मंसिरमा उपनिर्वाचन गर्न निर्वाचन आयोग र दलहरु सहमत | Khabarhub Khabarhub

मंसिरमा उपनिर्वाचन गर्न निर्वाचन आयोग र दलहरु सहमत


१६ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निर्वाचन आयोग र राजनीतिक दलहरुबीच आगामी मंसिरमा रिक्त स्थानमा उपनिर्वाचन गर्ने सहमति भएको छ । निर्वाचन आयोगमा विहीबार भएको छलफलमा मंसिरमा उपनिर्वाचन गर्ने सहमति जुटेको हो ।

प्रदेशसभा सदस्यदेखि वडा सदस्यसम्म खाली रहेको स्थानमा उपनिर्वाचन गर्ने विषयमा निर्वाचन आयोगले विभिन्न राजनीतिक दलहरुसँग छलफल गरेको थियो ।

छलफलमा राजनीतिक दलहरुले मंसिरमा चुनाव गर्न उपयुक्त हुने सुझाव आयोगलाई दिएका थिए । दलहरुको प्रस्तावमा आयोगले मंसिरमा उपनिर्वाचन गर्न आयोग तयार रहेको जनाएको छ ।

उपनिर्वाचनका लागि तयारी भइरहेको बताउँदै मंसिरमा उपचुनाव गर्न कुनै समस्या नरहेको आयोगका प्रवक्ता शंकरप्रसाद खरेलले बताए । ‘मंसिरमा निर्वाचन गर्न कुनै समस्या छैन’ प्रवक्ता खरेलले भने,‘आयोगले तयारी गरिरहेको छ । सरकारसँग छलफल गरेर यो विषयमा टुंगोमा पुग्न सकिन्छ ।’

निर्वाचन आयोगका अनुसार प्रतिनिधि सभा, प्रदेशसभा र स्थानीय तह गरी अहिलेसम्म ५० स्थानमा उपनिर्वाचन गराउनुपर्ने छ ।

प्रकाशित मिति : १६ श्रावण २०७६, बिहीबार  ३ : ५२ बजे

उपनिर्वाचनको प्रचारप्रसार आजदेखि बन्द

काठमाडौं– यही वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आजदेखि प्रचारप्रसार

उद्योग समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम

यी प्रदेशमा हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानु महाशाखाले हाल

विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढ्दै

काठमाडौं – विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढिरहेका पाइएको छ। सन्

गुजरातविरुद्ध दिल्लीले निकाल्यो चार रनको रोचक जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा