रविन्द्र, मिलन र सीकेलाई मतदाताको जवाफ–राजनीतिक जमिनमा टेक ! | Khabarhub Khabarhub

रविन्द्र, मिलन र सीकेलाई मतदाताको जवाफ–राजनीतिक जमिनमा टेक !


१६ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाँच वर्षका लागि चुनिएको केपी शर्मा ओली नेतृत्वको सरकारले जनअपेक्षा अनुसार काम नगरेको कारण उसको शाख जनमानशमा कमजोर रहेको आरोप प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले लगाउँदै आएको थियो ।

त्यस्तै नयाँ शक्तिको वकालत गर्दै आएको साझा पार्टी र विवेकशील लगायतका दलले पनि पूराना पार्टीहरुले जनअपेक्षा अनुसार काम गर्न नसक्ने र वैकल्पिक शक्ति आवश्यक रहेको भन्दै वकालत गर्दै आएका थिए ।

त्यति मात्र होइन देशमा पुराना शक्तिहरुले केही नगरेको र गर्न नसक्ने भन्दै बेलाबेलामा ‘नयाँ शक्ति’ को बहस चर्को रुपमा हुने गरेको छ । पूरा दलहरुको विकल्प खोज्नुपर्ने आवाज सामाजिक सञ्जालदेखि सार्वजनिक मञ्च र चिया चौतारासम्म हुने गरेको छ ।

नयाँ शक्तिको वकालत गर्ने साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले सामाजिक सञ्जालमा राखेका पोस्ट र भिडियो तथा उक्त दलले सामाजिक सञ्जालमा राखेका पोस्टहरुमा मानिसरुले सकारात्मक प्रतिक्रिया जनाउने गरेका छन् ।

सामाजिक सञ्जालमा मानिसको सकारात्मक जवाफ र समर्थन पाएर हौसिने साझा पार्टी र विवेकशील दलका साथै विखण्डनको नारा छाडेर केही समय अघि मात्र खुल्ला राजनीतिमा आएको सीके राउतलाई मतदाताले बुथमा भने सकारात्मक सन्देश दिएको देखिएको छैन ।

तराईमा नयाँ शक्तिको रुपमा सीके राउत उदाउने अपेक्षा र चर्चाका बीच उसको दल जनमत पार्टीले शनिवार सम्पन्न उपचुनावमा बलियो उपस्थिती जनाउन सकेन ।

केही वर्षदेखि सक्रिय रहेको विवेकशीलको अवस्था पनि पहिलाको भन्दा खराब देखिएको छ ।
सामाजिक सञ्जालमा बहस भएको विषयमा अलि बढी केन्द्रीय हुने आरोप लाग्ने गरेको विवेकशील मात्र होइन रविन्द्र मिश्रका साझापार्टीको चुनाव चिह्न तराजुमा पुराना दलको पल्ला भारी भएको छ ।

नयाँ शक्तिको वकालत गर्दै आएका साझा र विवेकशीलबीच पार्टी एकता भएको थियो । यसअघिको चुनावमा दुई दल मिलेको भए प्रभावकारी हुने भन्दै सामाजिक सञ्जालहरुमा चर्चाकाबीच दुई दलबीच एकता भएको थियो । तर त्यो एकता अर्को चुनावसम्म टिक्न सकेन ।

रविन्द्र मिश्र र तत्कालिन विकेकशीलका संयोजक उज्ज्वल थापाबीच कुरा मिल्न सकेन र दुई दल मिलेर चुनावमा जाँदाको परिणाम कस्तो हुन्थ्यो भन्ने कुरा ‘कल्पना’मा सिमित बनेको छ ।

प्रतिनिधिसभाको काठमाडौं १ मा नेपाली कांग्रेसका उम्मेदवार प्रकाशमानलाई कडा टक्कर दिएका रविन्द्रले सामाजिक सञ्जालमा भएका चर्चाबाट मतपेटीकामा लाभ उठाउन सकेको देखिदैन ।
पोखरामा कमजोर

