पश्चिम सेती सुदूरपश्चिमवासीलेनै बनाउनुपर्छः सभापति देउवा | Khabarhub Khabarhub

पश्चिम सेती सुदूरपश्चिमवासीलेनै बनाउनुपर्छः सभापति देउवा


१७ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले पश्चिम सेती जलविद्युत् परियोजना सुदूरपश्चिमवासीलेनै बनाउनुपर्ने बताएका छन् ।

प्रदेशस्तरीय व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्वसको महेन्द्रनगरमा उद्घाटन गर्दै उनले विकासका लागि सुदूरपश्चिम ठूलो सम्भावना बोकेको प्रदेश भएकाले गौरवको योजनालाई यहीँका जनताले बनाउनुपर्ने बताएका हुन् ।

उनले परियोजनाको शेयर सुदूरपश्चिवासीलाई दिनुपर्ने र त्यसको नाफा पनि यहाँका जनतालेनै पाउनुपर्ने तर्क गर्दै भने “जलविद्युत्का दृष्टिकोणले यो प्रदेश सबैभन्दा धनी प्रदेश बन्न सक्छ, कर्णाली यहीँ छ, सेती र महाकाली यहीँ छन्, प्राकृतिक साधनको उचित प्रयोग गर्नु आवश्यक छ ।”
वाणिज्य सङ्घले पूर्वप्रधानमन्त्री देउवालाई सोही अवसरमा १२ किलोको मालाले अभिनन्दनसमेत गरेको थियो । यही फागुन २६ गतेसम्म सञ्चालन हुने महोत्सवमा १७० कक्ष छन् ।

प्रकाशित मिति : १७ फाल्गुन २०७५, शुक्रबार  ९ : ३० बजे

राष्ट्रपति पौडेलद्वारा सेतो मच्छिन्द्रनाथको दर्शन

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आज सेतो मच्छिन्द्रनाथको दर्शन गर्नुभई

वनलाई हात्तीमैत्री बनाउनुपर्छ : राजेन्द्र लिङ्देन

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले वन क्षेत्रलाई

स्थानीयस्तरबाट खेलाडी तयार गर्न राज्यले विशेष ध्यान दिनु आवश्यक छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले खेलकुदका माध्यमबाट देशलाई विश्वमाझ चिनाउन

देशैभर पुग्यो पाठ्यपुस्तक

भक्तपुर – जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले देशभर पाठ्यपुस्तक पुर्‍याएको

सुनिलको शानदार शतक, राजस्थानलाई विशाल लक्ष्य

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकाता नाइट राइडर्सले