धार्मिक क्षेत्रमा उदार देखिए इमरान, 'बन्दूकको नाल'मा मुसलमान बनाए कारबाही ! | Khabarhub Khabarhub

धार्मिक क्षेत्रमा उदार देखिए इमरान, ‘बन्दूकको नाल’मा मुसलमान बनाए कारबाही !


१६ श्रावण २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– पाकिस्तानका प्रधानमन्त्री इमरान खान पछिल्लो समय विभिन्न कामका कारण चर्चामा छन् । उनले धार्मिक सहिष्णुता कायम राख्न चालेका कदमले पनि उनको थप चर्चा भएको छ ।

केही दिन अघि लामो समयदेखि बन्द रहेको पाकिस्तानको भएको एउटा हिन्दू मन्दिरमा पूजा आजाका लागि खोल्न लगाएको कामले चर्चा बटुलिरहेका बेला इमरानले अहिले पुन जबरजस्ती मुसलमान नबनाउन दिएको अभिव्यक्तिले चर्चा पाएको हो ।

अन्य धर्म मान्नेहरुलाई जबरजस्ती मुसलमान बनाइएको भन्दै प्रधानमन्त्री इमरान खानले नै विरोध जनाएका छन् । उनले सोमबार इस्लामाबादमा एक समारोहलाई सम्बोधन गर्दै त्यस्तो काम नगर्न चेतावनी दिए ।

उनले बन्दूकको नालमा मानिसलाई मुसमान बनाउनु गैर–इस्लामी हुने भन्दै त्यस्तो गरिए कारवाहीको भागिदार हुने चेतावनी दिए ।

उनले अन्य व्यक्तिलाई इच्छा विपरित आफ्नो धर्ममा ल्याउने अधिकार अल्लाहले पैगम्बरलाई पनि नदिएको भन्दै कुरानमा स्पष्ट लेखिएको छ कि को कुन आस्थाको साथ जन्मिन्छ त्यो अल्लाहको इच्छा भएको बताए ।

अल्लाहले स्पष्ट भनेको थिए कि तपाईको काम सन्देश प्रसार गर्ने हो र यो काम जबरजस्ती गर्ने होइन । बन्दुकको नालबाट कसैलाई तपाईं मुसलमान बनाउनु अथवा मुसलमान नभएकोमा मार्नु यो सम्पूर्ण रुपले गैर–इस्लामिक हो ।’

इमरान खानले इस्लाम र कुरानमा केही कुरामा पनि जबरजस्ती नभएका कारण इस्लामले इजाजत नदिएको काम नगर्न सुझाव दिए । इमरानले पाकिस्तानको निर्माण हिन्दू एलिटको स्थानमा मुस्लिम एलिटलाई पुनरस्थापित गर्न मात्र नभएको बताए ।

इमरानले सम्बोधनको क्रममा भने,‘ हामीले आदर्श मान्ने मदीना राज्यमा राजा पनि कानुन मुनि हुन्थ्यो । मदीनाको शासनले अल्पसंख्यकको पनि भेदभाव गर्दैनथ्यो ।’उनले सम्बोधनका क्रममा भने, हामी हिन्दूहरुलाई भन्न चाहन्छौ कि जे पनि हामी गर्न सक्छौं त्यस हिसाबमा हामी धर्मको रक्षा गर्नेछौं । हामी आफ्नो सुन्नतकै आधारमा यो गर्नेछौं ।’

प्रकाशित मिति : १६ श्रावण २०७६, बिहीबार  ६ : २३ बजे

कांग्रेस सांसद गुरुङको निलम्बन फुकुवा

काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसका प्रतिनिधिसभा सांसद टेकबहादुर गुरुङको

मन्त्री फेरिँदैमा सरकारको नीति परिवर्तन हुँदैन : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले निवर्तमान अर्थमन्त्री डा प्रकाशशरण महतको

सुदूरपश्चिम सरकारबाट बाहिरिन दलका नेतालाई नागरिक उन्मुक्तिको निर्देशन

सुदूरपश्चिम – नागरिक उन्मुक्ति पार्टी केन्द्रीय कार्यालयले नेपाली कांग्रेस नेतृत्वको

दुर्गा प्रसाईँले पाएको हतियार इजाजतबारे छानबिन गर्न समिति गठन

काठमाडौं – गृह मन्त्रालयले मेडिकल व्यवसायी दुर्गा प्रसाईँको नाममा इजाजत

सेती नदीमा डुबेर डोटीमा एक किशोरको मृत्यु

डोटी – नुहाउने क्रममा सेती नदीमा डुबेर डोटीमा एक किशोरको