सोमाली होटेलमा भएको आक्रमणमा २९ जनाको मृत्यु | Khabarhub Khabarhub

सोमाली होटेलमा भएको आक्रमणमा २९ जनाको मृत्यु


१७ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोगादिशु– सोमालियाको राजधानी मोगादिशुमा रहेको होटेलमा हतियारधारी लडाकुले आक्रमण गर्दा मृत्यु हुनेको सङ्ख्या २९ पुगेको छ ।

मोगादिशुमा रहेको मका अल मुकारम होटेलमा हतियारधारी लडाकुले आक्रमण गरेको सोमाली अधिकारीले जनाएका छन् ।

शुरुमा आक्रमणकारीले होटेलको प्रवेशद्वारमा दुईवटा बम विष्फोट गराएको र पछि उनीहरु भागेर नजिकका भवनमा गई मानिसहरुमाथि जथाभावी गोली चलाउन थालेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

आक्रमणमा २९ जनाको ज्यान जानुका साथै अन्य ८० जनाभन्दा धेरै घाइते भएको बताइएको छ ।

आक्रमणमा मारिनेमा अधिकांश सर्वसाधारण रहेको प्रहरीले जनाएको छ ।

आक्रमणमा सोमालियामा सक्रिय इस्लामिक लडाकु समूह अल शबाबको संलग्नता रहेको बताइएको छ ।

अल शबाबले राजधानी मोगादिशुसहित सोमालियाका विभिन्न क्षेत्रमा बेलाबेला यस्ता आक्रमण गर्दै आएको छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७५, शुक्रबार  ४ : १२ बजे

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख ८ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार तदनुसार

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय