मध्यअमेरिकी मुलुक होन्डुरसमा पत्रकारको गोली हानी हत्या | Khabarhub Khabarhub

मध्यअमेरिकी मुलुक होन्डुरसमा पत्रकारको गोली हानी हत्या


१५ भाद्र २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

होन्डुरस– मध्यअमेरिकी मुलुक होन्डुरसमा शनिबार एक जना पत्रकारको गोली हानी हत्या गरिएको प्रहरीले जनाएको छ । मानव अधिकार समूहहरुका अनुसार सन् २००१ यतामात्र यो सहित होन्डुरसमा ७९ जना पत्रकारको हत्या भएको छ ।

होन्डुरसको मानव अधिकार आयोगले एचसीएच टिभीमा कार्यरत एडगार जोल अगुलारलाई कोपान शहरमा अज्ञात समूहले गोली हानी हत्या गरिएको जनाएको छ ।

स्थानीय संचार माध्यमका अनुसार अगुलारलाई अज्ञात व्यक्तिहरुले हत्या गर्ने पटकपटक धम्की दिएका थिए ।

आयोगको विज्ञप्तिमा होन्डुरसमा पत्रकारमाथिको अपराधका ९१ प्रतिशतभन्दा बढी घटनामा कारबाही नहुने गरेको भन्दै चिन्ता व्यक्त गरिएको छ ।

होन्डुरस र मेक्सिको दुबै मुलुक पत्रकारहरुका लागि सर्वाधिक खतरनाक र असुरक्षित मानिन्छन् ।

प्रकाशित मिति : १५ भाद्र २०७६, आइतबार  १२ : ३४ बजे

शनिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार सन्

शनिबार, शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार तदनुसार

आज २०८१ साल वैशाख ८ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख ८ गते शनिबार तदनुसार

डोल्पामा हिउँ चितुवाको सङ्ख्या नेपालमै उच्च

डोल्पा । हिमाली जिल्ला डोल्पामा दुर्लभ वन्यजन्तु हिउँ चितुवाको सङ्ख्या

सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति

काठमाडौं । यस वर्षको वसन्तयाममा सगरमाथा आरोहणका लागि तीन सय