भारतको एक विवाहमा २ अर्ब खर्च, पाहुना थिए रामदेव बाबादेखि कट्रिना कैफसम्म | Khabarhub Khabarhub

भारतको एक विवाहमा २ अर्ब खर्च, पाहुना थिए रामदेव बाबादेखि कट्रिना कैफसम्म


१६ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

देहरादून– उत्तराखण्डको अउली नगरमा भएको भव्य वैवाहिक कार्यक्रममा थुप्रिएको करिब तीन सय क्विन्टल फोहोर विसर्जन गरिएको छ ।

स्थानीय अधिकारी अनुसार दक्षिण अफ्रिकाका एक व्यापारीका दुई छोराहरुको विवाहका कारण त्यस्तो फोहोर थुप्रिएको थियो । स्थानीय सफाई कर्मचारीले बिहेका कारण दुर्गन्धित भएको क्षेत्रमा पूर्ण रुपमा सफाई गरिएको जनाएका छन् । दक्षिण अफ्रिकाका गुप्ता परिवारका दुई छोराको विवाह समारोह गत जुन १८ देखि २२ सम्म भएको थियो ।

फोहोर विसर्जनका लागि गुप्ता परिवारले ५४ हजार भारतीय रुपैयाँ नगर प्रशासनलाई दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । नगर प्रशासनले विभिन्न स्थानमा छरिएको फोहोर सफा गर्न २० जना सफाई कर्मचारी खटाएको जनाएको छ । त्यस्तै, उत्तराखण्ड उच्च अदालतले एक आदेश जारी गर्दै जिल्ला प्रशासनलाई फोहोरका कारण उत्पन्न समस्याबारे प्रतिवेदन बुझाउन भनेको छ ।

अत्यन्त भव्य विवाह समारोहमा करिब २ अर्ब रुपैयाँ खर्च भएको गुप्ता परिवारले जनाएको छ । विवाह समारोहमा उच्चपदस्थ भारतीय राजनीतिक नेताहरु, मुख्य मन्त्री, नायिका कट्रिना कैफ, योग गुरु बाबा रामदेव समेतका पाहुनाहरु सहभागी थिए ।

विवाह कार्यक्रमकै अवसरमा रामदेवले दुई घण्टे योग शिविर सञ्चालन गरेका थिए । विवाहमा सहभागी हुने अतिथिहरुका लागि हेलिकप्टरको समेत व्यवस्था गरिएको थियो । विवाहमा धेरै फोहोर भएको भन्दै गुप्ता परिवारलाई स्थानीय प्रशासनले डेढ लाख भारतीय रुपैयाँ जरिवान तिराएको छ ।

प्रकाशित मिति : १६ असार २०७६, सोमबार  ९ : २४ बजे

अमेरिकी विद्युतीय निगरानी उपकरणको प्रयोग गर्न सिनेटको अनुमति

वासिङ्टन– विदेशमा रहेका अमेरिकी गुप्तचर निकायहरूले व्यापक रूपमा प्रयोग गर्ने

खुट्टा तान्नेले जुत्ता मात्रै पाउँछन् : रवि लामिछाने

इलाम– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताको साथ रहुन्जेल

आईओसीद्वारा ओलम्पिक आर्टिफिसियल इन्टेलिजेन्स एजेन्डा सुरू

काठमाडौं– अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आइओसी) ले शुक्रबार ओलम्पिक आर्टिफिसिएल इन्टेलिजेन्स

याङ्जाकोटमा बढ्दै पर्यटक

लेखनाथ– कास्कीको पर्यटकीय गाउँ याङ्जाकोटमा नयाँ वर्षसँगै पर्यटकको सङ्ख्या बढेको

रास्वापा सिद्धयाउने षड्यन्त्र भइरहेको छ : सभापति लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्ना पार्टीलाई सिद्धयाउने