दिल्ली विमानस्थलमा शंकास्पद वस्तु फेला, यात्रुहरुको भागदौड | Khabarhub Khabarhub

दिल्ली विमानस्थलमा शंकास्पद वस्तु फेला, यात्रुहरुको भागदौड


१५ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– नयाँ दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा शंकास्पद वस्तु फेला परेको छ ।

शुक्रबार बिहान शंकास्पद बस्तु फेला परेपछि विमानस्थलको सुरक्षा व्यवस्था कडा पारिएको छ ।

शुक्रबार बिहान करिब २ बजेतिर दिल्ली विमानस्थलमा शंकास्पद वस्तु फेला परेको सूचना प्राप्त भएको दिल्ली प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार विमानस्थलमा लगेजहरु ओसार्न प्रयोग हुने ट्रलीमा एउटा वेवारिसे झोला फेला परेको थियो ।

उक्त झोलामा बम भएको हुनसक्ने भन्दै प्रहरीको बम डिस्पोजल टोली विमानस्थलमा तैनाथ भएको थियो ।

कुकुरसहितको सुरक्षाकर्मीको टोलीले जाँचका क्रममा झोलाभित्र विस्फोटक पदार्थ रहेको हुनसक्ने संकेत गरेको थियो ।

यद्यपि, प्रहरीले भने अहिलेसम्म उक्त झोलाभित्र विस्फोट पदार्थ नै रहेको भनेर पुष्टि गरिसकेको छैन ।

सुरक्षाकर्मीले झोला भेटिएको स्थानलाई घेरा हालेर राखेका छन् ।

विमानस्थलमा शंकास्पद वस्तु फेला परेको खबरपछि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय हवाई यात्रुहरुमाझ सन्त्रास उत्पन्न भएको छ ।

विमानस्थलमा बम रहेको भन्ने खबर चलेपछि शुक्रबार बिहान यात्रुहरुको भागदौड नै मच्चिएको जनाइएको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०७६, शुक्रबार  १ : ०७ बजे

कांग्रेस सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा गर्न सर्वोच्चको आदेश

काठमाडौं – सर्वोच्च अदालतले कांग्रेसका सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा

‘गृहमन्त्रीको हकमा प्रधानमन्त्रीलाई न्यायाधीश हुने अधिकार छैन’

माओवादी नेतृत्वको सरकारमा खम्बा भएर उभिएको नेपाली कांग्रेस अनपेक्षित घटनाक्रमले

यस्ता छन् मन्त्रिपरिषदका ८ निर्णय

काठमाडौं – मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८१/०८२ का लागि प्रदेशका

सुदूरपश्चिम सरकारबाट बाहिरिन नाउपाको संसदीय दललाई निर्देशन

काठमाडौं – नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन

प्रदेश र स्थानीय तहमा कर्मचारी अभाव हटाउने प्रधानमन्त्रीको आश्वासन

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले प्रदेश र स्थानीय तहमा कर्मचारी