त थियो भने पूर्वमा टिस्टा नदीदेखि पश्चिममा अलकनन्दापारसम्म फैलिएको भर्खरै एकीकरण गरिएको विशाल अधिराज्यको प्रशासन व्यवस्थालाई सुव्यवस्थित तुल्याई सम्पूर्ण देशवासीहरुलाई सुखी र समृद्ध तुल्याउने काम पनि ठुलो चुनौतीको रुपमा उपस्थित हुन आइपुगेको थियो ।

तर भीमसेन थापाले अहिलेसम्म आफ्नो र आफ्ना परिवारको शक्ति र स्रोतलाई सुदृढ पार्नमा नै आफ्नो सम्पूर्ण समय खर्चदैं आइरहेका थिए । राज्य व्यवस्थालाई दह्रिलो पार्ने काममा उनले खास ध्यान दिन सकिरहेका थिएनन् । यो अवस्थाको पुनः आगमन अहिले पनि भए जस्तो देखिएको छ ।

एकातिर सरकारले दुबै छिमेकीहरुसितको सम्बन्ध सुध्रिएको र बलियो भएको दावा गरिरहेको छ भने अर्कोतिर राष्ट्रलाई ठुलो खतरा आइपर्ने नागरिकताको कानून बत्र लागेको छ । यो विधेयकले लाखौं भारतीयहरुलाई नागरिकता दिलाउन खोजेको छ । गतिलो सम्बन्धको नाउँमा देशको अस्तित्व नै मेटिन सक्ने कानून बनाउन खोज्नु कि विदेशी कै निर्देशनमा गर्न खोजिएको अथवा यसमा निहित खतरा नै देख्न नसक्ने अयोग्यता प्रष्टिएको देखिन्छ । छिमेकीसंगको राम्रो सम्बन्धको नाउँमा नेपालको सार्वभौमिकता कायम रहेको लिपु लेक नै गायब भएको छ ।

कालापानी र सुस्ताको विवादको नाउँमा नेपालको नक्साबाट गायब भएको देखिएको छ । संघीयता लागू गर्ने सिलसिलामा प्रशासन व्यवस्था अस्तव्यस्त भएको सबैले अनुभव गरिरहेका छन् । एकातिर सरकारी कर्मचारीहरु नै समायोजनको विरोधमा हडतालमा उत्रिएका छन् भने प्रादेशिक सरकारहरु संघीय सरकारको खुला आलोचना गर्दैछन् । समृद्ध नेपाल र सुखी नेपालीहरु अनेक प्रकारको करको मारमा परेका छन् । भ्रष्टाचारको मात्रा दिनौं बढिरहेको खबरकागजले नै देखाएका छन् । शक्तिशाली नेताहरुले आफ्नो पार्टी नै सम्हाल्न सकिरहेका छैनन् । आफ्ना मान्छे भर्ना गर्ने, भत्ता र सुबिधा विस्तार गर्ने र आफ्नो गुट बलियो पार्नै काम भने टडकारोरुपमा भइरहेको छ ।

भीमसेन थापाको सबभन्दा ठूलो कमजोरी अंग्रेजसंग गरिएको युद्धमा देखियो । अंग्रेजको चुनौतीलाई स्वीकार गरी उनीहरुसँग युद्ध गर्ने वा उनीहरुलाई चित्त बुझाई थामथुम पार्ने भत्रे विकल्प त्यस बेला नेपाल सरकार समक्ष उपस्थित हुन आइपुग्यो । नेपालको भारदारी सभामा यस विषयमा व्यापक छलफल पनि भयो । युद्धको निमित्त आफ्नो पक्षको कुनै तैयारी नरहेको हुँदा भारदारी सभामा रहेका अधिकांश भाइभारदारहरु विवादग्रस्त केही जमिन छोडिदिएर भए पनि अहिलेलाई अंग्रेजसँग सुलह सम्झौता गर्नु पर्दछ भत्रे पक्षमा उपस्थित भएका थिए ।

बाबुराम आचार्यले भनेका छन् अनुभवहीनता र घमण्डले गर्दा भीमसेन थापाले आफ्नो आँटले सैनिक संघर्षको बाटोलाई नै समाते । भीमसेन थापालाई युद्ध मोर्चाहरुको कुनै अनुभव थिएन । न त उनले दुर्गम क्षेत्रका जीर्णशीर्ण गढी गौंडाहरुको दुरावस्थालाई नै प्रत्यक्षरुपमा देखेका वा भोगेका थिए । यस अवस्थामा तालिम प्राप्त विशाल अंग्रेज सैन्य अगाडि युद्ध मोर्चामा नेपाली पक्षको हार हुनु अवश्यम्भावी थियो । आखिर भयो पनि यही । विस्तृत भूभागमा फैलिएको नेपाल अधिराज्यको एक तिहाई सुम्पन विवश भयो । नेपाल खुम्चियो ।

भीमसेन थापाको समयमा नेपालले युद्ध लड्यो र खुम्चियो । तर आज नेपाल कुनै युद्ध नलडी खुम्चिएको छ । नेपालको क्षेत्रफल १,४७,१८१ वर्ग किलोमिटर भएको ठानिन्छ । तर के साँच्चै यति क्षेत्रफल नेपालसित छ ? यो प्रश्न दुई मुख्य कारणले उठ्दछ । पहिलो कारण हो– नेपालको संविधान । यसले नेपालको क्षेत्रफल कति छ भनेर उल्लेख गरेको छैन । तर यो संविधान हाल नेपालसित रहेको क्षेत्रफलमा लागू हुनेछ भनेर मात्र भनेको छ । क्षेत्रफल कति छ भत्रे कतै उल्लेख गरेको छैन ।

