चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी बन्द हुने | Khabarhub Khabarhub

चितवन राष्ट्रिय निकुञ्जमा जिप सफारी बन्द हुने


१६ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भरतपुर– चितवन राष्ट्रिय निकुञ्जले असार २१ गते (आगामी शनिबार)देखि जिप सफारी बन्द गर्ने भएको छ ।

वर्षा शुरु भएसँगै निकुञ्ज कार्यालयले जिप सफारी बन्द गर्ने निर्णय गरेको निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालले बताए । बाटो हिलो र खाल्डाखुल्डीसँगै झाडी बढेकाले जिप सञ्चालनमा रोक लगाउन लागिएको ढकालको भनाइ छ ।

हालम्म निकुञ्जभित्र घुम्नका लागि सौराहाबाट ३२, कसराबाट १५, भिम्लेबाट १५ र अमलटारी क्षेत्रबाट ७ ओटा जिप निकुञ्जमा छिर्ने गर्दछन् । ती जिपमा पर्यटक राखेर निकुञ्जको भित्री भाग घुमाउने गरिन्छ ।

निकुञ्ज प्रवेशबापत एउटा जिपले एकपटकमा ५ हजार राजस्व तिर्ने गर्दछन् भने प्रतिव्यक्ति नेपालीले १ सय ५०, सार्क मुलुकका पर्यटकले १ हजार र विदेशीले २ हजार राजस्व बुझाउने गर्दछन् ।

ढकालले दशैँ अगाडि भित्री सडक मर्मत गरी जिप सञ्चालनको अनुमति दिइने जानकारी दिए । निकुञ्जको मुख्य आम्दानीमा पर्यटकको राजस्व पर्ने गर्दछ ।

निकुञ्जले यस वर्षको जेठसम्ममा २७ करोड रुपैयाँ राजस्व सङ्कलन गरिसकेको छ । हरेक वर्ष २ लाख हाराहारी पर्यटक निकुञ्ज घुम्न आउने गर्दछन् ।

प्रकाशित मिति : १६ असार २०७६, सोमबार  १ : ५४ बजे

क्यानडामा इस्लाम धर्मावलम्बीले अब उधारो र सापटीको ब्याज तिर्नु नपर्ने

टोरोन्टो–  क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले बजेटमा यस्तो घोषणा गरेका हुन्,

संसदीय समिति बैठक बस्दै, फास्ट ट्रयाकका बारेमा छलफल हुने

काठमाडौं– संघीय संसद्को एक समितिको बैठक बस्दै छ । प्रतिनिधिसभा

आईपिएल : पञ्जाबमाथि मुम्बई ९ रनले विजयी

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा

भेरी करिडोरमा तल्लुको पुल अन्तिम चरणमा

काँक्रेविहार– भेरी करिडोर सडक आयोजनाअन्तर्गत तल्लुस्थित भेरी नदीमा भेरी करिडोरमा

कुन भिटामिनको कमीले अत्यधिक निद्रा लाग्छ ?

 शरीरमा भिटामिन र मिनरल्सको उचित सन्तुलन नहुँदा यसले सम्पूर्ण शरीरमा