तीजका लागि श्रृंगारका सामाग्रीको माग वर्षेनी बढ्दो, ५ करोडको चुरा र टिको आयत | Khabarhub Khabarhub

तीजका लागि श्रृंगारका सामाग्रीको माग वर्षेनी बढ्दो, ५ करोडको चुरा र टिको आयत



काठमाडौं– साँघुरो फुटपाथ, व्यस्त असान चोक । त्यसमाथि तीजका लागि सपिङ गर्नेको भीड उस्तै । भीडमा अधिंकाश महिलाहरु देखिन्थेँ । उनीहरु तीजको सपिङका लागि शनिवार टाढाटाढाबाट इन्द्रचोक र असनसम्म आइपुगेका थिए ।

कतै भ्याइनभ्याइ थियो त कतै सुनसान । तर शनिवार न्युरोड, खिचापोखरी, इन्द्रचोक, विशालबजार त्यस्तै चावहिल लगायतका अधिंकाश कस्मेटिक पसलहरु निकै व्यस्त देखिन्थें ।

महिला दिदीबहिनीहरु सपिङमा व्यस्त थिए भने व्यापारीहरु सामान देखाउन र बेच्न । व्यापारीलाई ग्राहकसँग बोल्नसमेत फुर्सद थिएन । खिचापाखरीस्थित एक कस्मेटिक पसल जहाँ महिलाहरु श्रृगारका सामान किन्न लाइनमा देखिन्थे ।

लाइनमा बस्ने एक युवती सपिङका लागि भक्तपुरदेखि न्यूरोड आइपुगेको बताउँदै थिइन् । ‘तीजको सपिङ गर्न भक्तपुरदेखि आएको म पनि’ उनले मुसुक्क हाँस्दै भनिन् ‘आज शनिवार नि प¥यो पर्सिका लागि केही सामान किन्नु थियो त्यसैले ।’

शनिवारको मौका छोपेर आउने उनी मात्र थिइनन् । काठमाडौंमा रहेको न्यूरोडमा सबै प्रकारका सामान पाइने हुँदा महिलाहरुको रोजाइमा परेको बताउँछिन् स्वयम्भूकी शशी श्रेष्ठ ।

उनी पनि सपिङकै लागि खिचापोखरी आइपुगेकी थिइन् । ‘न्यूरोडमा साडी किनेँ, इन्द्रचोकमा पोते बनाउन दिएको छु’ उनले भनिन् ‘यहाँ चुरा हेर्दै छु’ ।

शशी हरेक वर्ष तीजमा व्रत बस्ने गर्छिन् । ‘तीज भनेको हामी महिलाको लागि एकदमै महत्वपूर्ण पर्व हो’ उनले भनिन् ‘साथीसंगी भेट्ने नाच्ने र रमाइलो गर्ने चलनका रुपमा पनि लिन्छु’ ।

त्यसो त तीजका लागि दर खाने भन्दै विगतका वर्षहरु एक डेढ महिनाअघि देखि नै विभिन्न व्याङकेट तथा पार्टी प्यालेसहरुमा भीड हुने गर्थे । तीजका एक सय एक भाकाहरु असारबाटै बजारमा उपलब्ध हुन्थे ।

तर, यो वर्ष विगतमा जस्तो चहलपहल भने देखिँदैन । त्यसो त तिजमा तडकभडक गर्ने र पार्टी प्लासेसमा गएर पार्टी खाने भन्ने कुरा कतिपय स्थानीय तहले बन्देज नै गरे । जसका कारण चहलपहल शून्य भएको महशुस भने धेरैले गरेका छन् ।

तर, महिला दिदीबहिनीहरुले तीजलाई भव्य बनाउनका लागि घरमै दर खाने र समूहमा नाचेरै भएपनि रमाइलो भने गरिरहेका छन् ।

श्रृगारमा महिलाको मोह

तीजका दिन विशेषगरी महिलाहरुले रातो साडी वा पहिरानमा सजिने गर्छन् । हातभरी चुरा, गलामा पोतेका झुप्पा, साथमा कम्मरमा छड्के तिलहरी, कपालमा रातै धागो र विभिन्न गरगहनामा सजिने गर्छन् उनीहरु । तीजमा लगाउने पहिरनले महिलालाई आकर्षक मात्र देखिदैँन यसले नेपाली साँस्कृति समेत झल्काउने गर्छ ।

