सागमा नेपालले जित्यो ९ स्वर्ण | Khabarhub Khabarhub

सागमा नेपालले जित्यो ९ स्वर्ण


१६ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)मा नेपालको स्वर्ण पदक संख्या ९ पुगेको छ ।

तेक्वान्दोको पोम्सेतर्फ महिला एकलको ३० वर्षमाथिको उमेर समूहमा आयशा शाक्यले स्वर्ण पदक दिलाएसँगै नेपालको स्वर्ण पदक संख्या ९ पुगेको हो ।

तेक्वान्दोको पोम्सेतर्फ महिला एकलको ३० वर्ष माथिको उमेर समूहमा आयशाले ७.०४० अंक ल्याइन् । उक्त प्रतिस्पर्धामा भारतकी खेलाडीले रजत र श्रीलंकाकी खेलाडीले कास्य पदक जितिन् ।

यसअघि तेक्वान्दोको पोम्सेतर्फ महिला एकलको २३–२९ वर्ष उमेर समूहमा पार्वती गुरुङले पनि नेपाललाई स्वर्ण दिलाएकी थिइन् ।

तेक्वान्दोको पोम्सेतर्फ महिला एकलको २३–२९ वर्ष उमेर समूहमा पार्वतीले ८.२५० अंक प्राप्त गरिन् । पार्वतीले स्वर्ण जित्दा श्रीलंकाकी थिलकसिका जयाविराले ८.१४० अंक प्राप्त गर्दै रतजमा चित्त बुझाउनु प¥यो ।

यस्तै, भारतकी हर्षा सिंहाले ८.०३० अंक प्राप्त गर्दै रजत हात पारिन् ।

यसअघि नेपालका लागि कराँतेमा मण्डेकाजी श्रेष्ठले नेपाललाई दोहोरो स्वर्ण दिलाएका थिए । उनले सिंगला काता र समूहगत कातामा गरी २ स्वर्ण दिलाएका हुन् ।

यस्तै, कमला तामाङले कराँतेको ५५ किलो उमेर समूहमा बंगलादेशका मोहम्मद मुस्तफालाई पराजित गर्दै नेपाललाई स्वर्ण दिलाए ।

प्रकाशित मिति : १६ मंसिर २०७६, सोमबार  ३ : १४ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६