१३ औं साग– नेपाल टेबलटेनिसको सेमिफाइनल नजिक | Khabarhub Khabarhub

१३ औं साग– नेपाल टेबलटेनिसको सेमिफाइनल नजिक


१६ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत टेबलटेनिसको पुरुष टिम इभेन्ट्समा नेपालले लिग चरणको पहिलो खेलमा जीत हात पारेको छ।

लैनचौरस्थित टेनिस हलमा भएको खेलमा नेपालले श्रीलंकामाथि ३-१ सेटको जित हात पारेको हो । अब नेपालले सेमिफाइनल प्रवेशका लागि मंगलबार माल्दिभ्सँग खेल्नेछ।

नेपालबाट टिम इभेन्टमा स्यान्टु श्रेष्ठ, पुरुषोत्तम बज्राचार्य र शिव सुन्दर गोथेले सहभागिता जनाएका थिए ।

आजै सम्पन्न खेलमा भारतले पाकिस्तान र बङ्गलादेशलाई पराजित गरेको छ । दुवै खेल भारतले ३–० ले जितेको हो । जितसँगै भारत सेमिफाइनलमा प्रवेश गरेको छ ।

यस्तै श्रीलङ्काले माल्दिभ्सलाई ३–० ले पराजित गर्‍यो । महिलातर्फ सोमबारै सम्पन्न खेलमा भारतले माल्दिभ्स र पाकिस्तानलाई ३–० ले हरायो ।

श्रीलङ्काले महिलातर्फ बङ्गलादेशलाई ३–१ सेटमा पराजित गरेको हो । भारत महिलातर्फ पनि सेमिफाइनल प्रवेश गरेको छ । यस्तै नेपालले श्रीलङ्कालाई ३–० ले पराजित गर्‍यो । नेपाली महिला टोलीले मंगलबार बङ्गलादेशसँग खेल्नेछ ।

प्रकाशित मिति : १६ मंसिर २०७६, सोमबार  ८ : ०० बजे

दाङमा अटो रिक्सा दुर्घटना, तीन जना घाइते

दाङ – दाङको लमीमा अटो रिक्सा दुर्घटना हुँदा तीन जना

डोटीमा आगोले जलेर एक महिला घाइते

डोटी । डोटीमा आगोले जलेर एक महिला घाइते भएकी छन्।

उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न समिति गठन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न उच्चस्तरीय

बेलायतसँग थप समन्वय र सहकार्यको अपेक्षा छ : गृहमन्त्री

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग नेपालका लागि बेलायतका

सिरहाबाट कटुवा पेस्तोलसहित बाबु–छोरा पक्राउ

सिरहा । सिरहा प्रहरीले कटुवा पेस्तोलसहित बाबु छोरालाई पक्राउ गरेको