उपनिर्वाचनमा चर्चा धेरै, भोट न्यून

उपनिर्वाचनमा ‘नयाँ शक्तिको वकालत गर्ने दलहरुले पाएको मतले जनताले नयाँ होइन पुरानै शक्तिलाई मन पराइरेका छन् भन्ने देखाएको छ ।

एक प्रतिनिधिसभा, दुई प्रदेशसभा र एक उपमहानगरमा साझाले खडा गरेको उम्मेदवारले ‘खरब प्रदर्शन’ गरेका छन् ।

माथि उल्लेखित चार निर्वाचन क्षेत्रमा डेढ लाख भन्दा धेरै मत खसेपनि साझाका उम्मेदवारले द्द हजार मत पनि कटाउन सकेनन् ।

कास्कीमा ४५ हजार ५ सय ४६ मत खसेकोमा सत्तारुढ दल नेकपाकी उम्मेदवार विद्या भट्टराईले २४ हजार ३ सय ९४ मत पाएर जित्दा नेपाली कांग्रेसका उम्मेदवार खेम राज पौडेलले १५ हजार ९ सय ९१ मत पाए । जहाँ साझा पार्टीकी रजनी केसीले जम्म ९ सय ४२ मत पाइन् ।

त्यस्तै प्रदेशसभा अन्तर्गत भक्तपुरमा भएको निर्वाचनमा ३२ हजार ३७ मत खसेको थियो । जसमध्ये नेपाली कांग्रेसका उम्मेदवार कृष्णलाल भडेंलले १३ हजार ४ सय ४९ मतसहित जित हात पार्दा नेकपाका देविप्रसाद ढकालले ११ हजार २ सय ६ मत पाए । त्यहाँ पनि साझा पार्टीका उम्मेदवारले कमजोर प्रदर्शन गरेका छन् । साझाका उम्मेदवार सुरज प्रधानले ३ सय ९३ मत पाए ।

त्यस्तै दाङको उपनिर्वाचनमा पनि साझका उम्मेदवारको उपस्थिती कमजोर बन्न पुग्यो । साझाका उम्मेदवारले ३ सय मत कटाउन सकेनन् । उनले २ सय ६६ मत पाए । जहाँ नेकपाकी उम्मेदवार बिमला कुमारी खत्रीले २४ हजार २ सय ८६ मत पाएको निर्वाचन आयोगले जनाएको छ । त्यस्तै कांग्रेस उम्मेदवार केशव राज शर्माले १९ हजार १ सय ८२ मत पाएका थिए ।

सुनसरीको धरान उपमहानगरपालिकामा पनि साझाले कमजोर प्रदर्शन गरेको छ । कांग्रेर र नेकपाका उम्मेदवारले २० हजार भन्दा धेरै मत पाउँदा साझाका उम्मेदवारले ८० मत पाएका छन् ।

त्यस्तै सीके राउत नेतृत्वको जनमत पार्टीको अवस्था पनि कमजोर देखिएको छ ।

कपिलवस्तुको शिवराज नगरपालिकाको १० नम्बर वडाको अध्यक्षका लागि भएको मतदानमा राजपाकी मञ्जू मिश्रले ८ सय ६८ मतसहित जीत हात पार्दा जनमत पार्टीका उम्मेदवार मोहम्मद हनीफ गद्दीले २८ मत मात्र पाए । त्यस्तै वाराको बारागढी गाउँपालिका वडा नम्बर १ को मतगणनामा जनमत पार्टीका उम्मेदवार शंकर प्रसाद चौधरीले ३ भोट पाएका छन् ।

