जनयुद्धका सहिदलाई श्रद्धाञ्जली दिन परिसडाँडा पुगे मन्त्री भट्टराई | Khabarhub Khabarhub

जनयुद्धका सहिदलाई श्रद्धाञ्जली दिन परिसडाँडा पुगे मन्त्री भट्टराई


१६ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले तत्कालिन नेकपा एमालेका महासचिव मदन भण्डारी र जनयुद्धका शहीदलाई श्रद्धाञ्जली अर्पण गरका छन् ।

मन्त्रीको शपथ लिएको भोलिपल्ट(विहीबार) आज मन्त्री भट्टराई तत्कालिन नेकपा एमालेको पार्टी कार्यालय मदननगर बल्खु पुगी भण्डारीप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए ।

बल्खुबाट मन्त्री भट्टराईले नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडा पुगेर जनयुद्धका सहिदहरुप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । उनी पार्टी कार्यकर्ता, समर्थकसहित पूर्व माओवादीको कार्यालय पुगेका थिए ।

जनयुद्धका सहिद र वेपत्ताहरुको स्मरणमा बनाइएको स्तम्भमा फूलका गुच्छा चढाएर मन्त्री भट्टराईले श्रद्धाञ्जली अर्पण गरेका थिए । श्रद्धाञ्जली पछि संक्षिप्त प्रतिक्रिया दिँदै मन्त्री भट्टराईले नेकपालाई यो स्थानसम्म ल्याउन सहिद र वेपत्ताहरुको महत्वपूर्ण भूमिका भएको बताए ।

भट्टराई तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएपछि पेरिसडाँडा पुगेर सहिदलाई श्रद्धाञ्जली दिने पहिलो मन्त्रीसमेत बनेका छन् ।

प्रकाशित मिति : १६ श्रावण २०७६, बिहीबार  १० : ४८ बजे

डोटीमा आगोले जलेर एक महिला घाइते

डोटी । डोटीमा आगोले जलेर एक महिला घाइते भएकी छन्।

उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न समिति गठन

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको विषयमा छानबिन गर्न उच्चस्तरीय

बेलायतसँग थप समन्वय र सहकार्यको अपेक्षा छ : गृहमन्त्री

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग नेपालका लागि बेलायतका

सिरहाबाट कटुवा पेस्तोलसहित बाबु–छोरा पक्राउ

सिरहा । सिरहा प्रहरीले कटुवा पेस्तोलसहित बाबु छोरालाई पक्राउ गरेको

आजका समाचार : प्रचण्ड-देउवाबीच भेटदेखि राष्ट्रियसभा उपाध्यक्ष अर्यालको राजीनामासम्म

प्रचण्ड र देउवाबीच भेटवार्ता, के भयो कुराकानी ? प्रधानमन्त्री पुष्पकमल