पाकिस्तानी सेनाको नक्कली फेसबूक पेजबाट भाइरल भएको त्यो पोस्ट... | Khabarhub Khabarhub

पाकिस्तानी सेनाको नक्कली फेसबूक पेजबाट भाइरल भएको त्यो पोस्ट…


१७ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तान र भारतबीचको सम्बन्ध बिग्रिरहेका बेला अहिले फेसबूकको एउटा पोस्ट निकै भाइरल भइरहेको छ ।

पाकिस्तान आम्र्ड फोर्स नामक फेसबूक पेजको पोस्ट भाइरल भइरहेको हो । पोस्टमा हालै पाकिस्तानमा पक्राउ परेका भारतीय वायुसेनाका विङ्ग कमाण्डर अभिनन्दनका छोरालाई पाकिस्तानका तर्फबाट सानो बन्नी भन्ने शब्दले सम्बोधन गरिएको छ ।

निकै मायालु शैलीमा लेखिएको पोस्टमा अभिनन्दनका छोराले अब चाँडै आफ्ना बाबुलाई अङ्गालो हाल्न गइरहेकोमा बधाई दिइएको छ । पोस्टमा अभिनन्दनले आफ्ना छोराजस्तै स–साना बालकहरुलाई बम आक्रमण गर्न पाकिस्तान छिरेको भएपनि उनको छोरालाई उपहारस्वरुप अभिनन्दनलाई भारत फिर्ता गरिएको उल्लेख छ ।

पोस्टमा बन्नीसमक्ष आफ्ना बाबुलाई अङ्गालो हाल्ने क्रममा केही प्रश्न गर्न आग्रह गरिएको छ । पोस्टमा लेखिएको छ, ‘बन्नी, अङ्गालो हाल्ने बेला ‘के मस्तै कश्मीरी केटाकेटीलाई आफ्नो बाबुसँग खुशीसाथ रहने अधिकार छैन ?’ भनेर आफ्ना बाबुलाई सोध्नु । आफ्ना बाबुलाई सोध्नु, उनीहरुले तपाईँलाई क्रुद्ध भीडको जिम्मा लगाइदिएको भए के हुन्थ्यो ? उनलाई सोध्नु, युद्ध र घृणाको मूल्य के हो ? आफ्ना बाबुलाई सोध्नु्, सबैभन्दा शक्तिशाली के हो ? प्रेम वा घृणा ?

‘के सुन्दर छ ? जीवन वा मृत्यु ?’

पोस्टमा बन्नीका तर्फबाट जवाफ सुन्न आफू आतुर रहेको उल्लेख छ । यससँगै बन्नीलाई खुशीसाथ रहन भनिएको छ, अनी बन्नी आफ्ना बाबुसँग क्षेप्यास्त्र र बम नभई हातमा फूल लिएर पाकिस्तान आउने अपेक्षा गरिएको छ । पोस्टको अन्त्यमा बन्नीको हाँसो र खुशी छिन्ने जो कसैलाई पनि आफ्नो भूमि प्रयोग गर्न नदिइने बाचा गरिएको छ र आफ्ना बाबुसँग सधैँ खुशीसाथ रहन भनिएको छ ।

पोस्टमा हालसम्म ३२ हजारभन्दा धेरै रियाक्सन तथा ८ हजारभन्दा धेरै कमेन्ट आइसकेका छन् भने त्यस पोस्ट हालसम्म २४ हजारभन्दा धेरैपटक शेयर भइसकेको छ ।

पाकिस्तान आम्र्ड फोर्स नामक पेज भएपनि यो पेज पाकिस्तानी सेनाको आधिकारिक पेज भने नभएको बताइएको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७५, शुक्रबार  ६ : १७ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन