अफगानिस्तानको रक्षामन्त्रालयनजिकै शक्तिशाली ट्रक बम विष्फोट, ३४ जनाको मृत्यु | Khabarhub Khabarhub

अफगानिस्तानको रक्षामन्त्रालयनजिकै शक्तिशाली ट्रक बम विष्फोट, ३४ जनाको मृत्यु


१६ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काबुल- अफगानिस्तानको राजधानी काबुलस्थित रक्षामन्त्रालयनजिकै शक्तिशाली ट्रक बम विष्फोट हुँदा कम्तीमा ३४ जनाको ज्यान गएको छ ।

रक्षामन्त्रालयअन्तर्गत इन्जिनियरिङ तथा बन्दोबस्ती विभागको भवननजिकै भएको विष्फोटमा ५१ बालबालिकासहित सयभन्दा बढी घाइते भएका छन् । रक्षामन्त्रालय परिसरनजिकै विष्फोट भएलगत्तै लडाकु समूह र सरकारी सुरक्षा बलबीच भिडन्त शुरु भएको छ ।

ट्रक बम विष्फोट गराई बन्दुकधारीको समूहले मन्त्रालय परिसरभित्र छिर्ने प्रयास गरेपछि भिडन्त भएको हो । बन्दुकधारी समूह मन्त्रालय नजिकैका केही भवनभित्र पसेर अन्धाधुन्ध गोली चलाएको अफगान सञ्चारमाध्यमले जनाएको छ ।

बम विष्फोटन भएको क्षेत्रनजिक अफगान फुटबल महासंघको कार्यालय समेत रहेकाले घाइते हुनेमा फुटबल महासंघका अध्यक्ष पनि रहेको अफगान फुटबल महासंघले जनाएको छ ।

आक्रमणको जिम्मा अफगानिस्तानमा सक्रिय लडाकु समूह तालिवानले लिएको छ ।

प्रकाशित मिति : १६ असार २०७६, सोमबार  ५ : ४२ बजे

बिहीबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार सन्

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार

आज २०८१ साल वैशाख १३ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १३ गते बिहीबार तदनुसार

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या