तीनै तहका सरकारबीच सहकार्य आवश्यक रहेको मन्त्री राईको जोड | Khabarhub Khabarhub

तीनै तहका सरकारबीच सहकार्य आवश्यक रहेको मन्त्री राईको जोड


१५ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

राँझा– शहरी विकासमन्त्री मोहम्मद इश्तियाक राईले मुलुकको समृद्धिका लागि तीनै तहका सरकारबीच सहकार्य आवश्यक रहेको बताएका छन् ।

बाँकेको कोहलपुरस्थित ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्रको १८औँ वार्षिक साधारणसभा तथा १२औँ राष्ट्रिय पुस्तकालय दिवसका अवसरमा आइतबार आयोजित कार्यक्रममा उनले भने, “मुलुकको विकास र समृद्धिका लागि स्थानीय सरकार, प्रदेश सरकार र सङ्घीय सरकारबीच सहकार्य हुनु आवश्यक छ, तीनवटै तहका सरकारबीचको समन्वय र सहकार्यले मात्रै नेपाली जनताले चाहेको विकास र समृद्धि सम्भव हुनेछ ।”

बाँकेको विकासका लागि सबैको साथ र सहयोग आवश्यक रहेको बताउँदै उनले कोहलपुरदेखि जमुनाहसम्मको क्षेत्रलाई व्यापारिक केन्द्रका रुपमा विकास गर्न दीर्घकालीन योजना बनाइएको जानकारी गराए । कोहलपुर विकासोन्मुख शहर भएकाले ठूला–ठूला र व्यवस्थित भौतिक पूर्वाधार निर्माण गर्न पहल गर्ने प्रतिबद्धता जनाउँदै मन्त्री राईले अब भाषणभन्दा पनि काम गरेर देखाउने व्यक्तिलाई मात्र जनताले पत्याउने बताए ।

पुस्तकालयको विकासका लागि आवश्यक सहयोग गर्ने आश्वासन दिँदै पुस्तकालयले समाज परिवर्तनमा महत्वपूर्ण योगदान रहेको उनले बताए । कोहलपुर नगरपालिकाका नगरप्रमुख लुटबहादुर रावतले पठन संस्कृतिको विकास हुनु आवश्यक रहेको बताउँदै स्थानीय सरकारले कोहलपुरको शैक्षिक विकासका लागि विशेष पहल गर्ने बताए ।

नेपाल सामुदायिक पुस्तकालय सङ्घका केन्द्रीय उपाध्यक्ष जयश्वर पौडेल सुमनले सामुदायिक पुस्तकालय सङ्घले ज्ञानोदय पुस्तकालयलाई पश्चिम क्षेत्रकै व्यवस्थित पुस्तकालयका रुपमा लिएकाले यसको विकास र समृद्धिका लागि स्थानीय सरकारले विशेष जोड दिनुपर्ने बताए ।

प्रकाशित मिति : १५ भाद्र २०७६, आइतबार  ८ : १६ बजे

लागूऔषध ब्राउन सुगरसहित एक पक्राउ

भद्रपुर– प्रहरीले लागूऔषध ब्राउन सुगरसहित २० वर्षीय विनोद तामाङलाई पक्राउ

आयोजनाको ठेक्का अवधि सकियो, प्रगति निराशाजनक

गण्डकी– पर्यटकीय राजधानी पोखरामा विद्युत् वितरण प्रणालीलाई भूमिगत गर्ने आयोजनाको

बझाङमा एमाले उम्मेदवार भण्डारीलाई पितृशाेक

बझाङ प्रदेश सभा क्षेत्र नं. १ काे उपनिर्वाचनमा नेकपा (एमाले)का

मलेसियाली नौसेनाका दुई हेलिकप्टर आपसमा ठोक्किँदा १० जनाको मृत्यु

काठमाडौं- सैनिक अभ्यासका क्रममा मलेसियाली नौसेनाका दुईवटा हेलिकप्टर आपसमा ठोक्किँदा

कतारी अमिरको नेपाल भ्रमण, सुरक्षा व्यवस्था कडा

काठमाडौं– कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपाल