भारतसँगको व्यापार घाटा बढेपनि आत्तिहाल्नुपर्ने अवस्था छैनः राजदूत पुरी | Khabarhub Khabarhub

भारतसँगको व्यापार घाटा बढेपनि आत्तिहाल्नुपर्ने अवस्था छैनः राजदूत पुरी


१६ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालको व्यापार घाटा चुलिँदै गएको अवस्थामा नेपालका लागि भारतीय राजदूत मञ्जिव सिंह पुरीले आत्तिहाल्नुपर्ने अवस्था नरहेको बताएका छन् ।

उनले भारततर्फ नेपालको निर्यात बढिरहेको हुँदा व्यापार घाटाबारे चिन्ता गर्नुपर्ने अवस्था नरहेको बताएका हुन् । नेपालका वस्तुहरुको निर्यातमा भारत सहयोगी बन्दै गएको भन्दै आत्तिहाल्नुपर्ने अवस्था नरहेकोतर्फ  उनले उद्योगी व्यवसायीहरुलाई आश्वस्थ पारे ।

राजधानीको दरबारमार्गस्थित पेभेलियन हलमा बीपी कोइराला भारत–नेपाल प्रतिष्ठान (भारतीय दूतावास) तथा खबरहबले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा बोल्दै राजदूत पुरीले भारततर्फ नेपालको निर्यात बढिरहेको भन्दै व्यापार घाटाप्रति चिन्ता व्यक्त गर्नुपर्ने अवस्था नरहेको बताएका हुन् ।

कार्यक्रममा मन्तव्य राख्दै नेपालका लागि भारतीय राजदूत मञ्जिव सिंह पुरी

‘भारतबाट तपाईंहरुले गर्ने ठूलो स्तरको आयात भनेको इन्धन हो र जुनसुकै मुलुकबाट इन्धनको आयात गरेपनि तपाईंले तिर्नुपर्ने मूल्य उत्ति नै हो । नेपालले भारतबाट अरु कुनै किसिमका विलासी सामानहरुको आयात गरिरहेको छैन ।’ राजदूत पुरीले भने, ‘दैनिक उपभोग्य वस्तु भारतबाट आयात नगरी अन्य मुलुकहरुबाट आयात गनुपर्दा ती मुलुकसँग पनि व्यापार घाटा त हुन्छ नै ।’

उनले नेपालको जलविद्युत र पर्यटनमा पनि जोड दिइनुपर्ने बताए । उनले रक्सौल–काठमाडौं रेलमार्ग प्राविधिक तथा आर्थिक रुपमा निकै चुनौतीपूर्ण रहेको बताए ।

रेलमार्ग धेरै नै पुँजी लगानी हुने क्षेत्र हो । हामीले नेपाल सरकारलाई यसबारे प्रारम्भिक सर्वेक्षण प्रस्तुत गरेका छौं र यो प्राविधिक र आर्थिक रुपमा पनि उत्तिकै चुनौतिपूर्ण छ ।’ उनले भने ।

कार्यक्रममा अर्थविद दधि अधिकारीले नेपालबाट निर्यात हुने सामान निकै कम भएको भन्दै छ आयात र निर्यातको सन्तुलन मिलाउनुपर्ने बताए । उनले भने, ‘भारतबाट दैनिक उपभोग्य वस्तुका अलावा पेट्रोलियम पदार्थ, आइरन स्टिल, लगायतका धेरै सामान आयात हुने गरेको छ ।’
उनले नेपालबाट निर्यात हुने सम्भावना रहेको विजुली निकै थोरै मात्रामा निर्यात हुने गरेको र जसका कारण नेपाल–भारतबीचको व्यापारघाटा असन्तुलन देखिएको बताए । नेपालमा वस्तु तथा सेवा उत्पादनका लागि पूर्वाधार विस्तार गर्नुपर्ने बताए ।

कार्यक्रममा उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष प्रदीपकुमार श्रेष्ठले नेपाल र भारत सम्बन्ध ऐतिहासिक भएको बताउदै पछिल्ला ७ वर्षमा उल्लेख्य मात्रामा भारतीय लगानी बढ्न सकेको तर्क गरे । उनले अहिले नेपाल भारत आयात निर्यातको अनुपात न्यून भएको बताउँदै कलकत्ता बन्दरगाहमा देखिएका समस्या समधान गर्नुपर्नेतर्फ जोड दिए ।

व्यापार घाटाका विषयमा धारणा राख्दै उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष प्रदीपकुमार श्रेष्ठ