महिलाहरुले तीजकै लागि पनि विभिन्न श्रृगारका सामग्री किन्ने गर्छन् । आफुलाइ राम्री बनाउन र आकर्षक देखाउनका लागि उनीहरु कष्मेटिक देखि ज्वेयलर्सको सामान समेत प्रयोग गर्छन् ।

तीजमा मात्र नभइ जुनसुकै समयपनि प्रयोग गर्न मिल्ने श्रृगारका विभिन्न सामग्री पछिल्ला समय सबैले प्रयोग गर्न थालेका छन् त्यो सँगै आयत पनि बढेको देख्न सकिन्छ ।

बढ्दै चुराको आयत 

महिलाहरुले लगाउने चुरालाई श्रृगारको सामानका रुपमा लिइन्छ । नेपाली बजारमा विशेषगरी चाडपर्वमा समयमा उलेख्य मात्रामा चुराको आयत हुने गरेको भन्सार विभागले जनाएको छ ।

महिलाहरुले प्रयोग गर्ने अधिकांश श्रृगारका सामान वाह्य मुलकबाटै मगाउनुपर्ने अवस्था छ । नेपालका कुनै पनि सामग्री उत्पादन हुँदैन । जसकारण वर्षेनि करोडौं रुपैयाँका चुरा भारत तथा चीनबाट मगाइने गरिन्छ ।

नेपालमा प्रयोग हुने कस्मेटिकका सामानहरु भारतबाट ९५ प्रतिशत र बाँकी ५ प्रतिशत सामान चीन र जर्मनबाट आयत हुने विभागका सूचना अधिकारी शिशिर घिमिरेले खबरहबलाई जानकारी दिए ।  ‘आयत हुनेमा भारत, चीन र जर्मन पर्छन्’ उनले भने ।

चुराको आयतको अवस्था

आर्थिक वर्ष २०७५/७६ मा कुल ५ करोड ३५ लाख ४९ हजार रुपैयाँको बराबरको चुरा पोते, टीका, टिकुली, ब्याङगल र पोते आयत भएको छ ।

भन्सार विभागको तथ्याङ्क हेर्दा आर्थिक वर्ष २०७४/७५ मा ३ करोड ९८ लाख ७७ हजार ५ सय ४९ रुपैँयाँको चुरा, टिका, टिकुली तथा ब्यागलको आयत भएको थियो ।

त्यस्तै, आर्थिक वर्ष २०७३/७४ मा ३ करोड १४ लाख ८५ हजार रुपैयाँ बराबरको चुरा, टिका र टिकुली आयत भएको विभागको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

विभागको तथ्याङ्क हेर्दा वर्षेनि चुराको खपत बढ्दै गइरहेको देखिन्छ ।

प्रकाशित मिति : १५ भाद्र २०७६, आइतबार  ५ : २६ बजे

चिया निर्यातमा भारतीय अवरोध हट्यो  

झापा– भारतीय भन्सारले पाँच दिनअघिदेखि रोकेको नेपाली तयारी चियाको निर्यात

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न उच्च अदालतको आदेश

काठमाडौं– उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत

डोटीमा ट्यांकरको ठक्करबाट पतिको मृत्यु, पत्नी गम्भीर घाइते

कैलाली- कैलालीबाट अछामतर्फ गइरहेको मोटरसाइकल डोटीको जोरायल गाउँपालिका-२, बुडरमा बुधबार

लागूऔषध विरुद्धको युद्धमा अन्तर्राष्ट्रिय सहयोग खोज्दै अफगानिस्तान

काठमाडौं– अफगानिस्तानको कार्यवाहक सरकारले अफगानिस्तानको उत्पादन र लागूऔषधमा यसको प्रशोधनलाई

कतारका राजाको भ्रमण : नेपाली मजदुरका विषयमा मौन

काठमाडौं- कतारका अमिर (राजा) शेख तामिम बिल हमाद अल थानी