विश्वकप क्रिकेट : श्रीलंका र वेष्टइन्डिज भिड्दै | Khabarhub Khabarhub

विश्वकप क्रिकेट : श्रीलंका र वेष्टइन्डिज भिड्दै


१६ असार २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज (सोमबार) क्यारेबियन टोली वेष्ट इन्डिज र एसियाली टोली श्रीलंकाले प्रतिस्पर्धा गर्दैछन् ।

दी रिभरसाइड दुर्हाम क्रिकेट मैदानमा हुने खेलमा श्रीलंका आफ्नो नकआउट चरणको यात्रा कायम राख्ने लक्ष्यमा रहेको छ । यस्तै, क्यारेबियन टोली भने विश्वकमा आफ्नो सुखद् अन्त्यको खोजिमा रहने छ ।

श्रीलंकाका लागि नकआउट चरणको झिनो सम्भावना कायमै छ । जसमा ७ खेलबाट ६ अंक बनाएको श्रीलंकाले अबका दुईवटै खेलमा लगातार जीत निकाल्दै राम्रो रन रेटका आधारमा शीर्ष चौथोमा त पुर्नु पर्छ नै त्यति गर्दा पनि समान ८ खेलबाट १० र ९ अंक जोडेका क्रमश : इंग्ल्याण्ड र पाकिस्तानले विश्वकपमा आफ्नो अन्तिम खेलमा हार व्येहोरेको खण्डमा मात्रै श्रीलंका नकआउट चरणमा पुग्नेछ ।

आजको खेलमा श्रीलंका नतिजा आफ्नो पक्षमा पार्ने योजनामा रहेको छ । श्रीलंकाको पछिल्लो ५ खेलको नतिजा हेर्ने हो भने १ खेलमा जीत २ खेल बर्षाले प्रभावीत र १ खेलमा हार व्येहोरेको छ ।

यस्तै, वेष्ट इन्डिजको पछिल्लो ५ एकदिवसीय खेलमा ४ खेलमा हार र एक खेल वर्षाका कारण प्रभावीत भएको छ । आजको खेलमा वेष्ट इन्डिज श्रीलंकालाई रोक्दै आफुलाई अंक तालिकामा सुधार गर्ने योजनामा रहेको छ ।

यद्यपी वेष्ट इन्डिज जारी विश्वकपबाट बाहिरि सकेको छ । पुछारबाट दोस्रो स्थानमा रहेको इन्डिज टोलीले ७ खेलबाट मात्रै ३ अंक जोडेको छ ।

प्रकाशित मिति : १६ असार २०७६, सोमबार  ९ : ५५ बजे

पोखरा विमानस्थल निर्माणमा गडबडी – अनुसन्धानमा विष्णु पौडेलदेखि लोकेन्द्र विष्टसम्म तानिन सक्ने

नारायण अर्याल काठमाडौं – हालसम्मकै ठूलो भ्रष्टाचार भएको भनिएको पोखरा

बागमती प्रदेशसभा : हिउँदे अधिवेशनका ५७ दिनमा ६ बैठक

मनहरी । बागमती प्रदेशसभाको हिउँदे अधिवेशन ५७ दिन चलेकामा छ

योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले योजना कार्यान्वयनका लागि रचनात्मक

आजका समाचार : मन्त्रिपरिषद् बैठकदेखि मोहम्मद अफताव आलमलाई जन्म कैदसम्म

मन्त्रिपरिषद् बैठक  सरकारले सहकारीका समस्या समाधानका लागि तत्काल प्रक्रिया सुरु

नारायणी नदीमा सशस्त्रको सेमुलेशन अभ्यास 

काठमाडौं- सशस्त्र प्रहरीले चितवनको नारायणी नदीमा सेमुलेशन अभ्यास सम्पन्न गरेको