मानिस र माटो साथै रम्नुपर्छ | Khabarhub Khabarhub

मानिस र माटो साथै रम्नुपर्छ



फूलको हिमाल नेपालमा नेपालीले मिलेर बनाऔँ !
सारा नेपाली भावनाको सुवास मिसाई फूल पनि सुन्दर फुलाऔँ!!

जन्मिएको यो भूमिको माटोलाई कहिल्यै नढाटौ !
माटो नै हाम्री जन्मभूमि हुन जननीलाई पनि नछलौँ !!

सूर्यलाई छलि कहिले नबसौ
घाम नामका सत्य स्वरुप हुन्

हामी पाहाडमा नै बसेर हाँस्दा
तराई नि सड्ग सड्गै हाँसोस् !
हिमाल त्यो झलमलाए सरी
हरेक भु-भाग देशको रमोस्!!

माटोको बास्ना यहाँ आउँदा
मुटुको हरेक भावना रमोस्
नेपाली सबैहामी हाँस्दा खेरी
यो जगत सार्है खुशी बनोस्!!

मनको मायाँजति पोखि सारा
जन्म भूमिलाई मायाँ पनि गरौं
यो देश नै सुन्दर यदि बन्छ भने
हाम्रो स्वार्थ सारा सबैनै त्यागौँ

के थाहा माटोको अमुल्य पन
कति मुल्यवान यो बन्न सक्छ
के थाहा हाम्रो त्याग,बलिदान
हाम्रै भाग्य निर्माता हुन सक्छ

भूमिमा कहिँ,केही त्रुटी नै छैन्
मनमा हाम्रो त्रुटी कति धेरै छ!
कर्म भूमिलाईनै सुन्दर बनाउन
जीवन अर्पण सारा गर्नु नै पर्छ ।।

प्रकाशित मिति : १८ जेठ २०७६, शनिबार  ८ : ०२ बजे

अर्घाखाँचीमा आगलागीबाट एक सय तीन घरगोठ जले

अर्घाखाँची – अर्घाखाँचीमा आगलागीबाट डेढ महिनामा एक सय तीन घरगोठमा

गुणस्तरहीन चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

कक्षा १२ को परीक्षा भोलिदेखि, तीन लाख ९० हजार परीक्षार्थी

भक्तपुर – कक्षा १२ परीक्षा भोलिदेखि देशभर एकैसाथ सुरुहुँदै छ

नक्कली शरणार्थी प्रकरण : रायमाझीसहित सात जनालाई थुनामै राख्न आदेश

काठमाडौं । सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा नेकपा (एमाले)का

खेलकुद महासंघ सुनसरीको संयोजकमा पौडेल

बिराटनगर – नेपाल खेलकुद महासंघ सुनसरीको संयोजकमा बिकल पौडेल चयन