रवीन्द्रकी पत्नी विद्याको पीडा– जीवनसाथीलाई अन्तिम श्रद्धाञ्जली | Khabarhub Khabarhub

रवीन्द्रकी पत्नी विद्याको पीडा– जीवनसाथीलाई अन्तिम श्रद्धाञ्जली


१७ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हेलिकोप्टर दुर्घटनामा परि निधन भएका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीलाई पत्नी विद्या भट्टराई अन्तिम श्रद्धाञ्जली अर्पण गरेकी छिन् । दिवंगत मन्त्री अधिकारीलाई श्रद्धाञ्जलि दिन शुक्रबार पोखरा प्रदर्शनी केन्द्रमा राखिएको थियो ।

अन्तिम श्रद्धान्जलीका लागि दिवंगत मन्त्री अधिकारीकी आमा, बुवासहित धर्मपत्नी विद्या भट्टराई पुगेका थिए । पतिको शवमा फूलमाला अर्पण गर्दा अधिकारी पत्नी विद्या भावविह्वल बनेकी थिइन् ।

बुधबार ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा मन्त्री अधिकारीसहित अन्य सात जनाको निधन भएको थियो ।

शुक्रवार(आज) विहान काठमाडौंको टुँडिखेलमा श्रद्धान्जली अर्पण गरिएपछि मन्त्री अधिकारीको पार्थिव शरीरलाई पोखरा लगिएको थियो ।

पोखराको प्रदर्शनी केन्द्रमा अन्तिम श्रद्धान्जलीका लागि मन्त्री अधिकारीको शव राखिएको छ ।

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले दिवंगत मन्त्री अधिकारीलाई राष्ट्रिय झण्डा ओढाएका थिए भने नेकपाका नेता वामदेव गौतम र नारायणकाजी श्रेष्ठले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धान्जली व्यक्त गरेका थिए ।

शवयात्रा पछि मन्त्री अधिकारीको आजै राजकीय सम्मानसहित अन्त्येष्टि गरिने छ ।

प्रकाशित मिति : १७ फाल्गुन २०७५, शुक्रबार  ३ : २५ बजे

उपनिर्वाचनको प्रचारप्रसार आजदेखि बन्द

काठमाडौं– यही वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आजदेखि प्रचारप्रसार

उद्योग समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम

यी प्रदेशमा हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानु महाशाखाले हाल

विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढ्दै

काठमाडौं – विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढिरहेका पाइएको छ। सन्

गुजरातविरुद्ध दिल्लीले निकाल्यो चार रनको रोचक जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा