अमेरिका-तालिबान वार्ता सकारात्मक दिशामा | Khabarhub Khabarhub

अमेरिका-तालिबान वार्ता सकारात्मक दिशामा


१७ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अफगानिस्तानका लागि अमेरिकी विशेष प्रतिनिधि जल्मए खालिदजाद तथा अफगानिस्तानमा सक्रिय इस्लामिक लडाकु समूह तालिबानको राजनीतिक समूहका प्रतिनिधिबीच अफगानिस्तानमा शान्ति स्थापनाका लागि भएको वार्ता सकरात्मक दिशामा अघि बढेको तालिबानले जनाएको छ ।

तालिबानका प्रवक्ता जबिहउल्लाह मुजाहिदले विज्ञप्ति जारी गर्दै कतारको राजधानी दोहामा अमेरिकी प्रतिनिधिसँगको शान्ति वार्ता सकारात्मक दिशामा अघि बढिरहेको जनाएका हुन् । उनले दुई पक्षबीच शनिबारबाट पुनः वार्ता शुरु हुने बताइएको छ ।

यता अफगानिस्तानका लागि अमेरिकी विशेष प्रतिनिधिले पनि तालिबानसँगको वार्ता सकारात्मक दिशामा अघि बढिरहेको प्रतिक्रिया दिएका छन् ।

‘तालिबानसँगको वार्तापछि अमेरिकाले समझदारी तथा शान्तिका लागि सुस्त कदम निरन्तर चालिरहनेछ ।’ खालिदजादले भने ।
तालिबान र अमेरिकाबीच गत जनवरीमा पनि शान्ति वार्ता भएको थियो ।

यसअघि राष्ट्रका नाममा सम्बोधनका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता बोलाउने सङ्केत दिएका थिए ।

सन् २००१ सेप्टेम्बर ११ मा अमेरिकामा अल कायदाले गरेको आतंकवादी आक्रमणपछि अमेरिकाले अफगानिस्तानमा तत्कालिन समयमा सत्तामा रहेको तालिबानलाई गिराउन आक्रमण गरेको थियो । त्यसयता अफगानिस्तानमा अमेरिकी सेना तैनाथ छन् ।

पछिल्ला केही वर्षमा अफगानिस्तानमा भएको हिंसामा सर्वसाधारणको ठूलो सङ्ख्यामा ज्यान जाने गरेको प्रतिवेदनहरु सार्वजनिक हुने गरेका छन् ।

अघिल्लो वर्ष मात्रै अफगानिस्तानमा जारी हिंसामा परी कम्तीमा ४ हजार सर्वसाधारणको ज्यान गएको संयुक्त राष्ट्रसंघले सार्वजनिक गरेको प्रतिवेदनमा जनाइएको थियो ।

प्रकाशित मिति : १७ फाल्गुन २०७५, शुक्रबार  ४ : ३१ बजे

आज २०८१ साल वैशाख ७ गते शुक्रबारको राशिफल

काठमाडौँ – आज २०८१ साल वैशाख ७ गते शुक्रबार तदनुसार

बाटोमा भेटाएको १७ लाख प्रहरीलाई बुझाउँदा…

कास्की – पोखरा महानगरपालिका–८ पृथ्वीचोकमा रहेको माता श्री ज्वेलर्समा कालीगढको

तस्कर समात्न बारामा प्रहरीले चलायो गोली

बारा – प्रहरीले बाराबाट २३० किलो लागूऔषध गाँजासहित एक जनालाई

भागबन्डा नमिल्दा कर्णाली प्रदेश सरकार विस्तारमा ढिलाइ

कर्णाली । कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री नियुक्त भएको नौ दिन

म्याग्दीका तीन विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना

म्याग्दी । म्याग्दीका तीन सामुदायिक विद्यालयमा आधुनिक कम्प्युटर प्रयोगशाला स्थापना