डोटीमा जीप दुर्घटना हुँदा ६ जना घाइते | Khabarhub Khabarhub

डोटीमा जीप दुर्घटना हुँदा ६ जना घाइते


१६ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दिपायल– सोमबार बिहान जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । जिल्लाको आदर्श गाउँपालिकाअन्तर्गत मौवादहबाट सायल गाउँपालिकातर्फ आउँदै गरेको से १ च ९१७ नम्बरको जीप गजेडा भन्ने ठाउँमा दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव उपरीक्षक लालबहादुर धामीका अनुसार दुर्घटनामा घाइते भएकामध्ये जीपका चालक कटक सिलालको अवस्था गम्भीर छ ।

दुर्घटनामा घाइते हुनेहरुमा सायल गाउपालिकाको वडा नम्बर १ कौराडीका २७ वर्षी राजु दमाइ, ५ वर्षीया बाटुली नेपाली, ३५ वर्षीया टीका नेपाली, आदर्श गाउँपालिका–७ सातलका १२ वर्षीय महेश नेपाली र २६ वर्षीय रमेश नेपाली छन् ।

प्रहरीले घुम्तीमा मोड्न नसक्दिा जीप दुर्घटना भएको जनाएको छ । जीप सडकबाट करिब ६० मिटर तल खसेको थियो ।

प्रकाशित मिति : १६ असार २०७६, सोमबार  १२ : ५९ बजे

बोक्सीको घरको प्रिमियर सम्पन्न

काठमाडौं – शुलक्षण भारतीको लेखन तथा निर्देशन रहेको फिल्म ‘बोक्सी’को

आगोले पाइप जलेपछि खानेपानीको समस्या

स्याङ्जा – वनमा लागेको आगोले पाइप जलेपछि गाउँमा खानेपानीको समस्या

मटिहानीमा लागेको आगो ६ घण्टापछि नियन्त्रण

जलेश्वर । महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा आज दिउँसो लागेको

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला

डोल्पा । हिमाली जिल्ला डोल्पामा आगामी जेठ १० गतेदेखि औपचारिकरुपमा

प्रहरीद्वारा १६ लाख बराबरको सामान बरामद

कञ्चनपुर । कञ्चनपुरमा भारतबाट भन्सार छली गरी ल्याएको रु १६