श्रम सम्मेलन सम्पन्न, दक्ष श्रम शक्ति उत्पादन गर्न सरकारलाई सुझाव | Khabarhub Khabarhub

श्रम सम्मेलन सम्पन्न, दक्ष श्रम शक्ति उत्पादन गर्न सरकारलाई सुझाव


१६ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन, २०७६ को कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले सरकारलाई दक्ष श्रम शक्ति उत्पादन गर्न सुझाव दिएका छन् ।

राजधानीमा असार १५ र १६ गते भएको सम्मेलनमा सरकारले रोजगारका अवसर सिर्जना गर्नेभन्दा सीप तालिम सञ्चालन गरी श्रम बजारको मागअनुसार दक्ष श्रमिक उत्पादन गर्न आवश्यक तालिम केन्द्र खोल्नुपर्ने सुझाव दिएका हुन् ।

नेपाल निर्माण व्यवसायी महासंघका महासचिव रोशन दाहालले आन्तरिक श्रम बजारमा दक्ष श्रम नपाउने गरेका बताएका छन् । उनले भने, ‘रोजगारीका अवसर भएपनि दक्ष जनशक्ति नहुँदा विदेशी श्रमिकका भरमा निर्माण क्षेत्रका काम भइरहेका छन् । श्रमलाई सम्मान गर्ने र श्रमिकलाई हेर्न दृष्टिकोण परिवर्तन भएपनि सीप तालिम भने सरकार सञ्चालन गर्ने सकेको छैन ।’

खाली सीसी संस्थाका संस्थापक आयुषी केसीले नेपालमा दक्ष श्रमिकको अभाव नै भएको बताइन् । श्रम बजारमा माग भएअनुसार दक्ष श्रम नपाँउदा कतिपय काम अलपत्र भइरहेको उनको भनाइ छ । कार्यक्रममा बजारको मागअनुसार सरकारले नै नीजि क्षेत्रसँग सहकार्य गरेर तालिम केन्द्र सञ्चालन गर्ने सुझाव उनीहरुले सुझाव दिएका छन् ।

सरकारले समय र विश्व श्रम बजारमा माग हुने श्रम उत्पादनका लागि आवश्यक सीप मुलक श्रम शक्ति उत्पादन गर्ने नयाँ योजना ल्याउन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोर्कण विष्टले बताएका छन् ।

सोमबार राष्ट्रिय श्रम तथा रोजगार सम्मेलन, २०७६ को समापन गर्दै मन्त्री विष्टले रोजगारीका अवसरसँग सीप तालिममा सरकारले जोड दिने आश्वासन दिएका थिए । आइतबार र सोमबार चलेको सम्मेलनमा ३ सय ५० रोजगारदाता सहभागी भएका थिए ।

आन्तरिक श्रम बजारमा श्रमिक र रोजगारदाताको अवस्थाका बारेमा अन्तक्रिया छलफलका लागि सम्मेलन आयोजना गरिएको श्रम मन्त्रालयले जानएको छ ।

प्रकाशित मिति : १६ असार २०७६, सोमबार  ६ : १० बजे

आजका समाचार : एमालेको महाधिवेशन प्रतिनिधि परिषददेखि अर्थमन्त्री पुन स्वदेश फिर्तासम्म

एमाले महाधिवेशन प्रतिनिधि परिषद् बैठक सुरु नेकपा एमालेको महाधिवेशन प्रतिनिधि

उपनिर्वाचनमा पैसा बाँड्नेलाई कारबाही हुन्छ : गृहमन्त्री लामिछाने

फिक्कल– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं उपप्रधान तथा गृहमन्त्री

नेपाल हङकङसँग पराजित

काठमाडौं- नेपाल हङकङसँग पराजित भएको छ । एसीसी प्रिमियर कप

अमेरिकी विद्युतीय निगरानी उपकरणको प्रयोग गर्न सिनेटको अनुमति

वासिङ्टन– विदेशमा रहेका अमेरिकी गुप्तचर निकायहरूले व्यापक रूपमा प्रयोग गर्ने

खुट्टा तान्नेले जुत्ता मात्रै पाउँछन् : रवि लामिछाने

इलाम– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताको साथ रहुन्जेल