प्रतिभाशाली सुजललाई आत्मविश्वासले दिलाएको जीत « Khabarhub
Logo
२७ असार २०७७, शनिबार

प्रतिभाशाली सुजललाई आत्मविश्वासले दिलाएको जीत



काठमाडौं–कतिपय व्यक्तिहरु प्राकृतिक रुपमा नै अपाङग्ता भएर जन्मन्छन् । तर उनीहरु अन्य व्यक्ति भन्दा फरक देखिन चाहन्छन् । कुनै न कुनै प्रतिभाबाट चर्चित भएकाहरु धेरै छन् जसमध्ये डोटीकी १६ वर्षीया सुजल बम एक हुन् ।

शारीरिक रुपमा अपाङ्गता भएका बालिका तथा अभिभावकका लागि सुजल र उनका अभिभावक एक उदाहरणीय पात्र बन्न सक्छन् । संघर्ष र लगनशीलताले नयाँ पाठ सिकाउँछ भने झैँ समाजमा लुकेका व्यक्तिहरु पनि सुजलको पाठ पढेर बाहिर आउन सक्छन् ।

अझ त्यस्ता अभिभावक जसले सन्तानलाई समय दिन सक्दैनन् र अपाङ्गता भएका सन्तानलाई हेरचाह गर्दैनन् उनीहरुका लागि सुजलको परिवार प्रेरणाको स्रोत बन्न सक्छ ।

सुदूरपश्चिमको डोटी जिल्लामा ०५९ सालमा सुजलको जन्म भयो । जन्मजात नै बोल्न र सुन्न नसक्ने उनी पढ्न र अन्य क्रियाकलापमा भने सबल व्यक्ति भन्दा अब्बल छिन् ।

आखिर चिन्ता लिएर के नै हुन्छ र । भनाइ नै छ ‘हुने हार दैव नटार’ । टेकबहादुर छोरीलाई अन्य व्यक्ति सरह अघि बढाउन तिर लागि परे । कसरी हुन्छ सुजललाई अन्य बालिका जस्तै पढ्न सक्ने, अरुले बोलेका कुरा सहजै बुझ्न सक्ने र आफ्नो कुरा अरुलाई बुझाउन सक्ने बनाउनु थियो

भनाइ नै छ, ‘जुन घरमा नारीको जन्म हुन्छ, त्यहाँ लक्ष्मीको बास हुन्छ’ । जब सुजलले लक्ष्मीका रुपमा बम परिवारमा जन्म लिइन् उनको परिवार निकै खुसी थियो ।

सामान्यतया बालबालिका शिशु अवस्था देखि नै रुने कराउने स्वभावका हुन्छन् । त्यस्तै ७/८ महिनापछि उनीहरु ‘तोतो’ बोल्न थाल्छन् ।

तर सुजल अन्य बालबालिका भन्दा भिन्न स्वभावकी थिइन् । करिब डेढ वर्षसम्म उनको मुखबाट बोली नआएपछि बाबुआमाले उनलाई इन्डियास्थित एक अस्पताल पुर्‍याए ।

सुजलले जीवनभरी बोल्न र सुन्न नसक्ने कुरा जब अस्पतालले सुनायो तब उनीहरु भकानिएँ । उनका बाबु टेकबहादुर भन्छन्, ‘हामीले सोचेकै थिएनौँ, सोच्नै नसकेको कुरा भयो ।’

मनभरी पीडा बोकेर गाउँ फर्किए । छोरीले अब जीवनभरी बोल्न र सुन्न सक्दिनन् भन्ने कुराले उनको परिवारका सबै सदस्यलाई पिरोल्ने गथ्र्यो ।
त्यै पनि झिनो आशा बोकेर उनी सुजलको उपचारका लागि राजधानी आए । ‘टिचिङ अस्प्ताल पनि पुगेँ, तर डाक्टरले उपचार असम्भव छ भन्नुभयो’ उनले सुनाए ।

