काठमाडौं महानगरपालिकाले भन्यो– सार्वजनिक ठाउँका विज्ञापन ७ दिनभित्र हटाउनु | Khabarhub Khabarhub

काठमाडौं महानगरपालिकाले भन्यो– सार्वजनिक ठाउँका विज्ञापन ७ दिनभित्र हटाउनु


१६ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरले सार्वजनिक ठाउँका सम्पूर्ण विज्ञापन ७ दिन भित्र हटाउन निर्देशन दिएको छ । आफैंले नहटाए महानगरले हटाउन लाग्ने खर्च समेत असुली गर्ने चेतावनी दिएको छ।

सोमबार सूचना जारी गर्दै महानगरले घर, कम्पाउण्ड, छत, बिजुलीका पोल, सडकमा राखिएका डिभाइडर लगायतमा राखिएका पर्चा पम्पलेट, भित्तेलेखनजस्ता अनधिकृत विज्ञापन बोर्ड आफैं हटाउन निर्देशन दिएको हो।

यस्ता विज्ञापन बोर्ड तथा पर्चाले वातावरणीय प्रदूषण गरी स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न, हिडडुल गर्न र प्रदुषण रहितको सुन्दर दृश्यावलोकन गर्ने अधिकारमा बाधा व्यवधान गरेको भन्दै २०७२ भदौ १६ गते सर्वोच्च अदालतले महानगरलाई व्यवस्थित बनाउन आदेश दिएको थियो।

त्यही आदेश पालना गर्दै महानगरले सूचना जारी गरी कार्यन्वयनमा ल्याएको हो ।

प्रकाशित मिति : १६ मंसिर २०७६, सोमबार  ११ : ५८ बजे

एमालेको प्रतिनिधि परिषद् बैठक आजदेखि

काठमाडौँ– नेकपा एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक आज सुरु

एसिसी प्रिमियर कप : तेस्रो स्थानको लागि आज नेपाल र हङकङको भिडन्त

काठमाडौं – एसीसी प्रिमियर कप अन्तर्गत शनिबार नेपालले तेस्रो स्थानको

बागमतीसहित पाँच प्रदेशमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आईपिएल : चेन्नईमाथि लखनउ आठ विकेटले विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार सन्