दुवई टेनिस च्याम्पियनसिपको सेमिफाइनलमा पुगे फेडेरर | Khabarhub Khabarhub

दुवई टेनिस च्याम्पियनसिपको सेमिफाइनलमा पुगे फेडेरर


१७ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– विश्व चर्चीत टेनिस खेलाडी रोजर फेडेररले दुवई टेनिस च्याम्पियनसिपको सेमिफाइनलमा स्थान बनाएका छन् । बिहीबार राति भएको क्वाटरफाइनल खेलमा फेडेररले मार्टन फुक्सोभिक्सलाई पराजित गर्दै जित नजिक पुगेको बीबीसीले उल्लेख गरेको छ ।

स्वीडिस खेलाडी फेडेररले हङ्गेरियन खेलाडी फुक्सोभिक्सलाई ७—६, (८—६), ६—४ को सेटमा पराजित गरेका हुन् । अहिले फेडेरर विश्व टेनिस खेलाडीको बरियतामा शीर्ष ७ औं स्थानमा छन् भने फुक्सोभिन्स ३५ औं स्थानमा छन् ।

सेमिफाइनलमा उनले क्रोएसियाका बोर्न कोरिकसँग प्रतिस्पर्धा गर्नेछन् । सेमिफाइनलमा कोरिकलाई पराजित गर्दै फाइनलमा स्थान बनाएर उपाधि उचाल्न सके उनी दुवई टेनिसमा आठौं जित हात पार्नेछन् । त्यस्तै, फेडेरर एसोसिएसन अफ टेनिस प्रोभेस्नल्स (एटीपी) मा व्यक्तिगत १ सय उपाधि उचाल्ने दोस्रो खेलाडी बन्नेछन् ।

यसअघि एटीपीमा व्यक्तिगत सय उपाधि जित्नेमा अमेरिकाकी जिम्मी कोन्नोर्सको नाम मात्रै छ । उनले अहिलेसम्म व्यक्तिगत तर्फ १ सय ९ उपाधि उचालेका छन् ।

प्रकाशित मिति : १७ फाल्गुन २०७५, शुक्रबार  १२ : ४६ बजे

शुक्रबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार सन्

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार तदनुसार

आज २०८० साल चैत १६ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८० साल चैत १६ गते शुक्रबार तदनुसार

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म