उनले नेपाल आयात हुने वस्तुमा भारतले विषेश महत्व दिनुपर्ने उनको भनाइ थियो । पर्यटन, कृषि, विजुली लगायतका उद्योगमा भारतीय लगानी आउनसक्ने अवस्था रहेको भन्दै त्यसका लागि समेत हामीलहरुले पहल गर्नुपर्ने बताए ।

कार्यक्रममा नेपाल उद्योग परिसंघ अध्यक्ष सतिशकुमार मोरले नेपाल र भारतबी सन १९९६ मा भएको सम्झौताअनुसार नेपालमा लगानी बढेको भएपनि पछिल्ला केही वर्षमा त्यो लगानी नबढेका कारण समस्या देखिएको बताए ।

कार्यक्रममा मन्तव्य राख्दै सतिशकुमार मोर, अध्यक्ष, नेपाल उद्योग परिसंघ

उनले शुन्य भन्सारमा भारतमा नेपाली वस्तु निर्यात गर्नसक्ने वातावरण बन्यो भने पनि केही हदसम्म समस्याको समाधान हुने तर्क गरे नेपालमा भारतीय लगानीको सम्भावनका विषयमा समेत छलफल हुनुपर्ने अवस्था देखिएको उनको भनाइ थियो । उनले दुईपक्षीय व्यापार सम्झौतामा उल्लेख गरिएका सबै व्यवस्था कार्यान्वयन हुनसके पनि समस्याको समाधान हुनसक्ने बताए ।

कार्यक्रममा धारणा राख्दै नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा

त्यसैगरी, कार्यक्रममका नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले नेपालको व्यापारघाटा बढेका कारण व्यालेन्स अफ पेमेण्ट घाटामा पुगेको बताए । उनले नेपालको व्यापार घाटा कम गर्न नेपालमा भारतीय लगानी बढाउनुपर्नेतर्फ सचेत गराउँदै नेपालबाट भारतमा निर्यात हुने वस्तु तथा सेवाको सहज पहुँच विस्तार हुनेपर्ने तर्क गरे ।

नेपाल–भारत व्यापार घाटा विषयक अन्तरक्रिया कार्यक्रममा सहभागीहरु

कार्यक्रममा पेभेलियन मिडिया ग्रुपका अध्यक्ष नरेश श्रेष्ठले नेपालमा लगानीको वातावरण हुँदा हुँदै पनि लगानीकर्ताहरु उत्साहित नदेखिनु प्रमुख समस्या रहेको बताए । उनले अपेक्षा अनुसारको लगानी नहुँदा व्यापारघाटा बढ्दै गरेको तर्क गरे । उनले भारतसँग नेपालले निर्यात गर्ने सामान न्युन मात्रामा रहेको भन्दै भारतीय लगानीकर्तालाई नेपालमा ल्याउन उचित पहल थाल्नुपर्ने बताए ।

कार्यक्रममा मन्तव्य राख्दै नरेश श्रेष्ठ, अध्यक्ष पेभेलियन मिडिया ग्रुप

कार्यक्रममा अर्थविद्, लगानीकर्ता तथा विभिन्न क्षेत्रका बौद्धिक व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

नेपालका लागि भारतीय राजदूत मञ्जिव सिंह पुरीलाई पेभेलियन हलमा स्वागत गर्दै पेभेलियन मिडिया ग्रुपका अध्यक्ष नरेश श्रेष्ठ

प्रकाशित मिति : १६ श्रावण २०७६, बिहीबार  ९ : ५६ बजे

जबरर्जस्ती सामुदायिक वनका रुख नकाट्न माग

काठमाडौं । मलुकभरको सामुदायिक वन उपभोक्ता समूहहरुको छाता सङ्गठन सामुदायिक

स्ट्रबेरी खेतीतर्फ आकर्षित हुँदै दाङका युवा

दाङ – लहरै रोपिएका स्ट्रबेरीका बिरुवामा फलेका फल पाकेर लटरम्म

नेपाल हुँदै भारत प्रवेश गर्न खोज्ने दुई चिनियाँ नागरिक पक्राउ

काठमाडौं । नेपाल हुँदै अवैध रुपमा भारत प्रवेश गर्न खोजेको

नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्न आग्रह

काठमाडौं – काठमाडौं महानगरपालिकाले महानगरभित्रका निजी विद्यालयलाई नेपाली नामकरण गर्न

केजरीवाललाई थप चार दिन हिरासतमा राख्न अनुमति

नयाँ दिल्ली – मदिरा नीति घोटाला प्रकरणमा पक्राउ परेका दिल्लीका