आफैं जेलमा बसेर जुम्ल्याहा भाइलाई भगाएपछि... | Khabarhub Khabarhub

आफैं जेलमा बसेर जुम्ल्याहा भाइलाई भगाएपछि…


१६ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अंकारा– टर्कीमा उस्तै अनुहार भएका आफ्ना जुम्ल्याहा भाइलाई भगाउन एक जना जुम्ल्याहा दाजु जेलमा बसेको घटना सार्वजनिक भएको छ । उनले आफू जेलमा बसेर भाइलाई जेलबाट भगाउन सफल भएका थिए ।

ज्यान लिएको अभियोगमा जेलमा रहेका १९ वर्षे आफ्ना जुम्ल्याहा भाइलाई भेट्न जेल पुगेका उनी जेलभित्रै बसेर भाइलाई भने भगाएका थिए ।दक्षिणी टर्कीको मेसरिन शहरको उच्च सुरक्षा सहितको ए टिपी कापासी जेलमा रहेका जुम्ल्याहा भाइ मुरात ए. लाई भेट्न हुसैनल गत बिहीबार जेल गएका थिए ।

उनीहरुलाई जेलकै कक्षमा भेटघाट गर्न दिइएको थियो । त्यसपछि हुसैनले आफ्ना अपराधी जुम्ल्याहा भाइ बसेको कक्षमा आफूलाई राखेर भाइलाई भगाएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उनीको अनुहार ठ्याक्कै नमिले पनि दुईको अनुहार केही हदसम्म मिल्ने रहेकाले अपराधी भाइ भाग्दा प्रहरीले समेत चाल पाएन ।

ए टिपी कापासी जेलमा अनुहार पहिचान गर्ने यन्त्र नरहेका कारण उनी भाग्न सफल भएका थिए । पछि जेलका गार्डले जेलबाट हिडेको मानिसलाई चिनेर नजिकको प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरीले अपराधीको घर गएर उनलाई फेला पारेको थियो । हाल दुबै जुम्ल्याहा दाजुभाइ हिरासतमा छन् । यसबारे प्रहरीले आवश्यक अनुसन्धान थालेको छ ।

प्रकाशित मिति : १६ असार २०७६, सोमबार  ९ : ०८ बजे

इंग्लिस प्रिमियर लिग : एभर्टनसँग लिभरपुल स्तब्ध

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टनले लिभरपुललाई हराएको छ ।

उपनिर्वाचनको प्रचारप्रसार आजदेखि बन्द

काठमाडौं– यही वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आजदेखि प्रचारप्रसार

उद्योग समितिको बैठक बस्दै

काठमाडौं– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको उद्योग तथा वाणिज्य र श्रम

यी प्रदेशमा हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानु महाशाखाले हाल

विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढ्दै

काठमाडौं – विश्वभर प्रोस्टेट क्यान्सरका बिरामी बढिरहेका पाइएको छ। सन्