‘जुन अपेक्षा गरेको थिएँ, त्यो भन्दा विपरीत उत्तर डाक्टरबाट आएपछि मनभरी पीडाको भारी बोकेर पुनः गाउँमै फर्किए’ निराश हुँदै उनले भने ।

समाजले हेर्ने दृष्टिकोण

शहरमा बस्नेहरुको त अपाङ्ग व्यक्तिलाई हेर्ने सोच नराम्रो हुन्छ । त्यसमाथि गाउँको के कुरा । परम्परागत सोच बोकेका पुराना मानिसहरु बस्ने गाउँ न हो । टेकबहादुरलाई समाजले अनेकौ आरोपसम्म लगायो ।

सुजल गर्भमा रहेको समय उनी आमा हीरा शाह कार्यलयकै कामले खप्तड पुगेकी थिइन् । पराम्परागत मान्यता बोकेकाहरु अझै भन्ने गर्छन्, ‘गर्भवती भएको समय मठमन्दिर जाँदा गर्भमा रहेको बच्चा अपाङ्गता जन्मिन्छ’ । यही मान्यता कतिपय समाजमा कायम नै छ । त्यही पीडा हीराले भाग्न बाध्य भइन् ।

समाजले विगतमा उठाएका प्रश्न सम्झिदैँ सुजलका बाबु भन्छन्, ‘बम खानदान मै नभएको सन्तान कसरी जन्मियो भन्ने प्रश्न धेरै पटक उठेका थिए’ । तर हीरा र टेकबहादुर भने समाजको कुरा सुन्न तिर कहिल्यै लागेनन् ।

‘आखिर समाज न हो, कुरा काटि हाल्छ नि, कागले कान लग्यो भनेर हामी कागको पछाडी दर्गुने होइन नि’ उनले भने ।

सांकेतिक विद्यालयमा पुगेपछि

आखिर चिन्ता लिएर के नै हुन्छ र । भनाइ नै छ ‘हुने हार दैव नटार’ । टेकबहादुर छोरीलाई अन्य व्यक्ति सरह अघि बढाउन तिर लागि परे । कसरी हुन्छ सुजललाई अन्य बालिका जस्तै पढ्न सक्ने, अरुले बोलेका कुरा सहजै बुझ्न सक्ने र आफ्नो कुरा अरुलाई बुझाउन सक्ने बनाउनु थियो ।

डोटी जिल्लाकै बुडर भन्ने ठाउँमा सांकेतिक भाषा सिकाउने एक पाठशालामा छारीलाई लिएर गए उनी ।

बोर्डिङमा नर्सरी, एलकेजी, यूकेजी पढाए जस्तै प्रक्रियामा शिक्षक शिक्षिकाले सांकेतिक भाषा सिकाउने गरेको टेकबहादुर बताउँछन् ।

‘बुडरमा १ कक्षासम्म मात्र पढाइ हुन्थ्यो, त्यसपछि सुजललाई अन्तै पढाउने निर्णय लिएँ’उनले सुनेको थिएँ ‘सिन्धुपाल्चोकको बाह्रविसेमा सांकेतिक भाषा सम्बन्धि राम्रो विद्यालय छ रे’ उनले भने ।

डोटीदेखि सिन्धुपाल्चोकसम्म

शैक्षिक अध्ययनका लागि टेकबहादुरले सुजललाई सिन्धुपाल्चोकसम्म पुर्‍याए । त्यहाँ सांकेतिक भाषामै २ वर्ष मात्र पढ्नि उनले । समय समयमा टेकबहादुर छोरीलाई भेट्न डोटीदेखि सिन्धुपाल्चोकसम्म पुग्थेँ ।

छोरीको अध्ययनका बारेमा शिक्षक शिक्षिकाबाट आएको सकरात्मक शब्दले अझ उनलाई सहानुभूति दिने गथ्र्यो ।

त्यो समय सुजल ८ वर्षकी थिइन् । त्यसबेलासम्म उनी सांकेतिक भाषा राम्रैसँग बुझ्ने भइसकेकी थिइन्। सिन्धुपाल्चोकमा सुजलले २ वर्षमात्रै अध्ययन गरिन् ।

