पीएसएल : सर्वाधिक विकेट लिनेको सूचिमा सन्दीप तेस्रो | Khabarhub Khabarhub

पीएसएल : सर्वाधिक विकेट लिनेको सूचिमा सन्दीप तेस्रो


१७ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तान सुपर लिग (पीएसएल) मा लाहोर कलान्दरबाट खेलिरहेका नेपाली लेगस्पिनर सन्दीप लामिछानेले आफ्नो प्रभाव कायम राखेका छन् । बिहीबार राति कराची किङ्सविरुद्धको खेलमा पनि उनले आफ्नो बलिङ कसिलो पार्दै सर्वाधिक विकेट लिनेमध्ये तेस्रो स्थानमा दर्ज भएका छन् । उनले लाहोरबाट खेलेका ४ खेलमा १० विकेट लिएका छन् ।

लाहोरको पहिलो रोजाईमा पर्दै आएका सन्दीपले कराचीविरुद्ध पनि धारीलो बलिङ गरे । ४ ओभर बलिङ गरेका सन्दीपले १७ रन खर्चेर २ विकेट लिए। उनले कराचीका बाबर आजम र कोलिन मुन्रोको विकेट लिए । ११ रनमा खेलिरहेका बाबर आजमलाई बोल्ड आउट गरेका सन्दीपले मुन्रोलाई ह्यारिस राउफमार्फत क्याच गराएका थिए ।

कराचीविरुद्ध सन्दीपले उत्कृष्ट बलिङ गरेपनि उनको टोली लोहोर कलान्दर ५ विकेटले पराजित भएको छ । पीएसएलमा ४ खेल खेलेका सन्दीपले यसअघिको तेस्रो खेलमा उनको करियरकै उत्कृष्ट बलिङ गरेका थिए । क्वेटा ग्लाडियटर्सविरुद्ध ४ ओभर बलिङ गरेर १० रन दिएर ४ विकेट लिएका थिए ।

लाहोरका लागि सन्दीपको पहिलो खेलमा सन्दीप महंगा सावित भएका थिए । त्यसपछिका दुई खेलमा सन्दीपले लगातार कसिलो बलिङ गर्दै विपक्षी ब्याट्सम्यानमाथि हावी भइरहेका छन् ।

जुन खेलमा उनी ‘म्यान अफ दि म्याच’ समेत घोषित भए । सन्दीपले जारी खेलमा १६ ओभर बलिङ गर्दै ९३ रन खर्चेर १० विकेट लिँदै सर्वाधिक विकेट लिनेको सूचिमा शीर्ष तेस्रो स्थानमा छन् । सर्वाधिक विकेट लिनेमा लिगका ६ खेलमा १६ विकेट लिएका पेसावर जल्मीका खेलाडी हसन अलि अग्रभागमा छन् । लिगका ७ खेलमा ११ विकेट लिएका लाहोरका अर्का खेलाडी हसज राउफ दोस्रो स्थानमा छन् ।

प्रकाशित मिति : १७ फाल्गुन २०७५, शुक्रबार  १२ : ३८ बजे

ज्येष्ठ नागरिकलाई निःशुल्क दाँत उपहार 

भोजपुर– भोजपुरको अरुण गाउँपालिकाले ज्येष्ठ नागरिकको दाँत फेरिदिएको छ।  वृद्धावस्थामा

जलवायु परिवर्तनको असर सबैभन्दा बढी जलस्रोतमा : मन्त्री बस्नेत

काठमाडौं– ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले जलवायु परिवर्तनको असर

सुनको मूल्यले बनायो नयाँ रेकर्ड, कति पुग्यो आज?

काठमाडौं– नेपाली बजारमा सुनको भाउले शुक्रबार नयाँ रेकर्ड कायम गरेको

दुर्गा प्रसाईँको हतियारबारे छानबिन गर्न समिति गठन

काठमाडौं– सरकारले मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई हातहतियार राख्ने इजाजत दिएको

सभामुख घिमिरे स्वदेश फर्किए

काठमाडौं– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे स्वदेश फर्किएका छन् । अन्तर-व्यवस्थापिका