जहाँ समाजवादीका सुरेश प्रसाद चौधरी ६ सय ४९ मतसहित विजयी भएका थिए ।

रौतहटको गढीमाई नगरपालिका वडा नम्बर २ को वडा अध्यक्षमा पनि जनमत पार्टी कमजोर देखिएको छ । त्यहाँ उसले १२ मत पाएको छ भने विजयी भएका कांग्रेस उम्मेदवारले ७ सय ७१ मत पाए ।

महोत्तरीको वलवा नगरपालिका, धनुषाको पिपरा गाउपालिका, सिराहाको कल्याणपुर नगरपालिकामा भएको मतगणनामा पनि सीके राउतको दल निकै कमजोर देखिएको छ ।

उपनिर्वाचनको मत परिणाम पछि  विवेकशील नेपालीका अध्यक्ष मिलन पाण्डेले यो निर्वाचनले हामीलाई स्पष्ट सन्देश दिएको छ, हामी मतदाताको कानसम्म पुगेका रहेछौँ भन्ने जानकारी मिलेको बताए । सामाजिक सञ्जालमा उनले लेखेका छन्’ यो निर्वाचनले हामीलाई स्पष्ट सन्देश दिएको छ, हामी मतदाताको कानसम्म पुगेका रहेछौँ, मनमा पुग्न बाँकी रहेछ। हामीलाई मत दिनुहुने, नदिनु हुने सम्पूर्ण मतदाताहरूमा धेरै धेरै धन्यवाद दिन चाहन्छौँ। काम गर्छौँ। तपाईँहरूको मन पनि जित्छौँ। अभियान, सङ्गठन अनि स्पष्ट नीति बोकेर फेरि आउनेछौँ ।’

तर साझाका साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले उपनिर्वाचनको परिणामले भ्रष्टतालाई अनुमोदन गरेको बताएका छन् ।

कास्की क्षेत्र नम्बर २ को मतपरिणाम सार्वजनिजक भएपछि माइक्रो ब्लगिङ साइट ट्वीटरमा एक सन्देश लेख्दै संयोजक मिश्रले उपनिर्वाचनको मतपरिणाम चिन्ताजनक भएको समेत उल्लेख गरेका छन् ।

‘उप चुनावले साझा पार्टीले छोटो समयमा जे गर्‍यो, त्यसमा थप धेरै मेहनत गर्नुपर्ने सन्देश दिएको छ,’ मिश्रले ट्वीट गर्दै भनेका छन्, ‘मत परिणामले व्यापक भ्रष्टता, असक्षमता, काण्डैकाण्ड, नेताहरूको मनमस्ती, संसदको खाली कुर्सी, युवा पलायन, देशको दोहन सबैलाई अनुमोदन पनि गरिदिएको छ, जुन चिन्ताजनक छ ।’

राजनीतिक विश्लेषकसमेत रहेका र नयाँ शक्तिको वकालत गर्ने मुमाराम खनालले यो उपनिर्वाचनले साझालाई ‘राजनीतिक जमीनमा टेकु भन्ने शन्देस दिएको बताएका छन् ।

राजनीतिक विश्लेषक जगत भुर्तेलले कांग्रेस एमाले र माओवादी पनि वैकल्पिक राजनीतिको बाटो समातेर लामो यात्रापछि आजको यात्रामा आइपुगेको बताएका छन् ।

‘इतिहासमा कांग्रेस, एमाले र माओवादीले पनि वैकल्पिक राजनीतिकै बाटो समातेर लामो यात्रापछि आजको स्थानमा आइपुगेका हुन्’ सामाजिक सञ्जालमा उनले लेखेका छन्,‘ तिनका सिद्धान्तसँग विमति राख्न सकिएला, तर तिनले आफ्नो वैकल्पिक बाटोलाई स्थापित गरेरै छाडेको सत्यलाई नकार्न सकिन्न। अर्थात, कता जाने थाहा छ भने आफ्नो दिन अवश्य आउँछ।’

प्रकाशित मिति : १६ मंसिर २०७६, सोमबार  ९ : ३१ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका