यस्तो छ ‘झिंगे दाउ’ मा आँचलको लूक | Khabarhub Khabarhub

यस्तो छ ‘झिंगे दाउ’ मा आँचलको लूक


१६ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – फिल्म ‘झिंगे दाउ’ बाट आँचलको लुक सार्वजनिक गरिएको छ । तस्वीरमा आँचललाई फरक लूकमा देख्न सकिन्छ ।

ज्ञानेन्द्र देउजाले निर्देशन गरेको यो फिल्ममा आँचल शर्मालाई फरक लूकमा प्रस्तुत गरिएको हो । फिल्मको छायांकन खोटाङको हलेसीमा भएको थियो । फिल्मको केही दृश्यको शूटिङ भकुण्डे बेसीमा खिचिएको छ ।

सार्वजनिक भएका तस्वीरमा आँचललाई बिल्कुलै फरक भूमिकामा देख्न सकिन्छ । प्रायः आँचललाई शहरीया युवतीको भूमिकामा देख्ने गरिन्थ्यो ।

डोको र हँसिया बोकेकी विवाहित महिलाको भूमिकामा आँचललाई देख्न सकिन्छ । फिल्ममा उनको जोडी मुकुन भुसालसँग जोडिएको छ ।

यस्तै फिल्ममा केकी अधिकारीको पनि शीर्ष भूमिका रहनेछ भने उनी पनि गाँउले महिलाको भूमिकामै देखिनेछिन् ।

फिल्मलाई निर्देशक देउजाले निर्माण गरेका हुन् भने प्रदीप भारद्वाजले कथा लेखेका हुन् । एक जुवाखालमा हुने घटनापछि घटित हुने कथानकलाई फिल्ममा देख्न सकिनेछ ।

प्रकाशित मिति : १६ मंसिर २०७६, सोमबार  ४ : ५० बजे

शिक्षाले मात्रै गाउँको परिवर्तन हुन्छ : मन्त्री राई

धनकुटा– खानेपानीमन्त्री राजेन्द्रकुमार राईले शिक्षाको विकासले मात्रै गाउँको परिवर्तन हुने

खुवालुङ : चुलियो चर्चा, संरक्षणको छैन सुरसार

किराती समुदायले आफ्नो आस्था केन्द्र रहेको भन्दै संरक्षणमा जुटेपछि एकताका

शिक्षामन्त्री सुमनाले बूढानीलकण्ठको सूचना सुनाएपछि…

काठमाडौं- शिक्षामन्त्रीको जिम्मेवारीमा जनताले युवा एवं उर्जाशील व्यक्तिलाई पाएका छन्

४३९ नेपालीको भागमा जम्मा एक प्रहरी 

काठमाडौं– संयुक्त राष्ट्र संघ (युएन) को मापदण्ड अनुसार कम्तिमा ३३३

सेयर बजारमा सामान्य सुधार

काठमाडौं– बिहीबार नेप्से परिसूचक ४.७८ अंकले बढेको छ। अघिल्लो कारोबार