नेयमार बार्सिलोना फर्कदाँ क्लबलाई व्यापारीक रुपमा फाइदा | Khabarhub Khabarhub

नेयमार बार्सिलोना फर्कदाँ क्लबलाई व्यापारीक रुपमा फाइदा


१६ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– ब्राजिल तथा पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्टार खेलाडी नेयमार बार्सिलोना फर्कन केही हप्ता लाग्ने बताइएको छ ।

स्पेनिस फुटबल साइट मार्काले बार्सिलोनामा नेयमार आउँदा बार्सिलोनाले व्यपारीक रुपमा फाइदा उठाउन सक्ने उल्लेख गरेको छ ।

आफ्नो फाइदाका लागि भए पनि बार्सिलोनाले रणनीतिक रुपमा नेयमारसँग सम्झौता गर्ने बताएको छ । ब्राजिलका क्षमतावान स्टाइकर नेयमारको सरुवालाई लिएर विभिन्न विवादहरु भइनै रहेका छन् ।

तर, क्याटलन क्लबले नेयमारसँगको सम्झौतामा आर्थिक फाइदा हेर्नेछ । उनको इन्टाग्राममा १ सय २१ मिलियन फलोअर्स रहेका छन् । त्यसमा बार्सिलोनालाई टि–सर्ट विक्रिदेखि खेलका टिकट विक्रिसम्ममा नेयमार क्लबमा आउँदा फाइदा हुने समाचारहरुले जनाएका छन् ।

सीईओ चाल्स कान्टोले नेयमार बार्सिलोनामा आउँदा क्लबलाई आर्थिक रुपमा पनि फाइदा हुने बताएका छन् । जसमा उनले नेयमारको फ्यान फलोइङलाई मुख्य आधार मानेका छन् भने क्लबले खेलाडीको सामाजिक सञ्जालमार्फत आफ्नो व्यापार बढाउन सक्ने बताएका छन् ।

प्रकाशित मिति : १६ असार २०७६, सोमबार  १२ : ३४ बजे

कमलसिंह ऐरीले लिए आयरल्याण्डको विकेट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध कमलसिंह ऐरीले विकेट लिएका छन्

प्रमोद खरेलको गीतमार्फत् अभिनयमा पुरु भण्डारीकाे डेब्यू 

काठमाडौं – प्रमोद खरेलको स्वरमा सार्वजनिक भएको गीत ‘कसैको हुन

टस जितेको नेपाल पहिला फिल्डिङमा

काठमाडौं – टी–२० सिरिज अन्त्रगतको पहिलो खेलमा नेपाल ए ले

अतिथि सत्कार घरबासमा विदेशी पर्यटक बढ्दै

गलकोट– बागलुङको पर्यटकीय गाउँ भकुण्डेमा सञ्चालित जिल्लाकै पहिलो अतिथि सत्कार

निर्माण उद्योगमैत्री कानुन निर्माण सरकारको प्राथमिकता : प्रधानमन्त्री 

हेटौंडा– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्माण उद्योगमैत्री कानुन निर्माण गरेर