कक्षा १ को अध्ययन सकाएर सुजललाइ काठमाडौं ल्याइयो । कक्षा २ बाट उनले ‘केन्द्रीय बहीरा उच्च माध्यमिक विद्यालय’ मा अध्ययन गर्न थालिन् । सानै उमेरदेखि पढ्नमा अब्बल थिइन उनी । निरन्तर मेहनत गर्दै आफुलाई अघि बढाइइन् । अहिले उनी एसइइ परीक्षा दिएर बसेकी छिन् ।

को हुन् सुजल ?

हेर्दा आकर्षक र सुन्दरी सुजल बालकपनदेखि नै सालीन स्वभावकी थिइन् । घरमा टेलिभिजन हेर्ने, गीत सुन्ने र नाच्ने गर्ने गर्थिन् । फुर्सदको समयमा उनी विभिन्न चित्र कोर्ने काम गर्छिन् भने फुटबल खोल्न एकदमै रुचि राख्छिन् ।

विभिन्न पोज दिएर तस्वीर लिन रुचाउने सुजल फेशन सो मा अझ बढि इच्छुक छिन् ।

कसरी पुगिन् ‘मिस्टर एण्ड मिस एइइ २०१९’मा भिड्न

सुजल एसइइको परीक्षा दिएर घर फर्किने क्रममा विद्यालयको अगाडी केही व्यक्तिहरुले विभिन्न प्रकारका पोस्टर बाडिरहेका थिए । त्यसैबीच उनको हातमा पनि पुग्न गयो ‘मिस्टर एण्ड मिस एइइ २०१९’ को तालिम लिने सुचना अथार्त पोस्टर ।

बोल्न र सुन्न नसकेपनि पढ्नलेख्न अब्बल सुजलले घरमा गएर बाबुआमालाई त्यो पोस्टर देखाउँदै भनेकी थिइन, ‘बाबा म पनि यसमा भाग लिन्छु नि, फोन गर्दिनुस् न’ छोरीको यो बचनलाई नकार्न सकेनन् टेकबहादुरले ।

अभिभावको पैसा कमाउने मोहले बालबालिकाहरु बाबुआमाबाट पाउने मायाबाट बञ्चित भइसकेका हुन्छन् । आज हामीले दिएको समय र मायाले बालबालिकाले भोलीको भविष्य बन्छ ।

तर कान नसुन्ने र बोल्न नसक्ने व्यक्ति कसरी प्रतिस्पर्धाका रुपमा जान सक्छन् होला भन्ने कुराले उनको मनमा कौतुहल्ता ल्याउँथ्यो । उनले त्यो दिन स्मरण गर्दै भने, ‘सन्तानको इच्छा पुरा गर्नलाई मैले आयोजक टिमलाई फोन गरेर सोधेको थिएँ’ । शुरुमा आयोजकबाट खासै प्रतिक्रिया नआएको उनले बताए ।

‘छोरीले पटकपटक आग्रह गरेपछि लगातार १ हप्ता त्यही काममा मात्र लागेँ, फरक क्षमता भएका व्यक्तिलाई पनि एक पटक अवसर दिनुहोस् भनेर अनुरोध सम्म गरेँ’ उनले भने ।

त्यसपछि भने आयोजकले सुजललाई ‘मिस्टर एण्ड मिस एइइ २०१९’ मा प्रतिस्पर्धाका लागि समेट्यो । प्रतियोगिताको पहिलो दिन नै आयोजक टिम र दर्शकले सुजलको प्रशंसा गर्न थाले ।

सुजलले आफ्नो कला त्यो मञ्चमा यसरी प्रस्तुत गरिन् जसले गर्दा हेर्नेहरु पनि आश्चर्यजनक भएका थिए ।

