अनुदान वितरण प्रक्रियालाई व्यवस्थित गर्न प्रदेश सरकारले ल्यायो नयाँ नीति | Khabarhub Khabarhub

अनुदान वितरण प्रक्रियालाई व्यवस्थित गर्न प्रदेश सरकारले ल्यायो नयाँ नीति


१६ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– प्रदेश नं ५ को सरकारले अनुदान वितरण प्रक्रियालाई व्यवस्थित गर्न नयाँ नीति ल्याएको छ । सरकारले वितरण गर्ने अनुदान कार्यक्रमलाई अझै प्रभावकारी र व्यवस्थित बनाउन अनुदान व्यवस्थापनसम्बन्धी एकीकृत मार्गदर्शन–२०७६ ल्याइएको हो ।

विभिन्न मन्त्रालयहरुले वितरण गरेको अनुदान व्यवस्थित नभएको गुनासो आएपछि आज बसेको मन्त्रिपरिषद् बैठकले अनुदान व्यवस्थापनसम्बन्धी एकीकृत मार्गदर्शन–२०७६ स्वीकृत गरेको हो । प्रदेश सरकारले वितरण गर्ने अनुदान व्यवस्थित र पारदर्शी बनाउन अनुदान व्यवस्थापनसम्बन्धी एकीकृत मार्गदर्शन स्वीकृत गरेको सरकारका प्रवक्ता भौतिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले बताए ।

सरकारले वितरण गर्ने अनुदानको ठूलो हिस्सा दुरुपयोग र अनियमितता भएको पाइएपछि अनुदान व्यवस्थापनसम्बन्धी एकीकृत मार्गदर्शन तयार गरिएको उनको भनाइ छ । अनुदान दिँदासमेत मन्त्रालयका कर्मचारीले कमिसन माग गरेको भेटिएपछि अनुदान वितरणलाई पारदर्शी बनाउन मार्गदर्शन ल्याउनुपरेको सरकारका प्रवक्ता चौधरीले जानकारी गराए ।

प्रदेश ५ को भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले बाँडेको कृषि अनुदान दुरुपयोग भएको समाचार बाहिर आएको थियो । मन्त्रिपरिषद् बैठकले प्रदेश प्रसारण नियमावली २०७६ स्वीकृत गरेको छ ।

यस्तै सोमबार बसेको बैठकले रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका र स्पेनको एक्ट्रेमदुरा कम्युनिटी प्रान्तको क्यासेरेस सिटी काउन्सिलबीच भगिनी सम्बन्ध स्थापनाका लागि नेपाल सरकारसँग सिफारिस पठाउने निर्णय गरेको छ ।

सरकारले बुटवल बार एसोसिएसनको आयोजनामा बुटवलमा हुने देशभरका वकिलहरुको राष्ट्रिय बैठकका लागि ५ लाख अनुदान दिने निर्णयसमेत गरेको प्रवक्ता चौधरीले बताए ।

प्रकाशित मिति : १६ मंसिर २०७६, सोमबार  ११ : ३८ बजे

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय

काठमाडाैंमा ‘रोडसाइड रोलकल’ सडक संवाद सुरु

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले आज स्वयम्भूस्थित महाचैत्य प्राङ्गणमा

भारतले रोक्यो नेपाली चियाको निर्यात

झापा । भारतले पटके गुणस्तर परीक्षणको नयाँ प्रावधान लागू गरेर

त्रिभुवन विमानस्थलबाट आठ सय ५० ग्राम सुनसहित एक महिला पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब आठ सय ५०