भत्रुको तात्पर्य संविधानका निर्माता र निर्णयकर्ताहरुलाई थाहा छैन कि नेपालको क्षेत्रफल कति हो । दोस्रो कारण, भारतले नेपालको सीमाना धेरै ठाउँमा मिचेको समाचार बरम्बार आउने गरेको छ । एउटा मूल्यांकन अनुसार १४ वटा सिंगापुर बराबरको भूभाग नेपालले गुमाएको दाबा गरिएको छ । सुस्ता, कालापानी र लिपुलेक नेपालको हातबाट फुत्किएको देखापर्दै छ । युद्धमा हार खाएर आफ्नो भूभाग कम हुनु स्वाभाविक मानिन्छ तर शान्ती र सुव्यवस्थित देशको भूभाग कम हुँदै जानु अस्वाभाविक हो । यसको लागि आजका भीमसेन थापाहरु जिम्मेवार छन् ।

आज जुन प्रकारले विदेशी हस्तक्षेप नेपालको आन्तरिक मामिलामा देखापरेको छ यसको प्रतिबिम्ब भीमसेन थापाको समयमा पनि देखिएको थियो । नेपाल—अंग्रेज युद्ध सन् १८१६ मा अन्त भएको थियो । त्यसै वर्ष राजा गीर्वाणयुद्ध शाहको आकस्मिक देहावसान भयो । तर त्यस पछि १८ दिन सम्म नेपालको राजसिंहासन खालि रह्यो । जुन दिन उनका उत्तराधिकारी छोरा युवराज राजेन्द्रविक्रम शाहलाई राज्यारोहण गरियो । त्यसै दिन अंग्रेज गभर्नर जनरलबाट सुगौली सन्धिद्वारा अपहरण भएको नेपालको तराई प्रदेश मध्येबाट बुटवल र यसदेखि पूर्वमा रहेका पर्सा, बारा, रौतहट र चितवन आदि सात जिल्लाहरु नेपाल अधिराज्यलाई फिर्ता भएको थियो ।

यसमा बाबुराम आचार्यले एउटा गम्भीर रहस्य लुकेको आभास पाइएको कुरा व्यक्त गरेका छन् । यसबारे उनी भन्छन् —उपर्युक्त कदम अंग्रेजहरुको विशेष आग्रहले गर्दा मात्र नयाँ राजा त्यसै दिन राजगद्दीमा राखिएको देखिन्छ । यसरी सबै तारतम्यहरु पूरा गराएर मात्र राजाको राज्यारोहण गराइएबाट नेपालको आन्तरिक मामिलामा अंग्रेजहरुको हस्तक्षेप भएको देखिन्छ । तर त्रिपुरासुन्दरी बालक राजाको संरक्षिका रहनुले भीमसेन थापा लामो समयसम्म निष्कण्टकरुपमा नेपाल अधिराज्यको अधिनायक बत्र सफल भएको पाइन्छ ।

त्यसैको एक किसिमको समानान्तर परिस्थिति आज पनि देखा पर्दछ । नेपालको संविधान घोषणा भए लगत्तै भारतले नेपाल माथि आर्थिक नाकाबन्दी लगायो । त्यो असलमा युद्ध सरह नै थियो । किनभने नेपालीहरुको घरमा चुल्हो बल्न बन्द भएको थियो । ठूलो मात्रामा लोडसेडिङ् चलिरहेको थियो । त्यसताका तत्कालीन एमालेको सरकारले नाकाबन्दीको जोडदार सामना ग¥यो । फलस्वरुप विगत निर्वाचनमा उसलाई अत्यधिक बहुमतले नेपाली जनताले जिताए ।

तर कालान्तरमा भारतले एमालेका भावी प्रधानमन्त्रीलाई जसरी अत्यधिक महत्व दिए र सम्मान गरे त्यसको फलस्वरुप भारतको प्रभाव र उनीहरुको विचार हावी भएको देखियो । सम्बन्ध राम्रो त भयो तर नेपालको दीर्घकालीन र अल्पकालीन हित हुने कामहरु एकातिर पन्छाइयो । ईपीजीको संयुक्त रिपोर्टमा नेपाल—भारत सीमा नियमन गर्ने कुरा परेको छ । त्यसलाई भारतले लत्याइदियो भने नेपालले मौन धारण गरेर सहमति जनायो । भारतीयहरुले सजिलो किसिमले नेपाली नागरिकता पाउन सक्ने ऐन बनाउन नेपाल सरकार सक्रिय भएको छ । यसबाट अंग्रेजले जस्तो आजको भारतले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्न सफल भएको देखिन्छ । यस अवस्थामा भीमसेन थापाको पुनर्जन्म भएको भान त हुन्छ ।

प्रकाशित मिति : १९ माघ २०७५, शनिबार  २ : ३६ बजे

सुगन्धित तेल प्रशोधन केन्द्र अलपत्र

राँझा– बाँकेको राप्ती सोनारी गाउँपालिका–६ फत्तेपुरमा स्थापित सुगन्धित तेल प्रशोधन

सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु

काठमाडौं– छुट्टाछुट्टै सवारी दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ

पौडी खेल्दा डुबेर एक जनाको मृत्यु

दैलेख– दैलेखमा पौडी खेल्दा डुबेर एक जनाको मृत्यु भएको छ

सुदूरपश्चिममा समाजवादीकै नेतृत्वमा सरकार बन्छ : राजेन्द्र पाण्डे 

काठमाडौं– सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुखले नयाँ मुख्यमन्त्री दाबी गर्न दिएको

डा अन्जान शाक्य राष्ट्रियसभा सदस्यमा मनोनित

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा डा अन्जान शाक्यलाई राष्ट्रियसभा