चन्दका तीन विद्यार्थी नेतामाथि मुद्दा | Khabarhub Khabarhub

चन्दका तीन विद्यार्थी नेतामाथि मुद्दा


१४ आश्विन २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपरासी- नेत्रविक्रम चन्द समूहको विद्यार्थी सङ्गठनका जिल्ला संयोजकसहित तीन नेतालाई अभ्रद व्यवहार मुद्दा चलाइएको छ ।

शङ्कास्पद अवस्थामा हिँडिरहेका उनीहरुलाई रोकेर जाँच गर्ने क्रममा प्रहरीमाथि नै दुर्व्यवहार गरेपछि पक्राउ गरी अभ्रद व्यवहारअन्तर्गत मुद्दा चलाइएको प्रहरीले जनाएको छ ।

गत शुक्रबार पश्चिम नवलपरासीको सुनवलबाट पक्राउ परेका शारदा भण्डारी, वीरेन्द्र विक र नैनसिंह खड्काविरुद्ध सोमबार मुद्दा दायर गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए।

कपिलवस्तु शिवराज नगरपालिका–१ निवासी २२ वर्षीया भण्डारी नवलपरासीका जिल्ला संयोजक हुन् । कैलाली लम्कीचुहा नगरपालिका–१ घर भएका २७ वर्षीय विक रुपन्देहीका जिल्ला सदस्य हुन् ।

यसैगरी रुकुमपश्चिम सानोभेरी गाउँपालिका–९ घर भएका २३ वर्षीय खड्का अखिल क्रान्तिकारी चितवनका पूर्वजिल्ला सदस्य हुन् ।

शुक्रबार सुनवल–४ तुरिया पुलमा शङ्कास्पद अवस्थामा हिँडिरहेका उनीहरुलाई इलाका प्रहरी कार्यालय सुनवलबाट खटिएको टोलीले जाँच गर्न खोज्दा प्रहरीलाई अपशब्द प्रयोग गरी कामकाजमै बाधा पुर्‍याएपछि तीनै जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १४ आश्विन २०७६, मंगलबार  ७ : १२ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६