दयाहाङ र उपासनाको ‘कबड्डी ३’ भदौमै | Khabarhub Khabarhub

दयाहाङ र उपासनाको ‘कबड्डी ३’ भदौमै


१६ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं – कमेडी जानरामा निर्माण भइरहेको फिल्म ‘कबड्डी कबड्डी कबड्डी’ आउँदो भदौ १३ मा रिलिज हुने भएको छ । निर्माण टिमले यो फिल्म भदौ १३ गते रिलिज गर्ने जनाएको हो ।

सोही मितिमा साम्राज्ञी राज्यलक्ष्मी शाह र पुष्प खड्काको शीर्ष भूमिका रहने फिल्म ‘मारुनी’ पनि रिलिज हुँदैछ । जुन फिल्मले यसअघि नै रिलिज मिति तय गरेको थियो ।

हालै छायांकन सकिएको फिल्म ‘कबड्डी ३’ मा अहिलेका चल्तीका कलाकारको अभिनय छ । फिल्ममा दयाहाङ राई सहित उपासना सिंह ठकुरीको समेत शीर्ष भूमिका हुनेछ । उपासनाले अनमोल केसी अभिनित फिल्म ‘क्याप्टेन’ बाट चर्चा पाएकी थिइन् । उपासना र दयाहाङ राईसँगै कर्मा, बुद्धि तामाङ, रिश्मा गुरुङ लगायतका कलाकारको अभिनय छ । फिल्म छायांकनदेखि नै चर्चामा छ ।

तस्वीर – आर्यन बिमली

अर्कातिर यो फिल्मको हाइप अझ बढी हुने आँकलन गरिएको छ । किनकि, यसअघि नै यसका दुई भाग व्यावसायिक रुपमा सफल भइसकेका छन् ।

उपेन्द्र सुब्बा र रामबाबु गुरुङले लेखेका यो फिल्मलाई रामबाबु गुरुङले निर्देशन गर्नेछन् । यो फिल्म वर्षकै प्रतीक्षित फिल्ममध्ये एक हो ।

प्रकाशित मिति : १६ असार २०७६, सोमबार  १२ : ०० बजे

सुदूरपश्चिम सरकारबाट बाहिरिन नाउपाको संसदीय दललाई निर्देशन

काठमाडौं – नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन

प्रदेश र स्थानीय तहमा कर्मचारी अभाव हटाउने प्रधानमन्त्रीको आश्वासन

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहालले प्रदेश र स्थानीय तहमा कर्मचारी

लाकेशको शतकका बाबजुत आयरल्याण्ड ए सँग हार्‍यो नेपाल ए

काठमाडौं – पहिलो टी–२० क्रिकेटमा आयरल्याण्ड ए सँग नेपाल ए

अर्धशतक बनाउन चुके आरिफ

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध नेपालका आरिफ शेख अर्धशतक बनाउन

लोकेश बम १ सय ६ रनमा आउट

काठमाडौं – आयरल्याण्ड ए विरूद्ध शतक प्रहार गरेका नेपालका लोकेश