गुदपाक र पुस्टकारीले स्वास्थ्यमा असर पुग्छ, खाँदा ध्यान दिनुहोस् | Khabarhub Khabarhub

गुदपाक र पुस्टकारीले स्वास्थ्यमा असर पुग्छ, खाँदा ध्यान दिनुहोस्


१४ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दशैंमा घर जानेले घर लैजाने कोशेलीको जोहो शुरु भएको छ । कोशेली अर्थात मिठाइका रुपमा मीठो खानेकुरा लैजाने सोचका साथ धेरैको रोजाइ गुदपाक तथा पुस्टकारी बन्ने गर्दछ । गुदपाक र पुस्टकारी धेरैले रुचाएको गुलियो खानेकुरा हुन् ।

बजारमा पाइने सबै गुदपाक/पुस्टकारी स्वास्थ्यका लागि फाइदाजनक हुन्छन् भन्ने हुँदैन । ती स्वादिष्ट त हुन्छन्, यद्यपि स्वादका नाममा तिनले मानवीय स्वास्थ्यमा नकारात्मक असर पुर्‍याइरहेका हुन्छन् ।

गुदपाक र पुस्टकारी खाँदा यी कुरामा ध्यान दिनुहोला

  • कतिपय पुस्टकारीमा रसायनसमेत मिसाएर बनाइएको हुन्छ। यस्ता रसायनयुक्त पदार्थ अखाद्य हुन्। गुदपाक पनि विभिन्न रङ हालेर बनाइएको हुन्छ। कतिपय खान मिल्ने रङ पनि हुन्छ भने धेरैजसो अखाद्य।
  • गुदपाक/पुस्टकारीमा अत्यधिक मात्रामा गुलियो हुन्छ। जो स्वास्थ्यका दृष्टिकोणले राम्रो मानिँदैन। बच्चाले यस्ता गुलिया खानेकुरा धेरै रुचाउँछन्। खाएपछि राम्रोसँग कुल्ला नगरेमा त्यो दाँतमा अड्किन्छ।
  • दाँतमा किरा लाग्ने, दाँत बिग्रने, मधुमेह, डायबिटिजजस्ता रोग निम्तिने हुन्छ।
  • यी पदार्थ बालबालिकाले बढी खाएमा मोटोपना ल्याउँछ। त्यस्तै, मोटोपना भएका वयस्कलाई हृदयाघातको सम्भावना उच्च रहन्छ।
  • गुदपाक/पुस्टकारीको सेवनले रगतमा चिनीको मात्रा बढी हुन्छ। फलस्वरूप मधुमेहसमेत हुन्छ।
  • रगतमा ग्लुकोजको मात्रा तीव्र गतिमा बढ्ने भएकाले उच्च रक्तचाप हुने डर हुन्छ।
  • रंगीन बनाउन प्रयोग गरिने विभिन्न रङले कलेजोमा समस्या हुन सक्छ।

प्रकाशित मिति : १४ आश्विन २०७६, मंगलबार  १२ : ४२ बजे

लगानी सम्मेलन : हात्ती आयो फुस्सा !

काठमाडौं– सरकारले आगामी वैशाख १६ र १७ गते ‘नेपाल इन्भेष्टमेन्ट

सार्वजनिक पदमा रहेकाले सामुदायिक विद्यालयमा सन्तान पढाउनुपर्ने

गोरखा– गोरखाका स्थानीय तहमा सार्वजनिक पद धारण गरेका व्यक्तिले आफ्ना

व्यापार र रोजगारीका लागि ताक्लाकोट जानेको सङ्ख्या बढ्दै

हुम्ला– रोजगारी र व्यापारका निम्ति चीनको स्वशासित क्षेत्र पुराङ काउन्टीको

देउवा–नेपाल भेटले सत्ता समीकरणमा तरंग

काठमाडौँ– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एकीकृत समाजवादीका अध्यक्ष

धरान डेन्टल कलेजको कन्तबिजोग

धरान – दाँतको सामान्य उपचार गर्न बीपी कोइराला स्वास्थ्य विज्ञान