सबल व्यक्तिका अगाडी गएर यसरी प्रतिभा देखाउनु सक्नु भनेको जित्नु सरह रहेको सबैबाट प्रतिक्रिया समेत पाए उनले । त्यो सुन्दा टेकबहादुरको मन प्रफुल्ल हुन्थ्यो । बाबु भएकोमा गर्व गर्थे उनी ।

‘मिस्टर एण्ड मिस एइइ २०१९’ को रनर अप हुँदा

सुजल त्यस प्रतियोगितामा भाग लिन जानु नै जित्नु सरह मान्छन् उनका बाबु । ८८ जना सपाङ्ग व्यक्ति प्रतिस्पर्धाका लागि आएका थिए । सुजललाई झट्ट हेर्दा सपाङ्ग जस्तै देखिन्थ्यो तर उनी अरुभन्दा फरक थिइन् ।

सुजलले सांकेतिक रुपमै पनि बाबुसँग भन्ने गर्थिन्, ‘बाबा साथीहरु सबै डराउँछन् तर म कन्फिडेन्स छु, जित्नेछु’ । खुसी हुदै उनी भन्छन्, ‘छोरीले त्यसरी इशारा गर्दा म दंग पर्थे’ ।

शारीरिक रुपमा अपाङ्गता भएका बालबालिकालाई घरमै लुकाएर राख्न हुन्न । उनीहरुको क्षमता अभिभावकले बुझ्न सक्नुपर्छ

आखिर ८४ जना सपाङ्गता प्रतिस्पर्धीलाई उछिनेर उनी पाँचौँ रनर अपको उपाधी जित्न सफल भइन् ।

सोही प्रतियोगितामा आयोजकले उनलाई ‘अर्गनाइजर च्वाइस अवार्ड’ र क्राउनसमेत पाएकी थिइन् । त्यसैगरी सुजलले सोही मञ्चमा ‘मल्टिमिडिया अवार्ड’ र ‘मोस्ट कन्फिडेन्ट अवार्ड’समेत प्राप्त गरिन् ।

विभिन्न क्षमता देखाउन सक्ने सुजलले भविष्यमा आफुलाई कलाकारिता पेशामा लैजाने लक्ष्य राखेकी छिन् ।

सन्तानप्रति गरेको हेरचाह र अन्य अपाङ्गता भएका बालबालिका प्रति गर्ने उनको स्वभावले टेकबहादरले ‘वेस्ट प्यारेन्टस् अवार्ड’ समेत प्राप्त गरे ।

अपाङ्गता बालबालिकालाई अवसर दिनुपर्छ

शारीरिक रुपमा अपाङ्गता भएका बालबालिकालाई घरमै लुकाएर राख्न नहुने ठान्छन् टेकबहादुर । ‘बालबालिकाको इच्छा र चाहना के छ अभिभावकले त्यही अनुसार अगाडी बढाउन सक्नुपर्छ’ उनले भने । सन्तानलाई कसरी सफल बनाउने भन्ने कुरा अभिभावकले निर्धारण गर्न सक्नुपर्ने उनी बताउँछन् ।

आजभोली सबै अभिभावक पैसा कमाउनको पछि लाग्छन् तर बालबालिकाहरु बाबुआमाबाट पाउने मायाबाट बञ्चित भइसकेका हुन्छन् । हरेक बाबुआमाले यो बुझ्न जरुरी छ कि, ‘सन्तानको अभिभावक भइसकेपछि जीउने नै उनीहरुको लागि हो’ उनी भन्छन् ।

‘आज हामीले दिएको समय र मायाले बालबालिकाले भोलीको भविष्य बन्छ भने किन नगर्ने’, उनी भन्छन्,‘बालबालिका कसरी सन्तुष्ट हुन्छन् त्यहीअनुरुप अगाडी बढाउनुपर्छ’ । समाजमा रहेका अपाङ्गता बालबालिकाकालाई यसरी नै बाहिर ल्याउनुपर्ने र त्यसमा अभिभावको मुख्य भूमिका रहने उनको भनाइ छ ।


भर्खर

0