महरामाथि लागेको आरोपबारे आईजीकै ‘लिडिङ’मा अनुसन्धान | Khabarhub Khabarhub

महरामाथि लागेको आरोपबारे आईजीकै ‘लिडिङ’मा अनुसन्धान


१४ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाको सभामुख (राजीनामा दिएका) कृष्णबहादुर महरामाथि लागेको बलात्कार आरोपबारे प्रहरी महानिरीक्षक (आईजीपी)कै ‘लिडिङ’मा अनुसन्धान शुरु भएको छ ।

प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, महानगरीय प्रहरी आयुक्त प्रहरी नायव महानिरीक्षक (डिआईजी) शैलेश थापा क्षेत्री र महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तम सुवेदी प्रत्यक्ष जोडिएर अनुसन्धान टिमलाई सघाइरहेका जनाइएको छ ।

‘विशिष्ट व्यक्तिमाथि नै आरोप लागेको घटना भएकाले आईजी (महानिरीक्षक) आफैंले अनुसन्धानको लिडिङ गरिरहनुभएको छ,’ प्रहरी प्रधान कार्यालय स्रोतले खबरहबसँग भन्यो, ‘भ्याली डिआईजी र काठमाडौं एसएसपीसहितको कोर टीम बनेको छ । उहाँहरुले अनुसन्धानमा खटिने टिमलाई आवश्यक समन्वय गरिरहनुभएको छ ।’

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार महरामाथि लागेको यौन दुराचारको आरोपबारे अनुसन्धान शुरु भइसकेको छ । यसमा महानगरीय प्रहरी बृत्त नयाँबानेश्वरका अधिकृतको नेतृत्वमा अनुसन्धान टोली घटनास्थलमा परिचालन भएको थियो ।

अनुसन्धान टोलीले घटनास्थलबाट रक्सीका बोत्तल, रक्सी पिउन प्रयोग भएका गिलास, चस्माको सिसालगायतका सबूत प्रमाण संकलन गरेको जनाइएको छ ।

निर्धक्क अनुसन्धान गर्न भनेका छौं– गृहसचिव राई

महरामाथि लागेको आरोपबारे अनुसन्धान गर्न गृह मन्त्रालयले पनि प्रहरी अधिकारीलाई आवश्यक सहयोग गर्ने जनाएको छ ।

गृह सचिव प्रेम कुमार राईले गृह मन्त्रालयले पनि घटनालाई नजिकबाट नियालीरहेको बताए । ‘हामीले यो घटनालाई गम्भीरताका साथ नजिकबाट हेरिरहेका छौं,’ खबरहबसँग कुरा गर्दै राईले भने, ‘हामीले सबै संयन्त्रलाई निर्धक्क भएर काम गर्न भनेका छौं ।’

महरा पक्राउ पर्ने सम्भावना कति ?

फौजदारी अभियोग लागेको व्यक्तिमाथि पक्राउ गर्न प्रहरीले सामान्यतः आरोपितलाई हिरासतमा लिएर अनुसन्धान गर्छ । तर, महराविरुद्ध अहिलेसम्म पीडित भनिएकी महिलाले उजुरी नदिएको प्रहरी स्रोतले खबरहबलाई जानकारी दियो ।

‘फौजदारी संहिताअनुसार कुनै व्यक्तिलाई पक्राउ गर्नका लागि अदालतबाट अनुमति लिनुपर्ने हुन्छ । अदालतबाट अनुमति लिनका लागि पीडित पक्षले प्रहरीमा उजुरी दिएको हुनुप¥यो,’ महानगरीय प्रहरी परिसर काठमाडौं एक अधिकारीले भने, ‘यो प्रकरणमा अहिलेसम्म उजुरी प्राप्त भएको छैन । उजुरी परेपछि हामीले कानूनी प्रक्रिया अगाडि बढाउँछौं । अदालतले अनुमति दिएमा आरोपित (महरा)लाई हिरासतमा राखेर अनुसन्धान अगाडि बढाउँछौं ।’

संघीय संसद सचिवालयमा कार्यरत एक महिला कर्मचारीले महराले आफूमाथि सोमबार साँझ आफ्नै कोठामा आएर जबरजस्ती करणी गर्न खोजेको आरोप लगाएकी थिइन् ।

उक्त आरोपछि महराले सभामुखको पदबाट राजीनामा दिइसकेका छन् । तर, पीडित भनिएकी महिलाले भने महराविरुद्ध अहिले(समाचार तयार पार्दा)सम्म उजुरी दिएकी छैनन् ।

प्रकाशित मिति : १४ आश्विन २०७६, मंगलबार  ४ : २४ बजे

प्रधानसेनापतिद्वारा सैनिक फिल्ड अस्पताल तथा महाविद्यालयको उद्घाटन

बुटवल । प्रधान सेनापति प्रभुराम शर्माले बुटवलमा निर्माण भएको सैनिक

आजका समाचार : मन्त्रिपरिषद् बैठकदेखि लुम्बिनी र मधेशमा सरकार विस्तारसम्म

प्रधानमन्त्री प्रचण्ड र ओली छलफल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र

दमौली अस्पतालमा १२ घण्टा ओपिडी सेवा

तनहुँ– सदरमुकामस्थित दमौली अस्पतालले बिहीबारदेखि बहिरङ्ग (ओपिडी) सेवा १२ घण्टा

तीनकुनेको अनियनमा एक रुपैयाँमा रोटी 

काठमाडौं– काठमाडौंको तीनकुने स्थित हिपत फुड पोइन्ट कम्पनीद्वारा सञ्चालित अनियनमा

अरुण नदीमा पुनः सञ्चालनमा आयो

किमाथांका– सङखुवासभा र भोजपुर जोड्ने खाँदबारी नगरपालिका-९ सतिघाटस्थित अरुण नदीको