राष्ट्रिय एकताका लागि कलम चलाउनुपर्छ : श्रेष्ठ | Khabarhub Khabarhub

राष्ट्रिय एकताका लागि कलम चलाउनुपर्छ : श्रेष्ठ


१४ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौंडा- नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपाली पत्रकारिता क्षेत्रले राष्ट्रिय एकताका लागि कलम चलाउनु पर्ने बताएका छन् ।

हेटौँडामा स्थानीय पत्रकारहरुसँगको भेटघाटका अवसरमा नेता श्रेष्ठले बहुजाति, बहुभाषी नेपाली समाजलाई समृद्ध बनाउन सञ्चार जगतको योगदान रहनुपर्ने बताए ।

प्रवक्ता श्रेष्ठले सरकारको कमीकमजोरीहरु देखाउने, खबरदारी गर्ने तथा कतिपय अवस्थामा उजागरसमेत गर्ने काम पत्रकारहरुको भएको उल्लेख गरे ।

नेताहरुको महत्वविहीन भनाइलाई भन्दा पनि जनताका वास्तविक मुद्दाहरुलाई समाचार बनाउन उनले अनुरोध गरेका छन् ।

पत्रपत्रिकाले राजनीतिक विषयवस्तुलाई मात्र समाचारको रुपमा प्रस्तुत नगरेर नेपालको कृषि, उद्योग, पर्यटन, खेल, कलाजस्ता विषयवस्तुलाई समाचार बनाएर प्रकाशन तथा प्रसारण गर्नुपर्ने उनको भनाई छ ।

प्रवक्ता श्रेष्ठले विज्ञान र प्रविधिको विकासलाई सदुपयोग गरी सञ्चार क्षेत्रले आम नागरिकलाई सुसूचित गर्नुपर्ने बताए ।

प्रकाशित मिति : १४ आश्विन २०७६, मंगलबार  १० : १० बजे

‘मनसरा’ नौलो अभ्यास : फिल्म प्रचार गर्न कविता कन्सर्ट

काठमाडौं– ‘मनसरा’ टिमले कविता कन्सर्टमार्फत चलचित्रको प्रचार गर्दै आएको छ

ललितपुरमा एन्फा अन्तरकलेज फुटसल हुने

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा हुने बैशाख

तातो हावाले नेपालगञ्जको जनजीवन प्रभावित

खजुरा– चर्को गर्मी र तातो हावा ‘लु’ का कारण बाँके

जलवायु परिवर्तनले फैलिँदै मलेरिया

लागोस– गत वर्ष अमेरिकामा स्थानीयरूपमा प्रसारित मलेरिया थोरै सङ्ख्यामा पाइएपपछि

टोकियोका दर्शकले पलसँगै बसेर ‘पुजार सार्की’ हर्ने पाउने !

काठमाडौं– चलचित्र ‘पुजार सार्की’ जापानभर प्रदर्शनमा आउने भएको छ ।