इस्लामिक स्टेट शत प्रतिशत पराजित : ट्रम्प | Khabarhub Khabarhub

इस्लामिक स्टेट शत प्रतिशत पराजित : ट्रम्प


१७ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी–अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियाली कुर्द लडाकु नेतृत्वको फौजले सिरियामा आतंकवादी संगठन इस्लामिक स्टेट नियन्त्रित सम्पूर्ण भूभाग फिर्ता गरेको घोषणा गरेका छन् ।

उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनसँग भियतनामको राजधानी हनोईमा भएको शिखर वार्तापछि अमेरिका फर्कने क्रममा अलास्कामा रहेको जोइन्ट बेस एलमेण्ड्रोफ–रिचर्डसनमा राष्ट्रपति ट्रम्पले सिरियामा इस्लामिक स्टेट नियन्त्रित शत प्रतिशत भूभाग फिर्ता गरिएको जनाएका हुन् ।

उनले सिरियामा कुर्दिस लडाकु नेतृतवको सिरियन डेमोक्र्याटिक फोर्स एसडीएफले इस्लामिक स्टेट नियन्त्रित ९० वा ९२ प्रतिशत मात्र नभई शत प्रतिशत भूभाग फिर्ता गरिसकेको जनाएका हुन् ।

यता इस्लामिक स्टेटविरुद्ध लडिरहेका सिरियन डेमोक्र्याटिक फेर्सका एकजना काण्डरले भने इस्लामिक स्टेट नियन्त्रित सम्पूर्ण भूभाग फिर्ता हुन अझै साता लाग्ने जनाएका थिए ।

एसडीएफका कमाण्डर मजलउन कोबानेले भिडियो सन्देश जारी गर्दै पूर्वी सिरियाको डिएर एजजोर प्रान्तस्थित बघुज शहरको सानो क्षेत्रमा सिमित इस्लामिक स्टेट पराजयको सङ्घारमा पुगेपनि पूर्ण रुपमा पराजित हुन साता लाग्ने जनाएका थिए ।

ट्रम्प इस्लामिक स्टेट पराजित भएको घोषणा गर्दै सिरियाबाट चाँडै अमेरिकी फौज फिर्ता गर्न आतुर रहेको बताइन्छ ।

उनले गत डिसेम्बरमा सिरियाबाट अमेरिकी सेना फिर्ता गरिने घोषणा गरेका थिए ।

इस्लामिक स्टेटविरुद्ध लडिरहेका कुर्दिस लडाकु नेतृत्वको फौजलाई सहयोग गर्न सिरियामा करिब २ हजारको सङ्ख्यामा अमेरिकी सैनिक तैनाथ रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

तस्बीर एपी

प्रकाशित मिति : १७ फाल्गुन २०७५, शुक्रबार  १२ : ३३ बजे

युक्रेन र रुसबीचको हवाइ आक्रमणमा सर्वसाधारणको मृत्यु

किएभ– युक्रेनले शनिबार बिहानै रूसतर्फ ड्रोन आक्रमण गरेको र आक्रमणका

भोजपुर गोल्डकपको तयारी पूरा

भोजपुर– भोजपुरमा आइतबारबाट सञ्चालन हुने सातौँ अन्तर्राष्ट्रिय आमन्त्रित मेयर भोजपुर

आगोको झिल्का सल्केर घरमा आगलागी

बैसाखे– पर्साको जिल्लाको छिपहरमाई गाउँपालिकामा –१ भलुवहिया टोलमा आज दिउँसो

झुलाघाट नाका पुनः सञ्चालनमा

बैतडी– भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका पुनः सञ्चालनमा आएको

नयाँ वित्तीय साधनका लागि विश्व बैंकलाई ११ अर्ब अमेरिकी डलर कोष प्राप्त

वासिङ्टन– विश्व बैंकले ऋण क्षमता अभिवृद्धि तथा साझा विश्वव्यापी चुनौतीहरूको